Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ । नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो । विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो । उक्त उपकरणबाट आज सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब सङ्कलन गरिएको थियो । सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर सङ्कलन र चमेना गृहमा खटिनृ जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ । दैनिकरुपमा…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३।३६ अङ्कले घटेर एक हजार ४३१।५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५।१८ अङ्कले घटेर ३००।४९ मा झरेको छ । स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१।७६, व्यापार ११।२४, होटल ५९।५, विकास बैंक २१।५५, जलविद्युत् २।२४, वित्त ६।४२, निर्जीवन बीमा १५९।८७, उत्पादन ४९।७,…

Read More

काठमाडौँ, १४ साउन (रासस) : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पु¥याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पु¥याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको…

Read More

काठमाडौं: प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीले बुधवार एक बजे दज्र्यानी चिन्ह लगाउँदै छन् । सोमबारको मन्त्रिपरिषद्ले शाही र कार्कीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआइजीमा बढुवा गरेको थियो । उनिहरुलाई मध्यान्ह प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयका प्रबक्ता तथा एसएसपी कुबेर कडायत जानकारी दिए । बढुवा भएका कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र शाहीलाई मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

Read More

काठमाडौँ:  पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको जानकारी दिए । अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ मृतकहरुको पहिचान खुलेको छैन । घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।

Read More

दाङ, १४ साउन (रासस) : दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ । ––

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवादमा आफ्नो धारणा स्पष्ट गर्न केही अघि नै तयारी अवस्थामा थिए, उपाध्यक्ष बामदेव गौतम । सो विषय समाचारको रुपमा बाहिर आएको पनि थियो । तर, साउन ६ गते उनको निजी सचिवालयले वामदेव गौतमले पार्टीभित्र विकसित परिस्थितिबारे वक्तव्य जारी गर्ने भनी आएका हल्ला निराधार भएको भन्दै उनले आफ्ना कुरा बैठकमै राख्ने बताएको थियो । तर सचिवालयले यस्तो बताएको सातै दिनमा मंगलबार गौतमको लिखित धारणा आयो । पार्टीभित्रको विवाद मिलाउन भन्दै गौतमको ६ बुँदे लिखित प्रस्ताव मात्र आएन, उक्त प्रस्तावले कोरोना र आफ्नो स्वास्थ्यको कारण हतपत बालुवाटारबाट ननिस्किने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको…

Read More

काठमाडौं: लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा कुनै पनि रकम राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा आधारित भएर आज जारी गरेको एकीकृत निर्देशिका अनुसार लघुवित्त संस्थाले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोषको रकम मात्रै मुद्दती निक्षेपमा राख्न पाउने व्यवस्था गरेको छ । उक्त कोषबाहेक कुनै पनि बैंक तथा वित्तीय संस्थामा तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाइने भएको छ । केन्द्रीय बैंकले लघुवित्तलाई लाभांश वितरणमा नयाँ व्यवस्था गरेको छ । इजाजत पत्र प्राप्त संस्थाहरुले आव २०७६÷७७ को खुद वितरण योग्य मुनाफाको ३०…

Read More

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै वास्तविक अयोध्या भारतीय सीमानजिकै रहेको नेपाली भूभाग ठोरीमा रहेको घोषणा गरे । उनले नेपालमाथि भारतले सांस्कृतिक अतिक्रमण गरेको पनि उल्लेख गरेका छन् । प्राचीन समयमा भारतमा रहेको अयोध्याबाट नेपालको जनकपुरसम्मको दुरी निकै टाढा रहेको र वर्णन गरिएअनुसारको उक्त दुई स्थानको यात्रा गर्नु तर्कसंगत नरहेको ओलीको भनाइ थियो । केही मिडिया रिपोर्टमा नेपालको पुरातत्व विभागले अब छिट्टै नै ठोरीमा उत्खननको काम सुरु गर्न सक्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो सम्वोधन उत्तराखण्डको ३२५ वर्गकिलोमिटरको भारतीय भूमिलाई आफ्नो नक्सामा देखाउँदै उक्त भूमि लिन सरकारले प्रयास सुरु गरेपछि आएको हो । नक्सा परिवर्तनपछि गरिएको संविधान…

Read More

नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ । ०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन् । अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका…

Read More