Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

लेखनाथ :कास्कीको बेगनास तालमा आज डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिए । बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । डुङ्गा गन्तव्यमा पुग्नु भन्दा करिब दुई सय मिटर वर नै दुर्घटनाग्रस्त भएको हो । डुङ्गामा नौ जना सवार रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याएका छन् । आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गरे । “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भने , “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।” प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए । “कतिपय मानिस देश बनेन भनेर…

Read More

काठमाडौँ: नेपाललाई कृषिप्रधान मुलुक भन्न, अकमकाउनु पर्ने अवस्था आयो । यसै वर्षको असार महिनामा दुई लाख ७६ हजार ४११ प्रतिशतले दैनिक आवश्यक पर्ने खाद्यान्न आयातमा वृद्धि भएको छ । असार एक महिनामा रु तीन अर्ब ५६ करोड २९ लाख ३८ हजारको खाने खाद्यान्न आयात भएको हो । जबकी सोही अनुपातमा आयात हुने हो भने एक वर्षमा रु ४२ अर्ब ७५ करोड ५२ लाख ५६ हजारको खाद्यान्न आयात हुने देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा सोही अवधिमा १२ लाख ८९ हजारको खाद्यान्न निर्यात भएको उल्लेख छ । सोही अनुपातमा निर्यात हुँदा एक वर्षमा नेपालले रु एक करोड ५४ लाख ६८…

Read More

काठमाडौँ: यस साता शेयर बजार परिसूचक नेप्सेसंगै कारोबार रकममा उलेख्य वृद्धि भएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ४९ अंकले बढेर अन्तिम दिन एक हजार २२९ दशमलब ७७ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार २८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २५९ दशमलब ३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भएन, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।” कार्यक्रममा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे । आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो…

Read More

काठमाडौँ: गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार व्यक्तिको अवस्था के कस्तो छ भन्ने जानकारी नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताएका छन् । भारत भ्रमणमा रहनुभएका उनले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताए । पूर्वप्रधानमन्त्री दाहालले भने , “आर्थिक समृद्धिका लागि हामी अघि बढेका छौँ । नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश हो । यहाँ जलविद्युत्का धेरै सम्भावना छन् । विद्युत् उत्पादनमा हामी सहकार्य गर्न इच्छुक पनि छौँ ।” जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्ष दाहालले…

Read More

काठमाडौँ: एनसीसी बैंक लिमिटेडका सञ्चालक विष्णु प्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले झुटो जालसाँजी रचेर आफूलाई अन्यायमा पारिएको दावी गरेका छन् । हिजो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धितालले एनसीसी बैंकका संस्थापकद्वय जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ मिलेर एक अर्ब ५१ करोड रुपैयाँ बैकिङ कसुरको जालसाँजी रचेर आफुलाई फसाएको स्पष्ट पारेका हुन् । उनले भने,‘मलाई एनसीसी बैंकका केही सिमित व्यक्तिको स्वार्थका कारण फसाइयो, मेरा बारेमा जतिपनि समाचार आए ती सबै सूचनाहरु एकतर्फी थिए, सिआईबीले जे भन्यो त्यहीमात्रै लेखियो, मेरो बारेमा मिडियाबाट कोही पनि साथीहरु जान्नसमेत आएनन्, मलाई ४ महिनाको अन्तरालमा विभिन्न झुठा मुद्दा लगाएर दुःख दिने काम गरियो,…

Read More

बैङ्कक: सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएक छन् । बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनलाई विदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ । अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो । “उनीहरुले गलत सूचनाहरु…

Read More

काठमाडौं: गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो । उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुने समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । सुनको रश्मि आकारभित्र कमलको पात आकारको आठवटा रातो मीना जडान गरिएको हुन्छ ।…

Read More