Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गत चैत २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई एक वर्षसम्म कैद सजाय हुने निर्णय भएको छ। मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयले कोरोना भाइरस (कोभिड १९) को उपचारमा खटिने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरे सरह कारबाही हुने भनेर निर्णय गरेको थियो। उक्त निर्णय अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा ६६ आकर्षित हुन्छ। दफा ६६ मा राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने उल्लेख छ। ६६ (१) मा कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैर कानुनी भेला रोक्ने, भंग गर्ने वा हुलदंगा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्याउन…
काठमाडौँ: बुधबार साँझ महाराजगंजमा डाक्टरलाई कुटपिट भएपछि महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख डिएसपी उमेश लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी (मेट्रो) झिकाइएको छ। बुधबार साँझ ड्युटी सकेर घर फर्केने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भू खनाल, तेजप्रकाश साह र विकास साहलाई लकडाउन उल्लंघन गरेको भन्दै डिएसपी लम्सालसहितको प्रहरी टोलीले कुटपिट गरेको थियो। सोही विषयमा थप अनुसन्धान गर्न भन्दै डिएसपी लम्साललाई मेट्रो तानिएको हो। ‘उक्त घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख प्र.ना.उ. उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई यस कार्यालय झिकाइएको साथै उक्त घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई यस कार्यालयमा झिकाई आवश्यक छानबिन कार्य भइरहेको…
काठमाडौँ: पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो । आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव ठड्याएर राखेको देखियो । दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कदै थिए । धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए । तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए तर मलामीलाई आफन्त गुमाएको पीडा । यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै कसरी जाओस् । पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा एक प्रकारको सन्नाटा…
काभ्रेपलाञ्चोक: र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरसको सङ्क्रमण देखिएका काभ्रेका दुई युवाको थप परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको धुलिखेल अस्पतालमा बुधबार पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । दुवै युवा विदेशबाट घर फर्किएका हुन् । मङ्गलबार सङ्क्रमण देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि सोही दिनदेखि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो “आज उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।” बेथानचोक गाउँपालिका–५ का २८ वर्षका युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुबईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३…
गुल्मी: बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो । अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो । भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । तीन वर्षअघि सङ्घीय सरकारको रु पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत…
लण्डन: बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिनुभयो । स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा हुनुहुन्थ्यो । गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको बरालले बताउनुभयो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । ती मध्ये सात पूर्व…
सप्तरी: कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका सप्तरीका दुई जनाको पीसिआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार गरिएको स्वाब परीक्षण नेगेटिभ आएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट सहभागी भई फर्किएका सात जनाको मङ्गलबार राति राजविराजस्थित अस्पतालले आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । सप्तरीको तिलाठी कोइलाडी–१ तिलाठी र खडक नगरपालिका–११ बनौलीका जमातीहरुको पीसिआर विधिबाट भएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुको स्वाब पीसीआर विधिबाट…
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविरकै शैलीमा समुदाय समक्ष पुग्नुपर्ने बताएका हुन्। ‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्याउन अनिवार्य भएको छ। अतः गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल सुरू गर्न तीनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न कांग्रेस अपील गर्दछ’ शर्माले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो । ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
काठमाडौं: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण वदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिक…
