Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा कारोबार रकम १४ अर्ब ३० करोड नाघेको छ । यसदिन जलविद्युतको सूचक ३.३३ र विकास बैंक सूचक १.३२ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा पनि शीर्ष दश ठूलो कारोबार सबै जलविद्युत कम्पनीका रहेका छन् । अपि पावरको सर्वाधिक ८१.८५ करोडको शेयर कारोबार भएको छ भने अरुण भ्याली र युनिभर्सल पावरको पनि ५० करोड बढीको शेयर कारोबारमा आएको छ । ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत कम्पनी, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर, अपर तामाकोशी र सिनर्जी पावरको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको…

Read More

एजेन्सी: अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले बार्सिलोना क्बल छाड्ने विषयमा आज पत्रकार सम्मेलन गर्ने भएका छन्। २१ वर्षको आबद्धतापछि उनी बार्सिलोनाबाट बाहिरिने कुरा क्लबले यसअघि नै जानकारी गराइसकेको छ। तर यस विषयमा आज मेस्सी आफैंले जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्। स्थानीय समयानुसार आइतबार मध्याह्न १२ बजे मेसीले स्पेनको बार्सिलोनामा पत्रकार सम्मेलन आयोजना गर्ने बार्सिलोनाले आफ्नो वेब साइटमार्फत जानकारी दिएको छ। पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बार्सा टीभी प्लसमा हुने पनि जनाइएको छ। बार्सिलोनाबाट बिदाइका क्रममा मेसीले आफ्ना धारणा राख्नाका साथै पत्रकारका जिज्ञासाको जवाफ पनि दिने बताइएको छ।

Read More

काठमाडौँ: आइतबार बिहान देशका अधिकतर स्थानमा मौसम बदली छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ:  प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुवा गाविस हाल पाँचखाल नगरपालिका–१० घर भएका ३१ वर्षीय राजकुमार भनिने कुमार परियार रहेका छन् । पक्राउ परेका तीनै जना नातेदार हुन् । कुमार…

Read More

काठमाडौँ: एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएको प्रतिनिधिसभा पुनस्र्थापनालगायत महत्त्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन् । प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरुपणमा भने सशक्त रुपमा उत्रिन सकेका छैनन् । पार्टीको आन्तरिक विवाद निरुपण गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रुपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन् । तर, अझै मिलनबिन्दु भेटिएको छैन । पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन । नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले…

Read More

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता देखिएको छ । उनीहरु दुबै जना आन्तरिक नियन्त्रणमा छन् । यो समाचार राजधानी दैनिकमा छ ।

Read More

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव…

Read More

काठमाडौं । कोभिडले संकटग्रस्त आर्थिक क्षेत्रको पुनरुत्थान गर्न सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा कोभिडका कारण संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायत क्षेत्र तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको छिट्टै व्यवस्था गर्ने बताइएको हो । आगामी असोजसम्ममा १ तिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने, खोप उत्पादनका लागि नेपालमै…

Read More

काठमाडौँ: चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा एमालेले भोलि (आइतवार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिनका लागि सारिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि भोलिसम्मका लागि अल्टिमेटम दिएको अवस्थामा एमालेको बैठक सरेको हो। नेपाल पक्षको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिसम्मको अल्टिमेटम दिँदै एमाले मिलाउन ओलीले निर्णायक कदम चाल्नुपर्ने बताएको थियो। शनिबार ललितपुरमा आफू पक्षीय जनवर्गीय संगठनको कार्यक्रमलाई पनि सम्बोधन गर्दै नेता नेपालले भोलिसम्म ओलीले निकास नदिए आफूले थप कदम चाल्ने बताएका छन्। नेपाल पक्षको अल्टिमेटमबीच एमालेको बैठक २५ गते दिउँसो ३ बजेसम्मलाई सारिएको हो। पार्टीको विधान मस्यौदा समितिले विधान संसोधनसम्बन्धी काम नसकेकाले बैठक सारिएको बताइएको…

Read More