Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धरान: कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार परिवर्तन गरेर २ भदौ ०६५ मा पूर्वतर्फको बस्ती छिर्दा सात हजार पाँच सय ७२ घरपरिवारका ४२ हजार आठ सय विस्थापित भएका थिए । कोसीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएको थियो । बाढीपछि गठन भएको कोसी बाढीपीडित उच्चस्तरीय…
काठमाडौं: मुलुकमा नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ लागू भएका छन् । मुलुकी ऐनको अदालती बन्दोबस्तीमा उल्लिखित महलका प्रावधानबाट चल्दै आएको मुद्दामामिला किनारा लगाउने विधिलाई विस्थापित गरी फौजदारी कार्यविधि संहिता र देवानी कार्यविधि संहिताले प्रविधि प्रयोग, फेरिएको जीवनशैली र कानुनका नवीनतम सिद्धान्तलाई पछ्याएका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । कार्यविधि कानुन भनेको मुद्दाको सुरुआतदेखि फैसला कार्यान्वयनसम्मका नियमको सँगालो हो । अपराध संहिता र देवानी संहिताचाहिँ सारवान कानुन हुन् । सारवान कानुन भन्नाले कुन घटनामा के सजाय हुने भन्ने नियमहरूको सँगालो हो । सारवान कानुन भदौ १ देखिका घटनामा लागू हुन्छ भने कार्यविधि कानुन अदालतमा चलिरहेका सबै मुद्दामा लागू भइसकेको…
काठमाडौं: सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६…
नुवाकोट :बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद ८५ हजार रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको पनि प्रहरी जनाएको छ । सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा एक लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । सोही स्थानमा जितबहादुर…
काठमाडौँ: एक पछि अर्को गर्दै राजधानीमा दिन दिनै जस्तो अर्धनग्न प्रदर्शनहरु हुन थालेपछि अहिले केपी शर्मा ओली नैतिक रुपले अप्ठ्यारोमा परिरहेका छन् । तस्बिर: विकास श्रेष्ठ शुक्रबारमात्रै एक पुरुषले राष्ट्रिय जनावर गाई हुनु हुन्न भन्दै पुरै लुगाई फुकालेर सिंहदरबारको सार्वजनिक सडकमा सरकारको विरोध गरेका थिए भने ठीक आज शनिबार अपरान्ह पनि सोहि खाले घटना भयो राजधानीको माइतिघर मण्डलामा पनि। माइतीघरमा शनिबार निकालिएको त्यो विरोध सभामा महिला, केहि तेश्रो लिंगी र केहि पुरुषहरुले पनि विरोध कार्यक्रममा भाग लिएका थिए। उनीहरुको माग थियो बलात्कारीलाई कडा सजायंको साथै फाँसीको माग गर्दै महिलाहरुले आफ्नो भित्रि बस्त्र (पेटिकोट) मात्रै लगाएर माइतीघर सडकमा केहीबेर प्रदर्शन गरे…
काठमाडौँ : नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको कार्यकाल तीन महिना थपिएको छ । नेपाली काङ्ग्रेसले नेविसङ्घको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो । नेविसङ्घको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ । विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका नैनसिंह महर नेतृत्वको कार्यकाल आज सकिएको थियो । पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरिएको जानकारी दिए ।
काठमाडौँ :पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताएका छन् । लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उनले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गरे । नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले देशमा निरंकुशताविरुद्ध सुवेदीको समूहले विमान अपहरण गरेको स्मरण गर्दै समाजवादको उन्नतस्वरुप लोकतन्त्र भएकाले त्यसलाई संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन समयको राजनीतिक घटनाक्रमलाई समेटेर ल्याइएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले…
काठमाडौँ: संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। शनिबार कोफी अन्नानको निधन भएको संयुक्त राष्ट्र संघको अप्रवासी नियोग ९आइओएम०ले ट्विट गर्दै जनाएको छ। स्वीट्जरल्यान्डको जेनेभास्थित अस्पतालमा उनको निधन घानाका सञ्चार माध्यमहरुले जनाएका छन्। घानाको कुमासीमा १९३८ अप्रिल ८ मा अन्नानको जन्म भएको थियो। उनी संयुक्त राष्ट्र संघको सातौँ महासचिवको रुपमा निर्वाचित भएका थिए। सन् १९९७ जनवरीदेखि २००६ डिसेम्बरसम्म उनी महासचिव रहेका थिए। सन् १९६२ को विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०को जेनेभास्थित कार्यालयको प्रशासन तथा बजेट अधिकृतको रुपमा राष्ट्र संघमा प्रवेश गरेका थिए। सन् २००१ मा अन्नान र संयुक्त राष्ट्र संघलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। पछिल्लो…
जनकपुरधाम: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताए । उनले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिए । प्रधानमन्त्री ओलीले…
विराटनगर: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे । उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए । महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।