Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो । फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केबल…
काठमाडौं: नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी कर्मचारी सहभागी हुन लागेका छन् । जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालको आयोजनामा हुने कार्यक्रममा व्यवसायी र निजी क्षेत्रको कोटामा समेत केन्द्र र प्रदेशका कर्मचारी जान लागेका हुन् । भदौ १६ देखि २४ सम्म उनीहरूले फ्रान्स र इटाली भ्रमण गर्नेछन् । आजको कान्तिपुरको दोस्रो पृष्ठमा समाचार छापिएको छ । भ्रमणमा संघको वन तथा वातावरण, प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र तत्कालीन वन कार्यालयका प्रमुख (डीएफओ)हरू सहभागी हुनेछन् । जीआईजेडकै जडीबुटी प्रवर्द्धन कार्यक्रम ‘इन्म्याप्स’ का प्रोजेट मेनेजर कल्याण गौलीसहित तीन जना…
धरान: कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार परिवर्तन गरेर २ भदौ ०६५ मा पूर्वतर्फको बस्ती छिर्दा सात हजार पाँच सय ७२ घरपरिवारका ४२ हजार आठ सय विस्थापित भएका थिए । कोसीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएको थियो । बाढीपछि गठन भएको कोसी बाढीपीडित उच्चस्तरीय…
काठमाडौं: मुलुकमा नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ लागू भएका छन् । मुलुकी ऐनको अदालती बन्दोबस्तीमा उल्लिखित महलका प्रावधानबाट चल्दै आएको मुद्दामामिला किनारा लगाउने विधिलाई विस्थापित गरी फौजदारी कार्यविधि संहिता र देवानी कार्यविधि संहिताले प्रविधि प्रयोग, फेरिएको जीवनशैली र कानुनका नवीनतम सिद्धान्तलाई पछ्याएका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । कार्यविधि कानुन भनेको मुद्दाको सुरुआतदेखि फैसला कार्यान्वयनसम्मका नियमको सँगालो हो । अपराध संहिता र देवानी संहिताचाहिँ सारवान कानुन हुन् । सारवान कानुन भन्नाले कुन घटनामा के सजाय हुने भन्ने नियमहरूको सँगालो हो । सारवान कानुन भदौ १ देखिका घटनामा लागू हुन्छ भने कार्यविधि कानुन अदालतमा चलिरहेका सबै मुद्दामा लागू भइसकेको…
काठमाडौं: सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६…
नुवाकोट :बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद ८५ हजार रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको पनि प्रहरी जनाएको छ । सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा एक लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । सोही स्थानमा जितबहादुर…
काठमाडौँ: एक पछि अर्को गर्दै राजधानीमा दिन दिनै जस्तो अर्धनग्न प्रदर्शनहरु हुन थालेपछि अहिले केपी शर्मा ओली नैतिक रुपले अप्ठ्यारोमा परिरहेका छन् । तस्बिर: विकास श्रेष्ठ शुक्रबारमात्रै एक पुरुषले राष्ट्रिय जनावर गाई हुनु हुन्न भन्दै पुरै लुगाई फुकालेर सिंहदरबारको सार्वजनिक सडकमा सरकारको विरोध गरेका थिए भने ठीक आज शनिबार अपरान्ह पनि सोहि खाले घटना भयो राजधानीको माइतिघर मण्डलामा पनि। माइतीघरमा शनिबार निकालिएको त्यो विरोध सभामा महिला, केहि तेश्रो लिंगी र केहि पुरुषहरुले पनि विरोध कार्यक्रममा भाग लिएका थिए। उनीहरुको माग थियो बलात्कारीलाई कडा सजायंको साथै फाँसीको माग गर्दै महिलाहरुले आफ्नो भित्रि बस्त्र (पेटिकोट) मात्रै लगाएर माइतीघर सडकमा केहीबेर प्रदर्शन गरे…
काठमाडौँ : नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको कार्यकाल तीन महिना थपिएको छ । नेपाली काङ्ग्रेसले नेविसङ्घको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो । नेविसङ्घको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ । विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका नैनसिंह महर नेतृत्वको कार्यकाल आज सकिएको थियो । पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरिएको जानकारी दिए ।
काठमाडौँ :पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताएका छन् । लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उनले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गरे । नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले देशमा निरंकुशताविरुद्ध सुवेदीको समूहले विमान अपहरण गरेको स्मरण गर्दै समाजवादको उन्नतस्वरुप लोकतन्त्र भएकाले त्यसलाई संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन समयको राजनीतिक घटनाक्रमलाई समेटेर ल्याइएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले…
काठमाडौँ: संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। शनिबार कोफी अन्नानको निधन भएको संयुक्त राष्ट्र संघको अप्रवासी नियोग ९आइओएम०ले ट्विट गर्दै जनाएको छ। स्वीट्जरल्यान्डको जेनेभास्थित अस्पतालमा उनको निधन घानाका सञ्चार माध्यमहरुले जनाएका छन्। घानाको कुमासीमा १९३८ अप्रिल ८ मा अन्नानको जन्म भएको थियो। उनी संयुक्त राष्ट्र संघको सातौँ महासचिवको रुपमा निर्वाचित भएका थिए। सन् १९९७ जनवरीदेखि २००६ डिसेम्बरसम्म उनी महासचिव रहेका थिए। सन् १९६२ को विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०को जेनेभास्थित कार्यालयको प्रशासन तथा बजेट अधिकृतको रुपमा राष्ट्र संघमा प्रवेश गरेका थिए। सन् २००१ मा अन्नान र संयुक्त राष्ट्र संघलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। पछिल्लो…