Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानले आफ्नो श्रीमती सुत्केरी बेथा अघि र बीचको समयमा सामान्य रहेको भएका छन्। उनले भनेका छन् काठमाडौँको गोंगबुमा बस्दा त्रिवि शिक्षण अस्पतालमा हामी दुवै हिंडेर श्रीमतीलाई प्रसुति वार्डमा भर्ना गरेको हौँ । कान्तिपुरका मकर श्रेष्ठसँग ती महिलाका श्रीमानले भनेको कुरा जस्ताको त्यस्तै : विवाह भएको १३ वर्ष भयो । मेरो घर र ससुराली सँगै हो । हाम्रो गोंगबुमा कोठा छ । यहीं तरकारी पसल गर्थ्यौं । पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं । मुलुकमा लकडाउन सुरु भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले । हामी पनि जाने कि भन्ने…

Read More

काठमाडौँ: शनिबार दिउँसो कोरोना देखिएका दुई जना सैनिकमध्ये एक नेपाली सेनाका उच्च अधिकारी भएको खुलेको छ। नेपाली सेनाको मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत एक उच्च अधिकृतलाई कोरोना संक्रमण देखिएको उच्च स्रोतले बतायो। संक्रमित उच्च अधिकृत ५२ वर्षका छन्। उनीसँगै अर्का सैनिकलाई पनि कोरोना संक्रमण देखिएको हो जो २६ वर्षका हुन्। नेपाली सेनाले दुई जनालाई कोरोना भाइरस देखिएको भने पनि उनीहरूको दर्जा खुलाएको छैन। कोरोना संक्रमण भएका उच्च अधिकृतलाई सेनाको पृतनामै उच्च सतर्कताका साथ आइसोलेसनमा राखिएको छ। अर्का सैनिकलाई पनि आइसोलेसनमा राखिएको छ। नेपालमा कोरोना संक्रमित संख्या २८१ पुगेको छ भने एक जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको…

Read More

काठमाडौँ: कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको शनिबार मृत्यु भएको छ। संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्। ९ दिने ती सुत्केरीको स्वाब नमूना दोहोर्याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको चिकित्सकले बताएका छन्। स्वास्थ्य मन्त्रालयले शनिबार राती मात्र उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली रहेको जनाएको छ। ती महिला काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी थिइन। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन। …

Read More

एजेन्सी: कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन । यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ ।’ तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले बन्दाबन्दीबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने,…

Read More

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका…

Read More

काठमाडौँ:धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ। मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए। ‘यहाँबाट शव दाहसंस्कारका लागि पशुपति लगिएको हो,’ उनले भने, ‘मृतकलाई शवबहानमा राखेर र अगाडिपछाडि सेना र प्रहरीले स्कर्टिङ गरेर पठाएका हौं।’ सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ। धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना…

Read More

काठमाडौँ: नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो। धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो। मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनलाई आकस्मिक कक्षमा लाँदालाँदै मृत्यु भएको अस्तपालले जनाएको छ। ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज…

Read More

काठमाडौँ: नेपाली सेनाका दुई जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरुको पद भने खुलाइएको छैन । शनिबार बिहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना…

Read More

काभ्रे: धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ९ दिनकी सुत्केरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गर्ने तयारी भइरहेको छ । डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली र शववहान धुलिखेल अस्पताल परिसरमा छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजेटिभ आएको थियो । अस्पतालले शंका लागेर फेरि परीक्षण गरेको र टेकुस्थित प्रयोगशालाको परीक्षणमा पनि पीसीआरको नतिजा पोजिटिभ आएको जिल्ला संकट व्यवस्थापन केन्द्रका…

Read More

काठमाडौँ: कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो । ‘हामीले अनेक प्रयास गर्‍यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ उनले भने, ‘त्यसपछि हामीले स्वाब…

Read More