Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर ९एमएसओ० हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले आज बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । उनले भने ‘भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् । भेटघाटकै क्रममा चिनियाँ राजदूत यान्छीले बिहीबार नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी हुन् । भेटमा नेकपामा देखिएको विवाद र समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपामा विवाद चुलिरहेका बेला चिनियाँ राजदूतको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि राजदूत यान्छीले पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । त्यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् । यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले…
काठमाडौं: सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेकाे छ । कूल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. खतिवडाले बताए । उपत्यकाको हकमा…
काठमाडौं:कृषि विकास बैंकको एक हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले यसअघि निष्काशन गरेको १०.३५ प्रतिशत व्याजदर रहेको (डिबेञ्चर) “ADBL कृषि बैंक ऋणपत्र २०८३”, को सूचीकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले बिहीवार हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकको ऋणपत्र दोश्रो बजारमा कारोबार सुरु हुनेछ । नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७६/७७ का लागि जारी भएको मौद्रिक नीति मार्फत “वाणिज्य बैंकहरुले २०७७…
काठमाडौं: नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । कहाँ कति संक्रमित ? डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना र झापाका एकजना, जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना र सिराहाका ४ जनामा कोरोना संक्रमण…
काठमाडौं:ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । क्षेत्रीले दिएको राजीनामा पनि बैङ्कको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । बैङ्क बोर्ड श्रोतका अनुसार उनले केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको बाेर्ड स्रोतले जानकारी दिएकाे छ । ‘सीईओ सा’पले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिनुभएको थियो, तर राजीनामाका विषयमा निर्णय भइसकेको थिएन’ बाेर्ड स्रोतले भन्याे, ‘उहाँको राजीनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’ तत्कालीन दुई ठूला वाणिज्य बैङ्क (ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाल) मर्ज…
काठमाडौं: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता जनाएका छन्। बिहीबार पदभार ग्रहण गरेका आईजीपी क्षेत्रीले पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने बताएका हुन्। संगठनका हितका लागि आफू सदैब तत्पर रहने भन्दै आईजीपी थापाले संगठनलाई उत्कृष्ठ बनाउने प्रतिवद्दता ब्यक्त गरे। उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाए। प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने बताए। उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रहसमेत गरे। उनले भने, ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्मम रूपमा कारवाही गरिन्छ।’ उनले…
काठमाडौं: बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ। जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।
काठमाडौं: दुई दिन कुमारी बैंकको सम्पूर्ण सेवा बन्द हुने भएको छ । बैंकल देव: विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेकोले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार कुमारीको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने भएको हो । साथै सो मितिमा कुमारी बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने बैंकले जनाएको छ । त्यस्तै देव: को हकमा असार २४ गतेदेखि नै डिजिटल कारोबार अबरुद्द हुने सक्ने बैंकले जनाएको छ ।
काठमाडौँ : आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन । उनका अनुसार प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । “मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई वर्षकै ठूलो वर्षा भिन्न मिल्दैन”, मौसमविद् मानन्धरले भनिन । असार २५ देखि २८ गतेसम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्का…
