Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
- माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन
- उद्धारमा खटिएका हेलिकप्टरलाई ४० हजार ८४० लिटर हवाई इन्धन
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल टेलिकमले आर्थिक वर्ष २०७४।७५ मा १५ अरब ६६ करोड ७५ लाख रुपैयाँ मुनाफा गरेको छ। यो अघिल्लो आवको तुलनामा १ दशमलव ९२ प्रतिशतले बढी हो । कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको टेलिकमद्वारा आइतबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। टेलिकमले आज आर्थिक वर्ष २०७५।७६ मा सम्पन्न गर्न तय गरेका कार्यक्रमको विवरण सार्वजनिक समेत गरेको छ । गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अरब ५६ करोड ५८ लाख रहेको टेलिकमले जनाएको छ। यस्तैगरी विगत लामो समय…
काठमाडौँ: साताको सुरुवातिमै आइतबार सेयरबजारमा पहिरो गएको छ । आज नेप्से परिचूचक १६ दशमलब ६९ अंकले घटेर एक हजार १६३ दशमलब ९४ अंकमा कायम भएको छ । गत सात ठुलो घाटा खाएर यो साता बजारमा सुधारको आशामा बसेका लगानीकर्ताहरु थप निराश भएका छन् । ब्यापार र होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा जीवन बीमा १९३ दशमलब ७३ अंक, निर्जिबन बीमा १०५ दशमलब ७४ अंक र उत्पादन समूह ६३ दशमलब ५८ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ११ दशमलब ८७ अंक, जलबिधुत २१ दशमलब १९ अंक, विकास बैंक १३ दशमलब २२ अंक…
काठमाडौँ :संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले कला विश्वविद्यालयको अवधारणा ल्याउन लागेको बताएका छन् । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिका पहचिान’ भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपालको दोस्रो राष्ट्रिय नृत्य महोत्सव २०७५ को आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले विश्वविद्यालयमार्फत कला, संस्कृति विषयमा उच्च शिक्षा हासिल गर्ने र त्यसमार्फत नयाँनयाँ प्रतिभा उत्पादन हुने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक एकता नै नेपालीको राष्ट्रियता भएको बताउँदै महोत्सव हिमाल, पहाड, तराई सबै ठाउँमा फैल्याउन आग्रहसमेत गरे । कला र संकृतिमा नेपाल संसारकै धनी भएको बताउँदै नेपाली कला, संस्कृति र सम्पदालाई संसारभर फैल्याउनुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय नृत्य…
काठमाडौँ : भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले साताँै मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् । यो जितसँगै नेपालले समूहचरणमा…
काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा व्यापारिक सम्बन्ध वृद्धि गर्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारका वक्ताले दुई दशक लामो बिम्स्टेकको बडापत्र नभएको, सदस्य मुलुकबीच व्यापार, पर्यटन, आर्थिक क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गरेका छन् । पर्यटनको क्षेत्रमा बिम्स्टेकको दुई वटा मन्त्रिपरिषद्को बैठक बसे पनि प्रगति नभएको भन्दै बुद्ध परिपथको विकासका लागि सम्मेलनमा पहल हुनुपर्नेमा उनिहरुको जोड थियो । पूर्वराजदूत डा शंकर शर्माले सदस्य मुलुकमा पाँचदेखि सात प्रतिशतमात्र व्यापारमा लगानी भएको तथा भारतबाहेक अरु मुलुकको दृष्टिकोण प्रष्ट नभएको बताए…
काठमाडौँ :पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ भने रातको समयमा पनि बद्ली र वर्षा हुनेछ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा पश्चिमका केही स्थान र मध्य र पूर्वका एक÷दुई स्थानमा भारी…
काठमाडौँ: सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने जानकारी पाएपछि उनले ११५१ नम्बरमा फोन लगाइन् । फोन उठाउनेमा थिए ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन । आफ्नो नाम बताउँदा कापेको जस्तो स्वर भए पनि कमलाले समस्या भने प्रष्टसँग राखिन् । उनले भनिन्, “हाम्रो जग्गा जमीन छैन, तर जहाँ बसिरहेका छौँ, हामीले बिजुली बाल्न पाउँदैनाँै र मन्त्री ज्यू ।” कमलाको समस्या सविस्तार सुनेपछि मन्त्री…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले सबै क्षेत्रको समस्यालाई समाधान गर्न सरकारले योजनाबद्धरुपमा प्रयास गरिरहेको बताए । औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भएको र केही समयभित्रै पूर्णरुपमा परिणाम आउने प्रधानमन्त्रीको कथन थियो । प्रधानमन्त्री ओलीले भने, “उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिलगायत क्षेत्रको सुधार गर्दै समग्ररुपमा मुलुकको आर्थिक अवस्थाको सुधारमा सरकार लागिपरेको छ । त्यसमा निजी क्षेत्रको साथ जरुरी रहन्छ ।” स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायी…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई यही साउन २८ गतेदेखि ३१ गतेसम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२० केभीमा सञ्चालन गर्न लागिएको छ । यही साउन २८ गते सोमबारदेखि ३१ गते बिहीबारसम्म स्तरोन्नतिका लागि सो प्रसारण लाइनबाट आयात भइरहेको विद्युत् कटौती हुनेछ । त्यहाँबाट औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको विद्युत् ती दिनमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म दुई घण्टा काटिने प्राधिकरणले जनाएको छ । कोहलपुरदेखि दुहबीसम्म ग्रीड…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका छन । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्रीले नेतृत्व लिएर काग गर्न आग्रह गरे । आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएका डा केसीलाई उहाँले भन्नुभयो, “म प्रधानमन्त्री भएका बेला तपाईं अनशन नै बस्नुपर्ने थिएन । माग पूरा गराउन अरु धेरै विकल्प थिए र छन् ।” “जनताको स्वास्थ्य सेवासँग गासिएका विषयमा तपाईंसँग…