Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: इण्डोनेशिया जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटमा स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कूल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।
काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षको औसत मूल्यवृद्धि आर्थिक वर्ष २०६१÷६२ पछिको सबैभन्दा न्यून हो । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिबेदन अनुसार आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । २०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो। वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दवावमा रहन…
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहनुभएका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने हुनुभएको छ । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा हुनुहन्छ । एशियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो । अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १५० दिन नेपाल बसिसकेको र नियमानुसार…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताउनुभयो । सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पु¥याउने, लगानीयोग्य साधन अभिवृद्धि गर्ने र दीर्घकालीन प्रकृतिका ब्याजदरमा कमी ल्याउने मौद्रिक नीति अघि सारेर बैंकले काम गरिरहेको उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाको निक्षेप रु दुई हजार ७४२ अर्ब पुगेको तथा यो कुल…
काठमाडौँ: साताको शुरुवातिदेखि नोक्सान ब्योहोरेका पूँजी बजारका लगानीकर्तालाई आज मंगलबार पनि शुखद रहन सकेन । आज नेप्से परिचूचकसंगै कारोवारमा पनि भारी गिरावट आउँदा उनीहरु थप निराश भएका हुन् । आज नेप्से ४ दशमलब १८ अंकले घटेर एक हजार १८३ दशमलब ८९ अंकमा कायम झरेको छ । सोमबार नेप्से ८ दशमलब २२ अंकले घटेको थियो । आजको कारोबारमा सबैभन्दा बढी उत्पादन समूहको परिसूचक २२ दशमलब ८५ अंक, लघुवित्त १० दशमलब ३३ अंक, होटल ८ दशमलब ७६ अंक र बाणिज्य बैंक ५ दशमलब ४१ अंकले घटेका छन् । त्यसैगरी, विकास बैंक ३ दशमलब १८ अंक, बित्त २ दशमलब ९४ अँ र…
काठमाडौँ: गत आर्थिक वर्ष २०७४ देखि २०७५ जेठ ३१ गतेसम्म निजामति सेवा अन्तर्गतका विभिन्न तहका ८६ जना निजामति कर्मचारीले विभिन्न देशका भ्रमण गरेका छन्। गृहमन्त्रालयले यसरी विदेश भ्रमणमा गएका र जानेवालामा रहेका कर्मचारीहरुको नामावली स्वीकृत भएको सूची तयार परेको हो। यस अन्तर्गत गएको आर्थिक वर्षमा सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा सहसचिव तथा हालै गृहमन्त्रालयबाट सचिव पदमा पदोउन्नति भएका केदार न्यौपाने रहेका छन् । न्यौपानेले गएको आर्थिक वर्षमा सात पटक विभिन्न देशका भ्रमण गरेको देखिएको छ। उनले अस्ट्रिया, न्यूयोर्क, श्रीलंका दुई पटक, भारत दुई पटक, र चीन गरी सात पटक विदेश भ्रमण गरेको वैदेशिक भ्रमण नामावली सूचीमा उल्लेख गरिएको छ ।…
काठमाडौँ :कालीमाटीका तरकारी व्यापारीले आज बजार बन्द गराएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले सोमबार बजार अनुगमनका क्रममा कालीमाटी फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको बिरोधमा कारोबार बन्द गरिएको ब्यापारीले बताएका छन् । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएका थिए । सरकारको बजार अनुगमनको शैली राम्रो नभएको र ब्यापारीहरुलाई तर्साउने हिसाबले बजारमा प्रवेश गरेको उनीहरुको आरोप छ । ब्यापारी भगवान चन्द्र उप्रेतीले भने- ‘आज बजारमा कुनै पनि कारोबार भएको छैन । कुनै पनि ब्यापारीले तरकारी तथा फलफुल किसानसंग मगाएका छैनन्’ । उनका अनुसार ब्यापारीले…
राजविराज: औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बँुदे माग प्रस्तुत गर्दै मूलढोकामै धर्नामा बसेका छन् । उद्योग भित्र नियमित विद्युत् आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गर्नुपर्ने, गत वर्ष बाढीले भत्काएको उद्योगको पर्खाल निर्माण गर्नुपर्ने, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुबानमा पर्ने भएकाले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने, स्वच्छ पानीका लागि बोरिङको व्यवस्था गर्नुपर्ने, औद्योगिक सुरक्षाबलको व्यवस्था गर्नुपर्ने र वर्षाले पानी पसेर उद्योगका उपकरणमा पु¥याएको क्षतिको यकिन गरी क्षतिपूर्ति दिनुपर्ने मागपत्रमा उल्लेख छ । समस्याग्रस्त औद्योगिक क्षेत्रको सुधारका लागि व्यवस्थापन समक्ष…
काठमाडौँ: प्रोग्रेसिभ फाइनान्सको हकप्रद सेयर मंगलबारबाट बिक्रि खुला भएको छ । फाइनान्सले २८१ प्रतिशत (१ः२.८१ अनुपातमा) ५९ लाख १ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रद साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र भर्न पाउने कम्पनीले जनाएको छ । हकप्रद भर्ने अन्तिम म्याद भने असोज ८ गते तोकिएको छ । प्रोग्रेसिभको हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिने छ । प्रोग्रेसिभको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक…
काठमाडौं: नविल बैंकमा एनबी इन्टरनेसनलका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य फेरिएको छ । यसअघि आशिष शर्माले सञ्चालक समिति सदस्यका रुपमा प्रतिनिधित्व गरेकामा अब भने मलय मुखर्जी मनोनित भएको बैंकले जानकारी दिएको छ । मुखर्जीले भदौ १ देखि पदबहाली गरेका छन् । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १९ करोड ४० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एनएफआरएस रिपोर्ट अनुसार नबिलको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ छ ।