Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मंगलबार संसदमा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा राजिनामा दिएका संचारमन्त्री गोकुल बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धलाई ‘बाउ र नाति’ को संज्ञा दिएका छन् उनले संसदमा आजको समयको बोल्दै बिर्बल र अकबरको जोक्स सुनाउंदै सो कथन सुनाएका हुन्। उनले पूर्वमन्त्री बाँस्कोटालाई संकेत गर्दै भए – “राजाको जुँगा उखल्ने र तान्ने हैसियत अरु कसैको नहुने बरु आफै संगै हुर्के खेलेका नाति र छोरा बाहेक अरु कसैले गर्न सक्दैन।” देश भ्रष्टाचारले थिलो थिलो बनेको र यसले सबैलाई क्यान्सरजस्तै गरेर गाँजेको र यसको रोगले कसैले पनि नछोड्ने उनको तर्क थियो। एउटालाई लागेको भ्रष्टाचारको रोग अरुलाई लाग्ने भन्दा…

Read More

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् ।  राजधानीमा आज आयोजित एक कार्यक्रमको आयोजना गरी ढकालले औपचारिक रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्ने क्रममा उनले करका कानुनहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको व्यवस्थामा परिवर्तन गर्नुपर्छ । करका विविधताको कारण उद्योग व्यवसायीहरु मारमा परेका छन् । कर कानुनहरुको सुधार गर्नुपर्ने अवस्था छ ।’ यस्तै उनले भिसिटिएस र अनिवार्य प्यानले साना तथा मझौला व्यवसायी मारका परेको भन्दै त्यसको समस्या समधानका माध्यमहरु खोजिनु पर्ने बताए । विदेशी लगानी नेपाल भित्र्याउनका लागि…

Read More

काठमाडौँ : स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको घोषणा गर्दै संस्थाका अध्यक्ष विनोद शर्माले बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्ने बताए । यो कार्यक्रमअन्तर्गत बालबालिका र युवाको शिक्षा, स्वास्थ्य र मानवअधिकारको…

Read More

काठमाडौँ: नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिलोक्लिकलाई जानकारी दिए । यस्तै संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएको भनिए पनि त्यो क्रियाशील नहुने पनि उनले बताए ।

Read More

काठमाडौं : सोमबार ऐतिहासिक उच्च मूल्य राखेको सुन भाउमा आज बुधबार गिरावट आएको छ । सुनको भाउ आज बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो । सुन हिजो मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढेपछि पछिल्लो…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर–जडीबुटीमा हुने सवारी चाप कम गराउने भन्दै आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सवारी चापको व्यवस्थापनका लागि सो रुटमा बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो । एसएसपी ढकालका अनुसार टिपर, ट्रक, बसलगायत ठूला सवारीसाधनलाई बायाँ लेनमा चलाउनुपर्ने छ। साना सवारिहरु जस्तै मोटरसाइकल, कारलगायतलाई भने दायाँ लेनमा गुडाउनु पर्ने छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्‍वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने अपेक्षा गरे । ‘कोटेश्‍वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम…

Read More

चितवन: समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । समाजवादी पार्टीको चितवन जिल्ला समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा देशको संविधान तथा मुलुकी संहिताले देशको भौगोलिक अखण्डता, राष्ट्रिय झण्डा, निशान छाप आदिको अपमान हुने गरी काम गर्न नपाउने व्यवस्था रहेको उनले स्मरण गराए । उनले भने, ‘संघीयताले देशलाई काँक्रो चिरे जस्तो चिर्ने बताउने प्रधानमन्त्री केपी ओलीजीले आफ्नो जन्मदिनमा नेपालको नक्सालाई बर्थडे केक बनाएर खानुभयो । यो देशको अपमान हो । यो नेपालको संस्कृति पनि होइन । उहाँलाई अब नैतिकताको दृष्टिले सत्तामा बस्ने अधिकार छैन ।’ काँग्रेस र…

Read More

हेटौँडा : वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पु¥याउने तयारी थालिएको हो । कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा आफ्नो स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । कतिपय अस्पतालले आजभोलिबाटै र केहीले एक हप्ताभित्रमा कार्यक्रम शुरु गरिसक्ने र आगामी चैतको पहिलो हप्ताबाट सबै नागरिकलाई सेवा दिनेगरी कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका…

Read More

नयाँदिल्ली, भारत (एएफपी) :  भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण आज बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । जिटीबी अस्पतालले आज बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु रहेका छन् । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । हिजो मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग…

Read More

महोत्तरी : महोत्तरी तथा आसपासका जिल्लामा हिजो मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत मेघगर्जनसहित परेको पानीले थरथरी कमाउने जाडो बढाएको हो । फागुन दोस्रो साता शुरु भएसँगै ह्वात्तै बढेको गर्मीले थन्क्याइएका जाडाका कपडा फेरि निकाल्नुपरेको सर्वसाधारणको प्रतिक्रिया छ । अपराह्नपछि करिब दुई घण्टासम्म परेको पानीले जिल्लाका ग्रामीण सडक हिलाम्य बनाएको छ । हिउँद सिद्धिनै लागेका बेला परेको पानीले यहाँको दोस्रो मुख्य बाली गहुँको बाला पोटाउन निकै राहत दिएको छ । त्यसैगरी वैशाखी ‘सिजन’का नयाँ तरकारीका बिरुवालाई पछिल्लो वर्षा अमृत नै भएको किसानले प्रतिक्रिया दिएका छन् । हिजो मङ्गलबारको वर्षाले मिथिला…

Read More