Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश सरकार र स्थानीय सरकारको प्राबिधिक क्षमताको अभावको कारणले करको मामलामा कतिपय अवस्थामा जनताको चाहना बिपरित भएको हुन सक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आज राजधानीमा आयोजित “संघियता पछिको कर प्रणाली र व्यावसायिक चुनौती“ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, “नेपाल भर्खर संघीय संरचनाको अभ्यासको चरणमा गएकोले र यो अभ्यास नेपालको नेतृत्वको लागि मात्र नभै कर्मचारीतन्त्रको लागि पनि बिल्कुलै नयाँ भएकोले प्रदेश र स्थानीय तहले संबिधान बमोजिम नै लगाएको भएपनि करको दर र दायरामा केहि दुबिधा सृजना भएको छ ।“ उनले संघीय संरचना अन्तर्गत करको…
काठमाडौँ: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उहाँलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । तर प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो ।
काठमाडौँ: गृह मन्त्रालयले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको गत साउन ११ गते भएको मृत्युको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक बसन्त बानिया र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसी सदस्यको रुपमा रहेका छन् । यसैबीच गृहमन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै बालिका पन्तको विषयलाई लिएर कञ्चनपुरमा भईरहेको विरोध प्रदर्शन लगायतका…
भीमदत्तनगर: कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीचको झडप उग्र भएपछि कर्फ्यु आदेश जारी गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट बिहान ५ बजेसम्मका लागि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलनमा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् । यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । घाइते हुनेमा तेज भट्ट, कृत पनेरु,…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विहिबार बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्त प्रकरणको छानबिन गर्न समिति गठन गर्ने बताएका छन् । प्रदेश नम्बर ७ का नेकपाका सांसद तथा प्रतिनिधीहरुको ज्ञापनपत्र आज मन्त्रालयमा बुझ्दै गृहमन्त्री थापाले निर्मला हत्याकाण्डबारे सरकार गम्भीर रहेको प्रतिक्रिया दिएका हुन् । प्रदेश नम्बर ७ का नेकपाका नेता तथा सांसदहरु लेखराज भट्ट, निरुदेवी पाल, दीपकप्रकाश भट्ट, नरबहादुर धामी लगायतको टोली गृह मन्त्रालय पुगेको थियो । टोलीले निर्मला हत्याकाण्डमा संग्लन भनिएका अभियुक्त दिलिप सिंह विष्टप्रति नागरिक विश्वस्त हुन नसकेको समेत जानकारी गराएको छ । कञ्चनपुर घटनाबारे आफू गम्भीर रहेको गृहमन्त्री थापाले बताएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले…
काठमाडौँ:साताको अन्तिम दिन बिहिबार पनि नेप्सेमा पहिरो गएको छ । सेयर बजार परिसूचक ३ दशमलब ९२ अंकले घटेर एक हजार १७८ दशमलब ५० अंकमा झरेको छ सोमबार नेप्से ८ दशमलब २२ अंक, मंगलबार ४ दशमलब १८ अंकले र बुधबार १ दशमलब ४७ अंकले घटेको थियो । यसरी दिन प्रतिदिन सेयर बजार परिसूचक तथा कारोबार खुम्चिदा पूँजी बजारका लगानीकर्ता निराश भएका छन् । आजको कारोबारमा सबैभन्दा बढी उत्पादन मूलक समूहको परिसूचक ५४ दशमलब ६७ अंक, जीवन बीमा समूहको परिसूचक ३८ दशमलब ६४ अंक र निर्जिबन बीमा २७ दशमलब ५५ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ३ दशमलब ५३ अंक, होटल…
भीमदत्तनगर: कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् । यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते हुनुभएको छ । घाइतेको महाकाली…
काठमाडौँ: सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति खर्च गरे भन्नेसम्मको एकीकृत तथ्याङ्क राख्ने तयारी गरिएको छ । आर्थिकरुपमा पर्यटकले पार्ने प्रभावलाई त्यस्तो तथ्याङ्कले योगदान गर्छ । यस्तो प्रणाली विश्व पर्यटन सङ्गठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैर…
भीमदत्तनगर: शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उनको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै थिए। “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,” सीतादेवीले आँशु झार्दै भनिन् । छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारवाही हुन नसकेको भन्दै उनले दुःख मनाउ गरिन् । टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी श्रीमती परमादेवीले पाँच सन्तानका साथ माइतमा आश्रय लिइरहेकी छिन्…
काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १४ प्रतिशतले बढेको थियो । २०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२.३ प्रतिशतले, विकास बैंकहरुको २५.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १६.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।…