Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
कपिलवस्तु: कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ। यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुर्याउन सकिएको छैन। नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ। सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ। बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला परेपछि मात्र आइसोलेशन सेन्टर निर्माण गर्ने ठाउँ खोज्न शुरु गरिएको छ। शुक्रबार बिहान वाणगङ्गा–४ की आठ…
काठमाडौं: आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । कोरोेना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यप्रगति र आगामी दिनमा अपनाउनुपर्ने भूमिका र बजेटका विषयमा छलफल गर्न आइतबार बिहान अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठकको समय तय गरेर त्यही अनुसार मन्त्रीहरुलाई खवर गरिएको थियो । तर, दिउँसो फेरि आजको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । तर किन बैठक सारियो भन्नेबारे खुलाइएको छैन । अब बस्ने मन्त्रिपरिषद बैठकमा खासगरी विदेशमा रहेका नेपालीहरुलाई कसरी स्वदेश ल्याउने भन्नेमा निर्णय हुने अपेक्षा गरिएको छ । कोरोेनाका कारण भारत लगायतका मुलुकमा धेरै…
काठमाडौँ: कारागार कार्यालय डिल्लीबजारमा कैदीबन्दी बीच झडप भएको छ । झडपमा तीन जना कैदीबन्दी घाइते भएका छन् । नाइके परिवर्तन गर्नुपर्ने माग गर्दै भएको आन्दोलन झडपमा परिणत भएको थियो । झडपमा ३ जना घाइते भएको र एकजनालाई अस्पताल लगिएको स्रोतले बताएको छ । घाइते जबरजस्ती करणी मुद्दाका कैदी समिर भन्ने शमशेर तामाङ भन्ने बताइएको छ । कारागार भित्र रहेको एक ब्लकका नाइके गोकुल गिरीले अन्य कैदीबन्दी माथि अत्याचार गरेको भन्दै नाइके परिवर्तन गर्न माग गर्दै कैदीबन्दी बीच आन्दोलन भएको थियो । आन्दोलनमा गिरी पक्षधर र अन्य कैदी बन्दीबीच झडप भएको थियो । गोकुल गिरी उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने व्यक्ति…
काठमाडौं: प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार असई कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको उनले बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
काठमाडौँ: डिल्लीबजार कारागारमा झडप भएको छ । कैदीबन्दीबीच झडप हुँदा कारगारभित्रका सबै सामान तोडफोड भएका छन् । लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषाेत्तम थपलियाले बताए । प्रहरी निरीक्षक थपलियाका अनुसार अहिले स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । साथै कारागार परिपरि सिल गरिएको छ ।
काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा…
काठमाडौँ: कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका-१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए । सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका…
काठमाडौँ: कोरोना (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले गरेको लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थामा करिब १०४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो चैत ११ देखि जेठ ८ सम्म बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप हो । लकडाउनका कारण गत शुक्रबारसम्म प्राय: बैंक तथा वित्तीय संस्था बन्द थिए । केही शाखा आलोपालो गरी दैनिक २/३ घण्टा खुले पनि सीमित बैंकिङ (निक्षेप संकलन, पैसा झिक्नेलगायत सामान्य बैंकिङ) बाहेक अन्य कारोबार भएको थिएन । राष्ट्र बैंकका अनुसार गत चैत ११ मा ३५ खर्ब ९४ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेर जेठ ८ सम्म ३६ खर्ब ९८ अर्ब…
काठमाडौँ: पछिल्ला दिनका कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजै दोस्रो पटक मात्रै कूल ३६ जना नयाँ सङ्क्रमित फेला परेका छन् । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५८४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा सङ्क्रमित भेटिएका हुन् । यस्तै सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको…
काठमाडौँ: सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ र आरडिटी विधिबाट चार हजार ११९ परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा छ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश नं…
