Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले आन्तरिक एकतालाई थप सुदृढ बनाउन जरुरी रहेको बताएका छन्। लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन यो दिनले थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि रहेको समेत उनले बताएका छन्। सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी…
काठमाडौँ: उदयपुरमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको सङ्क्रमण देखिएको थियो । उहाँले ती सङ्क्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका सङ्क्रमितमध्येकै समुदाय नै रहेको जानकारी दिनुभयो । यति धेरैको सङ्ख्यामा सङ्क्रमित देखिएको यो दोस्रो पटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि आजै नै उदयपुरका ३३ वर्षीय पुरुषमा सङ्क्रमण…
काठमाडौँ: काठमाडौँका चारवटा मस्जिदको आज अनुगान गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगका मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल लगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद, सुनधारा र स्वयम्भूस्थित भुँइखेलका मस्जिदको अनुगमन गरेको हो । विभिन्न सञ्चारमाध्यममार्फत ती मस्जिदमा भीडभाड गरिएको भन्ने जानकारी आएपछि सङ्ख्यात्मक रुपमा मानिस बढी भए कोरोना भाइरस सङ्क्रमण हुने जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरिएको जनाइएको छ । केही दिनअघि मात्र उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ मध्ये १२ लाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि कामपाको सक्रियतामा आज मुस्लिम समुदायको बढी भीडभाड हुने…
काठमाडौं: उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो । अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।योसमेत अहिलेसम्म नेपालमा कोरोना…
काठमाडौँ: कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिनुभयो । ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकिएको छ । स्वास्थ्य उपकरण खरिदका लागि एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी भइसकेको छ । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ…
काठमाडौँ : आर्थिक वर्ष २०७५र०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११।८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२।३३ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको विवरणअनुसार गत आवको तुलनामा चालु आवको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको पाइएको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९।६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९।४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार…
ललितपुर : सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भनी अझै टुङ्गो लाग्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदा अर्थात् आगामी वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि अहिलेसम्म रथ निर्माण हुन सकेको छैन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भन् गुठीले यो समयमा रथ निर्माण गर्न नसकिने बताएको छ । पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने स्थानसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । सरकारको…
सप्तरी : ७१ वर्षीय जेष्ठ नागरिकको पिसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । सप्तकोशी नगरपालिका–१ मा शनिबार ७४ जनाको आरडिटी परीक्षण गरिएको थियो । राजविराज अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार आइतबार राति धरान पठाइएको २२ जनाको स्वाबको परीक्षण गर्दा २१ जनाको नेगेटिभ आएको छ, एक जनाको रिपोर्ट आउन बाँकी छ । एक साताअघि पनि आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजेटिभ देखिएकामा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो । योसँगै सप्तरीमा हालसम्म गरिएको ४० वटा…
बारा : लकडाउनका कारण मारमा परेकालाई राहतका नाममा कुहिएको दाल बाँड्ने मेयरलाई प्रहरीले पक्राउ गरेको छ। आज मंगलबार प्रहरीले राहतमा कुहिएको दाल बाँडेको भन्दै बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवसहित अन्य ७ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख -एसपी कृष्ण पंगेनीले मेयरलाई सोधपुछका लागि पक्राउ गरेको बताए। उनले कुहिएको राहत बाँडेको उजुरी आएपछि सोधपुछका लागि पक्राउ गरेको बताए। ‘मेयर रायसहितको टोलीले विभिन्न ठाउँमा बाँडेको रहात कुहिएको भेटिएको उजुरीका आधारमा हामीले उनलाई सोधपुछ गर्न पक्राउ गरेका हौँ’, एसपी पंज्ञेनीले भने, अहिले सोधपुछ गरिरहेका छौँ।’ गत २८ गते नगरले वितरण गरेको राहतमा कुहिएको दाल, चामल भ भेटिएपछि यसअघि…
काठमाडौँ: काठमाडौं प्रहरी परिसरको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिइएको छ। परिसरका प्रमुख उत्तम सुवेदी डिआईजीमा बढुवा भएर सुदुर पश्चिम प्रदेशको प्रहरी प्रमुखमा प्रतिस्थापन भएपछि ज्ञवालीलाई पठाइएको हो। उनी वर्तमान प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीका भाइ हुन्। ज्ञवाली यसअघि मेट्रोमा कार्यरत थिए। त्यसैगरी अपराध महाशाखाको नयाँ जिम्मेवारी एसएसपी दिपक थापालाई दिइएको छ। यसअघिका महाशाखा प्रमुख सहकुल बहादुर थापा डिआईजीमा बढुवा भएर केन्द्रिय अनुसन्धान ब्यूरोमा प्रतिस्थापन भएपछि थापालाई यहाँको जिम्मेवारी दिइएको हो।
