Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

म्याग्दी: बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएपछि उक्त स्थानमा सडक अवरुद्ध भएको थियो । मर्मतपछि बेनी–देखि काभ्रेभीरसम्मको खण्डमा सवारी साधन सञ्चालन गर्न सकिने भएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । काभ्रेभीरमा अवरुद्ध सडक खुलाउन भने नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरिने भएको छ । सडक पूर्णरूपमा सञ्चालन गर्न अझै एक, दुई दिन लाग्ने आयोजना प्रमुख सुवेदीले जानकारी…

Read More

काठमाडौँ: चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन्। भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उनले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गरे । उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताए । उनले चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न…

Read More

काठमाडौं: संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइ पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । निजामती सेवा ऐन २०४९ अनुसार विज्ञापन निकाल्ने तयारी गरिएको आयोगले जनाएको छ । आजको नागरिक दैनिकले पृष्ठ ८ मा यो समाचार छापेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा संशोधन…

Read More

काठमाडौँ: दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु तयसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालार्य एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्तलमा मानव तस्करीको सेटिङ चालु रहेको शांक बढेको छ । पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो । साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड…

Read More

काठमाडौं: सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६/७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो । आजको कारोबारमा छापिएको छ । नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् । कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक केहिकप्टर प्रयोगका लागि सैनिक हेलिकप्टर नै…

Read More

काठमाडौँ: जारी युइएफए च्याम्पियन्स लिगको गयराती भएको खेलमा रियल मद्रिड, युभेन्ट्स, बायर्नमुनिक, म्याचेस्टर युनाइटेड र लियोनले म्याचेस्टर सिटिमाथि जित हात पारेको छ । ग्रुप ‘इ’ को समुहबाट अजेक्सले एक एथेन्समाथि ३-० गोल, बायर्नम्युनिकले बेनिफिकामाथि २-० गोलको जित हात पारेको हो भने समूह ‘एफ’ अन्तर्गतको अर्को खेलमा शख्तर र होफेनहेमबीचको खेल २-२ को बराबरीमा सकिएको छ भने सोहि समुहमा रहेको म्याञ्चेटर सिटिभने लियोनसंग २-१ गोलले स्तब्ध बन्यो। यस्तै समूह ‘जि’को अर्को खेलमा डिफ़ेण्डिङ च्याम्पियन रेलियल मड्रिडले रोमालाई ३-० गोलले हरायो भने भिक्टोरिया जेन र सीएसके मस्कोबीच २-२ को बराबरी रह्यो। यस्तै, अर्को ‘एच’ को खेलमा योङ्ग बोयजमाथि म्याञ्चस्टर युनाइटेडले ३-० गोल…

Read More

काठमाडौँ: नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । निगमले ट्याङ्कर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत सूचीत गरेको छ । इन्धन ढुवानीकर्ताका जायज विषयमा निगम सकारात्मक रहेको, सही वैज्ञानिक ढुवानी भाडामा…

Read More

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् । उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए । दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई आकर्षित गरे, प्रदेश प्रमुखसहित मन्त्री र सरकारका उच्च अधिकारीहरुलाई समेत मनोरञ्जन दिए । जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छ । पछिल्लो समयको विकास र मानव चहलपहलका कारण राउटे रहनसहन र संस्कार छोडेर आधुनिक संस्कृति अँगाल्न थालेका छन् ।…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार, पालनाका काम अझै अधुरो रहेको जानकारी गराइयो । काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको निर्वाचन सम्पन्न भई ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता वर्तमान सरकारवाट प्रस्तुत हुन नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । “सङ्घीयतालाई बलियो बनाउने ढङ्गले केन्द्रीय सरकारले इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न सकेन, दुईबाहेक अन्य प्रदेशको नामाकरणसमेत हुन सकेको छैन, प्रदेश राजधानीको अन्तिम निर्णयले गम्भीरतापूर्वक विषय प्रवेशसमेत…

Read More

काठमाडौँ: नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गरेका छन्। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा ऊर्जा संयन्त्रको बैठक र द्विपक्षीय हितका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । यही असोज ११ र १२ गते नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रको बैठक बोलाइएको छ । बैठकमा ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी चीन भ्रमणका विषयमा छलफल भएको थियो । चीनसँग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । भेटमा ऊर्जामन्त्री पुनले अन्र्तदेशीय प्रसारण लाइन र जलविद्युत् आयोजना निर्माण लगायतका…

Read More