Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ । २० वर्षको अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका छन् । दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ । अमेरिकी सेना चढेको अन्तिम विमान काबिलबाट बाहिरिएसँगै, तालिबानहरूले आकाशमा रातो प्रकाश…

Read More

काठमाडौँ: कोरोना भाइरसविरूद्धको खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको सर्वेक्षणले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा दुबै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी देखिएको हो। साथै, पहिलो मात्रा खोप लगाउनेमध्ये पनि ८० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको पाइएको हो। जसले गर्दा अहिले लगाइरहेका खोपहरू अत्यन्त प्रभावकारी रहेको मन्त्रालयको ठहर छ। त्यस्तै, समग्रमा देशभरिबाट संकलित गरिएको उक्त नमूनामध्ये ६८.६ प्रतिशत नमूनामा एन्टिबडी देखिएको छ। मन्त्रालयले सातै प्रदेश र हिमाल, पहाड, तराई, गाउँ, सहरलगायत सबै लिंग, उमेर, पेशा तथा समूहका मानिसहरूको नमूना…

Read More

काठमाडौँ: पाँच दलीय गठबन्धन सरकार बुधबार विस्तार हुने भएको छ। गठन भएको ५० दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलहरु जुटेका हुन्। मन्त्रिमण्डल विस्तार र पद बाँडफाँटको टुंगो लगाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक भोलि मंगलबार पनि बस्ने भएको छ। मंगलबारको बैठकले पाँच दलबीच बाँकी मन्त्रालयको भागवण्डा गरेर सहमति जुटाउने तयारी गरेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ। मंगलबार सबै मन्त्रालयमा भागवण्डा मिलाएर बुधबार मन्त्रिमण्डल विस्तार गर्ने गरी मंगलबार शीर्ष नेताहरुबीच छलफल तयारी भएको हो। सरकार विस्तारबारे सहमति जुटाउन आइतवार पनि सत्ताधारी दलका शीर्ष नेता दुई पटक बसेका थिए। तर सत्ता साझेदार सबैले आफ्नो अडान नछाडेपछि कुरो मिलिसकेको छैन। सहमति जुटाउने…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् । उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन। प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए । सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ: कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६/७७ को प्रक्षेपित आम्दानी १० अर्ब ५४ करोड ४१…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन् । सोमबार काठमाडौँमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र वाग्मती प्रदेशमा पनि ढल्ने दाबी गरेका हुन । संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि उनले स्मरण गरे । प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए । ओली नेतृत्वको सरकारका बेला संघीयता लगायतका उपलब्धीहरुरु जोखिममा जाने खतरा भएको भन्दै उनले…

Read More

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको बताएका छन् । सोमबार भारतबाट स्वदेश फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता खनालले सो कुरा बताएका हुन् । ‘अहिले केपी ओलीको पार्टी भनेको त, दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ’ खनालले भने, ‘त्यसैले यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो ।’ खनालले विद्रोह फुट र विनाश नभएको भन्दै विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको पनि बताए । उनले नेकपा एमाले दक्षिणपन्थी अवसरवाद पार्टी भएको आरोप पनि लगाएका छन्। ‘केपी शर्मा ओलीको पार्टी भनेको दक्षिणपन्थी अवसरवाद, फुटवादको प्रतिक हो,त्यसैले…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९०२ र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

काठमाडौँ: गठबन्धन सरकारले बजेट सच्याउने भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८/०७९ को बजेट सच्चाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । गठबन्धनका नेताहरुले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक भएको र चाँडै प्रक्रिया थाल्ने जनाएको बुझिएको छ । त्यस्तै बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले जानकारी दिए । ‘बजेट सच्चाउने र मन्त्रिमण्डललाई पूर्णता दिने बारेमा छलफल भयो । सम्भवत ः बुधबार मन्त्रिमण्डलले…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी हुन्। द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ। ‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिएको छु,’…

Read More