Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :  वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले रु १० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट रु १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडौँको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको…

Read More

काठमाडौँ : भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रविधिको प्रयोग गरेर पटके सुकुम्बासीको समस्या समाधान गर्न थालिएको बताएकी छन । राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या तथा भूमिसम्बन्धी अन्य विविध समस्या सधैँका लागि निराकरण गर्ने गरी अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्ने तयारी भइरहेको बताइन । मन्त्री अर्यालले भनिन,“हामीले पहिलोपटक भूउपयोग नीति बनाएका छौँ । पहिलोपटक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानून बनाएका छौँ । भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत वर्षौदेखि बाँकी रहेका भूमिसम्बन्धी अन्य समस्या सधैँका लागि समाधान गर्न आयोग गठन गर्ने र सो कार्य सञ्चालन गर्न आयोगको गठन…

Read More

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९ं) विश्वभर फैलिरहेका बेला नेपाली खेलजगतमा पनि यसबाट बच्न पूर्वतयारी थालिएको छ । यसको जोखिमबाट बच्न राष्ट्रिय खेलकुद परिषद्ले एक साताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ । परिषद्का सदस्य सचिव रमेश कुमार शिलवालको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले एक हप्तासम्म खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिबिधि बन्द गर्ने निर्णय गरेको हो। बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधि बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने जनाएको छ। साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि…

Read More

काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको छ । हिजो सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७७ हजार ५ सय रहेको थियो । आज मूल्यमा २ हजारको गिरावट आउँदा प्रतितोला छापावाला सुन ७५ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७५ हजार २ सय रहेको छ । साथै आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ८० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ७ सय ९० रहेको थियो । भने आज मूल्य कमि आइ प्रतितोला चाँदी ७ सय १० कायम भइ कारोवार…

Read More

काठमाडौं : प्रदेश २ को नाम र राजधानीबारे सांसदहरुबीच छलफल भइरहेको छ । नाम र राजधानीका विषयमा यतिबेला प्रदेशसभामा सांसदहरुले आफ्नो मत जाहेर गरिरहेका छन्। प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले नामका बारेमा मत राख्दै मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदहरुलाई स्मरण गर्न आग्रह गरेका छन्। मधेस प्रदेश नाम राख्दा सहिदको सम्मान र प्रदेशको पहिचान झल्कने उनीहरुको मत छ। प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर हुनुपर्ने बताएका छन्। प्रदेशको राजधानी जनकपुरमा सबैको एकमत रहे पनि नाममा भने मधेसवादी दल, नेकपा र कांग्रेसले फरक फरक प्रस्ताव दर्ता गरेका छन्। सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम…

Read More

नेपालगञ्ज : विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको छ । बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट रु ३० लाख, बाँके जिल्ला समन्वय समितिले रु ३० लाख, कोहलपुर नगरपालिकाले रु २० लाख, छ वटा गाउँपालिकाले…

Read More

लहान : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो । पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्न रु १० करोड ९३ लाख ६० हजार पेश्की लिएर काम शुरु नगर्ने पाँच कम्पनीलाई कारवाही गर्न सरकारलाई पत्राचार गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धमा उजूरी परेपछि आयोगले गरेको अध्ययन अनुसन्धानमा उक्त तथ्य फेला परेको जानकारी दिएको छ । परियोजना व्यवस्थापन इकाई खुमलटारबाट आव २०७५÷७६ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वीकृत भएका आठ कम्पनीमध्ये पाँचवटा कम्पनीलाई प्रथम किस्तास्वरुप उक्त रकम पेश्की भुक्तानी दिइएकोमा अझै निर्माणकार्य शुरु नगरेको आयोगले जनाएको छ । कार्यविधि अनुसार प्रथम किस्ताका लागि सर्त पूरा नगरी पेश्की उपलब्ध…

Read More

न्यू योर्क: कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक संघीय रिजर्बले चालेको सङ्कटकालीन कदमसँगै वाल स्ट्रीट स्टक बजारमा सोमबार १० प्रतिशतको गिरावट आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड(१९) सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै शून्य दशमलब २५ कायम गरेसँगै आइतबार स्टक बजारमा पनि यस प्रकारको हलचल देखिएको हो । अमेरिकामा अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि ७ खर्ब डलरको आर्थिक सहायता कोषको पनि घोषणा गरिएको छ । अमेरिकाको यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग हो । फेडका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा…

Read More

काठमाडौँ: काभ्रेपलाञ्चोकको पनौती आज बिहान ९ बजेबाट कर्फु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीको विभिन्न ठाउमा कर्फु आदेश जारी गरेको हो । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएपछि तनाबग्रस्त भएपछि कर्फु जारी गरेको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा हुनुहुन्छ । टिपर र…

Read More