Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ :उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताएका छन् । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उनले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई कारवाही गर्दा विभिन्न दबाब आउने गरेको अनुभव सुनाए । हाल मन्त्रालयले उद्योग, व्यापार र आपूर्तिका सबै क्रियाकलापलाई एकीकृत र समन्वयात्मक रुपमा गरी अघि बढाइरहेको जानकारी गराउँदै मन्त्री यादवले संविधानअनुसार जनतालाई खाद्य आपूर्तिको अधिकार दिलाउन मन्त्रालयले कानून संशोधनको प्रक्रिया अघि बढाइसकेको बताए । फरक प्रशंगमा उनले मन्त्रालयको अनुगमनमा वीरगञ्जको निम्बस उद्योगले नेपालमै उत्पादन गर्ने…
काठमाडौँ :बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । बङ्गलादेशमा रहँदा उहाँले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नुहुनेछ । यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । नेपाली प्रतिनिधिमण्डल यही भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
मनाङ : मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन । विसं २०७२ मा निर्माण भएको यस पुल विश्वकै पाँचौं नम्बरमा पर्छ । हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्ग्रे ब्रिज…
काठमाडौँ :संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका छन् । आयोगका आयुक्तका रुपमा घिमिरे २०७१ चैत १९ गते नियुक्त हुनुभएको थियो । आजको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी…
काठमाडौँ: एनएमबि बैंकको नेतृत्वमा ५ वटा वाणिज्य बैंकले होङ्सी शिवम सिमेन्टलाई १६ अर्ब रुपैयाँ ऋण दिनेबारे सोमबार सम्झौता भएको छ। एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट,प्रभु एभरेष्ट एसबिआई बैंक मिलेर १६ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भएको हो। सो रकम अहिलेसम्मका लागि एउटै परियोजनामा गरिएको सबैभन्दा ठूलो ऋण सम्झौता हो। नवलपरासीमा उद्योग रहेको शिवम होङ्सी वैदेशिक लगानीको सिमेन्ट उद्योग हो । शिवम होङ्सीमा अहिलेसम्मकै उद्योगमा सबैभन्दा बढी ऋण लिन लागिएको शिवम होङ्सीका प्रवद्र्धकले जानकारी दिए । शिवम होङ्सीमा नेपाली शिवम सिमेन्टको ३० प्रतिशत लगानी छ भने ७० प्रतिशत लगानी चिनियाँ होङ्सी ग्रुप अन्तर्गतको कम्पनीको छ । शिवम सिमेन्टमा नेपाललका ६ जना…
काठमाडौँ: नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद शेयर दावी गर्ने आज अन्तिम रहेको छ। कम्पनीले सय रुपैयाँ प्रतिकित्तामा ९९ सय लाख ३६ हजार ४७७.५० कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीका लागि जारी गरेको हो। कम्पनीले १०:६ को अनुपातमा हकप्रद प्रदान गर्नेछ । हकप्रद आवेदन गर्न लागि गएको असार २१ गतेभित्र कायम शेयरधनीले मात्रै गर्ने पाउने छन् । कम्पनीको शेयरधनी दर्ता किताव (बुक क्लोज) असार २२ गते भएको हो । एनआइबीएल एस क्यापिटल यसको विक्री प्रवन्धक रहेको छ । ६० प्रतिशतको हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी दुई अर्व ६४ कारोड पुग्नेछ जुन न्युनतमसीमा भन्दाबढी हो। चुक्ता पुँजीसिमा दुई…
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ । अव उपरान्त मिर्मिरेको शेयरसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एसबीआई मर्चेन्टले गर्नेछ । मिर्मिरे एसबीआईबीच साउन २२ गते शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको हो। एसबीआईले बिहीबार (भदौ २१ गते) देखि शेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । यसअघि भने मिर्मिरेको शेयर रजिष्ट्रारको काम प्रभु क्यापिटलले गर्दै आएको थियो।
काठमाडौं: कालिका पावर कम्पनी यही भदौ २८ गतेदेखि प्राथमिक शेयर (आइपीओ) बिक्री खुला गर्ने गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १२ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता शेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कालिकाको आइपीओमा असोज १ गतेसम्म आवेदन दिन पाइन्छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असोज २८ गतेसम्म भर्न सकिन्छ । लगानीकर्ताले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल धितोपत्र…
काठमाडौँ: कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्व उजुरी दिने समय आज सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो । सचिवालयद्धारा जारी गरिएको सार्वजनिक सुचनामा उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र सम्पर्क माध्यम स्पष्ट खुलाइ भदौ २० गते कार्यालयसमयभित्र आइपुग्ने गरी उजुरी पठाउन आग्रह गरेको थियो । आजसम्म म्याद रहेकाले उजुरीकर्ता र उजुरीहरु गोप्य रहने संसदीय सुनुवाइ समितीले जनाएको छ । परिषद्ले गत विहीवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रलाई सर्वसम्मतले सिफारिस गरेको थियो । परिषद्ले वरिष्ठतम्लाई सिफारिस गर्ने चलन भएकाले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज…
बेइजिङ: अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेको र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रहरूको सहभागिता रहेको सिएनएनले जनाएको छ । यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी मुलुकहरूमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ । राष्ट्रपति सीले अफ्रिकामा उक्त प्याकेज बाहेक पनि अन्य क्षेत्रमा पनि सहयोग गर्ने घोषणा गरेको पनि अमेरिकी टेलिभिजन न्यूज च्यानल सिएनएनले जनाएको छ । सीले उक्त प्याकेज बाहेक चीन–अफ्रिका…