Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अर्थ मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक-औद्योगिक समुदायबीचमा भएको समझदारीबाट देशमा थप लगानी आउनेमा उनी विश्वस्त रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद (थिङ्कट्याङ्क) का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित “नेपाल, भारत, चीनः २१औँ सताब्दीमा सम्बन्ध विस्तार” विषयक अग्रेजी पुस्तकको विमोचन गर्दै अर्थ मन्त्री डा. खतिवडाले सो कुरा बताएका हुन् । उनले भने मुलुकले अङ्गीकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हाँसिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग, सद्भावले समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्ने छ । सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र पीएच्डी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपालमा र…
बेइजिङ: गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् । सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने शर्तमा ती कर्मचारीले “ड्रागनफ्लाई” गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् । मानिसले खोजेका कतिपय विषयलाई फिल्टर (छान्ने) गर्नेगरी यो परियोजनामा काम हुँदैछ । स्रोतका अनुसार, यसलाई कम्पनीको आन्तरिक नेटवर्कमा परीक्षण गर्ने तयारी भइरहेको छ । ती कर्मचारीका अनुसार, अमेरिकी सञ्चार माध्यमले बुधबार यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ । प्रविधि…
काठमाडौँ: बुधबारबाट दोलखाका स्थानीय बासिन्दाका लागि खुला भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओमा जिल्लाबाट बसाईसराई गरि गएकाले सेयर भर्न नपाउने भएका छन् । आयोजनाका कम्पनी सचिब राम सुन्दर श्रेष्ठका अनुसार जिल्लाबाट बसाईसराई गरि गएका मानिसले आयोजनाको साधारण सेयरमा सहभागी हुन पाउने व्यवस्था छ । यधपी अन्य जिल्लाबाट बसाईसराई भई दोलखा जिल्लामा २०६४ साल माघ १५ गते भित्र आएकाले भने आइपीओमा आबेदन दिन पाउने श्रेष्ठले बताए । हाल दोलखा जिल्लाका दुई लाख ८२ हजार बासिन्दाले आयोजनाको जारी साधारण सेयरमा लगानी गर्न पाउने छन् । माथिल्लो तामाकोशी आयोजनाका लागि जिल्लाका बासिन्दाले पाउने गरी एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक…
काठमाडौँ: नेपाली सेनाको भर्खरै निर्माण सम्पन्न भएको त्रिचन्द्र अस्पताल शुक्रबारबाट औपचारिक रुपमा संचालनमा आउने भएको छ । नेपाली सेनाका सहप्रवक्ता महासेनानी बिजय थापाका अनुसार अस्पताल भोलि प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट औपचारिक उद्दघाटन हुनेछ। “हालका लागि अस्पताल आंशिक रुपमा मात्रै संचालनमा आउने छ जसमा पहिलो चरणमा बिरेन्द्र सैनिक अस्पतालमा अवस्थित ‘डेण्टल विभाग’ को स्थानान्तरण मात्रै हुन लागेको हो,” थापाले भने। सेनाका अनुसार अस्पताल पूर्ण रुपमा संचालनमा आउन भने अझै केहि समय लाग्नेछ। केहि समयअघि मात्रै सेनाले उक्त अस्पताल निर्माण गर्ने क्रममा उक्त भवनको माथिल्लो तल्ल व्यापारिक प्रयोजनका लागि भन्दै निजी कम्पनी दिन लागिएको बिषयमा विवाद भएको थियो । सो भवनको अस्पताल बाहेकका…
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् । त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७…
काठमाडौँ: फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ । फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए । प्रदर्शनी शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न…
ढाका: बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ । अघिल्ला तीन दिन जस्तै चौँथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको अधिकारीहरूले जनाएका छन् । आफ्ना सहपाठी बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् । “हामी न्याय चाहन्छौँ,” जस्ता नारा लगाउँदै विद्यार्थीहरूले मुख्य मुख्य सडकमा प्रदर्शन गरेको स्थानीय टेलिभिजनहरूले देखाएका छन् । राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो एउटा…
काठमाडौं: छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छन्। आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसंगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छाविन गरि कारवाहीको माग गरेकी हुन् । अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका थिए । उजुरीमा हत्याका आरोपी न्यायीक हिरासतमा बसेको भोलि पल्टै आफ्नो मुद्दा हेरि रहेका न्यायाधीश…
काठमाडौँ: पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो । नेपालका लागि कप्तान पारस खड्काले १२, अनिलकुमार साहले २१, दीपेन्द्रसिंह ऐरीले ३३, शक्ति गौचनले नौ र शरद भेषवाकरले चार रन बनाएका थिए…
काठमाडौं: दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठम यो समाचार छापिएको छ । एक उच्च स्रोतका अनुसार वर्तमान सरकारले केही दिनअघि पूर्ववर्ती देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्नुअघि जोशीसँग सोका विरुद्ध अदालतमा रिट परेमा ती सबै रिटउपर कुनै निर्णय नलिने सहमति भएको थियो तर सरकारले गरेका ती निर्णयविरुद्ध पूर्व सरकारका राजनीतिक नियुक्तिधारीहरू सर्वोच्च अदालत जानेवित्तिकै त्यसउपर देउवा सरकारकै निर्णयलाई नैतिक बल पुग्ने गरी अन्तरिम आदेश जारी भयो । ‘त्यहीबेलादेखि सरकारसामु जोशीले विश्वास गुमायो र…