Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छोराछोरीलाई नागरिकता दिँदा बुबालाई अनिवार्य र आमालाई स्वेच्छिक बनाइएकामा सांसदले विरोध जनाएका छन् । सरकारले संसदमा पेश गरेको विधेयक महिलामैत्री नभएको भन्दै उनीहरूले आपत्ति जनाएको समाचार आजको कान्तिपुरले पृष्ठ २ मा छापेको छ । संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावको छलफलमा सांसद्हरूले विभेदपूर्ण व्यवस्था हटाएर संविधानको मर्मअनुरूप बनाउन माग गरे । ‘छोराछोरी नागरिकतामा आमालाई स्वेच्छिक बनाएर बाबुलाई अनिवार्य किन बनाइयो’, कांग्रेस सांसद डिला संग्रौलाले भनिन्, ‘विभेद गर्न पाइँदैन । संविधानमा समेत वंशीय आधारमा समान अधिकार हुन्छ भनिएको छ ।’ सांसद शान्ति तामाङले नेपाली…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष (२०७४ ७५ मा) ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ । आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो । यो रकम अघिल्लो आर्थिक बर्ष २०७३ ७४ को भन्दा ४८ करोड कम हो । आजको कारोबारमा समाचार छ । आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो । अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।

Read More

काठमाडौँ: सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरीक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ । व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य ठुला कम्पनीको समेत लेखापरीक्षण गरी कर लगउने तयारी भएको बताए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ: सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका…

Read More

हेटाँैंडा :प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकले प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक २०७५ सर्वसम्मतिबाट पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी प्रस्ताव टेबुल गरॆका थिए । प्रदेशसभाको पहिलो बैठकमा आज विशेष समयमा प्रदेशसभा सदस्यले प्रदेशका जिल्लामा केही हप्ताअघि परेको बाढीपहिराबाट मानवीय क्षति पुगेका परिवार र घाइतेको स्वास्थ्योपचारका लागि तत्काल अनुदान र उद्धार सामग्री वितरण गर्न तथा घरबारविहीन नागरिकलाई पुनर्वासका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्था मिलाउन माग गरे । सदस्यहरुले समाजमा बढ्दै गएको अराजक क्रियाकलाप नियन्त्रण गर्न तथा हत्यारालाई हदैसम्मको सजायँ हुने गरी .…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भने, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ । उहाँले अब स्थापना हुने उद्योग प्रविधि मैत्री हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने भन्दै त्यसका लागि वातावरण बनाउन उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्रीले केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा गर्न…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले समाज कल्याण परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई अनियमतिमताबारे छानबिनका लागि मन्त्रालय हाजिर गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले आज परिषद्का सदस्यसचिव भट्टलाई अनियमितताको छानबिन गर्न मन्त्रालयमा हाजिर गराउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । महिला तथा बालबालिका मन्त्रालयले परिषद्मा भएको अनियमतिताबारे छानबिन गर्न सदस्यसचिव भट्टलाई काजमा मन्त्रालयमा हाजिर गराउने सरकारले निर्णय गरेको थियो । यही साउन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई मन्त्रालय हाजिर गराउने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध भट्टले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । परिषद्का…

Read More

काठमाडौँ: नेपाली सेनाको प्रधानसेनापति तथा महारथीको रुपमा जंगी अड्डा सम्हाल्दै आएका राजेन्द्र क्षेत्रीले मंगलबार आफ्नो करिव ४० वर्षीय सैनिक जीवन यात्रा अत्यन्तै गौरवान्वित क्षणमा आएर सकिनै लागेको प्रतिक्रिया ब्यक्त गरेका छन्। आज साँझ आफ्नो फेसबुक पेजमा एउटा सानो मन्तब्य लेख्दै उनले भनेका छन्, ” करिब चार दशक लामो मेरो सैनिक जीवनका आखिरी दिनहरुमा मेरो सैनिक जीवनलाई फर्केर हेर्दा आफूलाई अत्यन्तै गौरवान्वित ठान्छु।” उनले थप लेखेका छन्, “मेरो जीवनका हरेक क्षणहरुमा मैले सधैं उत्कृष्ट र दक्ष व्यक्तिहरुको साथ पाएँ । अनवरतरुपमा सधैं मलाई सहयोग पुर्‍याई मेरो मेरुदण्डको रुपमा रहनु भएका मेरा परिवारजन, शुभेच्छुकका साथै नेपाली सेनाका सकल दर्जाहरुप्रति गहिरो आभार व्यक्त…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्र, ललितपुरमा कार्यरत ईलेक्ट्रिसियन भोलाप्रसाद अधिकारीलाई रु ९५ हजार घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ । अधिकारीलाई कार्यालय परिसरबाटै पक्राउ गरी छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । सप्तरी, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रशासकीय अधिकृत झाले स्थानीय रामजानकी मन्दिरदेखि सकरपुराको पुलसम्म जाने बाटोमा माटो भर्ने र ग्राभेल गर्ने योजनाको अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोग लागेको छ । आयोगकाअनुसार प्रशासकीय अधिकृत झाले कार्यालय सहायक राजकुमार मण्डललाई घुस उठाउनका लागि प्रयोग…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ÷सार्क उवासंघ(नेपाल)को प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आज छुट्टाछुट्टै भेटवार्ता गरेको छ । प्रतिनिधिमण्डलले राष्ट्रपति भण्डारी समक्ष सितलनिवास र प्रधानमन्त्री ओली समक्ष वालुवाटारमा औपचारिक भेटवार्ता गरेको हो । उक्त दुवै उच्चस्तरीय भेटवार्तामा प्रतिनिधिमण्डलका तर्फबाट मुलुकभित्र, दक्षिण एशिया सहित चीन लगायतका देशहरूबाट लगानी आकर्षणका लागि अनुकुल वातावरण बनाउनु पर्नेतर्फ जोड दिइयो । प्रतिनिधिमण्डलले प्रत्यक्ष वैदेशिक लगानीको प्रवद्र्धन गर्न सरकारका नीतिहरु जटिल नभई सहज हुनु पर्ने तथा नेपालको आर्थिक विकासमा सार्क विकास कोषको लगानी ल्याउन आवश्यक परियोजनाहरू तयार गर्नुपर्ने र…

Read More