Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमविरूद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुने भएको छ। असोज ७ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो। गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। आजदेखि बहस सुरू हुने प्रधानन्यायाधीशसहितको पूर्ण इजालसमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस र राष्ट्रपतिबाट भएको मनोनयन बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर…

Read More

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनचाँदीको दुबैको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो । नेपाली बजारमा मंगलबार सुनचाँदीको दुबैको भाउमा वृद्धि भएको थियो । महासंघका अनुसार मंगलबार सुन तोलामा ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको थियो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९४ हजार २०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १९० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार छापावाला सुनको भाउ ९४ हजार २०० रुपैयाँ, तेजाबी सुन ९३…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले सरुवाका लागि नयाँ मापदण्ड बनाएको छ । ०६९ मा जारी ‘सरुवा मापदण्ड’लाई परिमार्जन गरेर नयाँ मापदण्ड लागू गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । इन्चार्ज खटाउन नयाँ मापदण्डमा विभिन्न ‘शर्त’ राखिएको छ । एक बर्षको समयावधि पुरा नभइ अब, प्रहरी कर्मचारीको सरुवा हुँदैन । दरबन्दीमा एक बर्ष काम नगरेका र अवकासमा जान १ बर्षभन्दा कम समय बाँकी भएकालाई इन्चार्ज नबनाइने भएको छ । ३ ठाउँमा इन्चार्ज चलाएका इन्सपेक्टर र डीएसपीलाई इन्चार्ज नदिने सरुवा मापदण्ड लागू गरिएको कर्मचारी प्रशासन शाखाका एक अधिकृतले बताए । कारबाही भोगेका प्रहरी अधिकृतले पनि १ बर्षसम्म इन्चार्ज हुन पाउँदैनन् । युएन मिशनबाट…

Read More

काठमाडौँ: नेपाल र चीन आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति भएको छ। मंगलबार नेपाल–चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकमा दुवै मुलुकले आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजिकरण गर्ने सहमति भएको छ । नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा समेत सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ । चीनले कोरोना भाइरसबारे उच्च सावधानी अपनाएर दुवै नाका सञ्चालन गर्ने अनुमति समेत दिएको छ । चीनले दुवै देश मिलेर व्यापार र संयुक्त लगानीका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले जानकारी दिइन् । छलफलका क्रममा…

Read More

सिन्धुपाल्चोक: पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच  मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाका उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए…

Read More

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जीत हासिल गरेको छ । गएराति भएको सिजनको तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन दिलाए भने शिम्रोन हेटमायर २१ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए । टस…

Read More

काठमाडौँ: कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ । उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको सङ्क्रमण दर बढेको बताउनुभयो । “हामी उपत्यकाको नाका खोल्न नहुने…

Read More

काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको छ । विश्वका अधिकांश विमानस्थलमा त्यहाँको राष्ट्रिय ध्वजाबाहकबाट नै विमानस्थलको भूमिस्थ सेवा सञ्चालन हुने गरेको परिपेक्ष्यमा नेपालमा पनि हवाई सेवाको शुरुदेखि नै निगमले भूमिस्थ सेवा दिँदै आएको र यस क्षेत्रमा अर्बौ लगानी भएको भन्दै निगमले अन्य संस्थालाई त्यस्तै जिम्मेबारी दिन नहुने जिकिर गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै निगमको अनवरत सेवा र प्रविधिक स्रोतसाधनमा गरेको खर्चलाई मध्यनजर गर्दै अन्य कुनै संस्थालाई भूमिस्थ सेवाको जिम्मा दिने निर्णय अहिलेको परिस्थितिमा…

Read More

काठमाडौँ: प्रा डा खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा डा लुइँटेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता गराउनुभएको हो । मुद्दामा एभरेष्ट नेपाल नामक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा न्यायालय र न्यायधीशहरूमाथि गालीगलौजका साथै गम्भीर आरोप लगाई अदालतको अवहेलना गरेको हुँदा प्रा डा लुइँटेललाई प्रचलित कानूनअनुसार हदैसम्मको सजायको माग दाबी गरिएको छ । सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका न्यायाधीशहरूको संवैधानिक इजलासबाट २०७४ सालमा भरतकुमार बस्नेतविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँसमेत भएको उत्प्रेषण परमादेश मुद्दामा २०७६ साल मङ्सिर २७ गते…

Read More

काठमाडौं: विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित स्वीकृत यी परियोजना कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्नसमेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ । खासगरी नगरपालिकाहरुको क्षमता अभिवृद्धि र पूर्वाधार विकासमा यो सहायता प्रयोगमा आउने छ । विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि निर्देशक फारिस हदद जार्भोसले तिब्र शहरीकरण, संघीयता र कोभिड १९ को सन्दर्भमा नेपाली शहरी इलाकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र महामारीको प्रभाव कम…

Read More