Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन्। बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक प्रमणमा जान लागेका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी-पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङ, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ लगायत पनि सिन्धुपाल्चोक भ्रमणमा जाँदैछन्। ‘प्रधानमन्त्री ज्यूले बाढी-पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्नुहुनेछ,’ सांसद तामाङले नेपालखबरसँग भने, ‘त्यही कार्यक्रममार्फत् पीडितलाई राहत प्याकेजको पनि घोषणा हुनेछ।’ प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी बसोबाससहितको राहत प्याकेज घोषणा गर्ने तामाङले जानकारी दिए। गएको…
काठमाडौँ: नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कार्यदलका सदस्य ज्ञवालीले हिजोको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताए पनि उक्त खाकाका विषयवस्तुबारे थप खुलाएनन् । उनले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । उनले भने, ‘सौहार्द र सघन वार्ता भएको छ । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’ त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार…
काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से यस साता १७.९० अंकले घटेको छ । नेप्से घटेसँगै यस साता कारोबार रकम पनि १० अर्ब ९० करोड रुपैयाँले घटेको छ । यो साता बजारमा २३ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । साताको पहिलो दिन आइतबार २८४३ अंकमा खुलेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार २८२५.१० अंकमा बन्द भएको छ । अघिल्लो साताको तुलनामा यस साता शेयर कारोबार रकम घटेको छ । गत साता ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर करोबार भएकोमा यस साता १० अर्ब बढीले खुम्चिएर २३ अर्ब २६ करोडमा सीमित भएको हो । यस साताको पहिलो…
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको र हाल प्रदेश १, वाग्मती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको…
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ । सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । उनले भने, ‘आजको बैठकमा सौहार्द र सघन वार्ता भयो । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’ सहमतिको दस्तावेजलाई अन्तिमरुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरि बैठक बस्ने उनले जानकारी दिए । त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै…
काठमाडौँ: कृषि विकास बैंकले शुक्रबारदेखि अनलाईन डिम्याट खाता सहितका धेरै नयाँ सेवा सुचारु गरको छ । बैंकको अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गरे। यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सि.आर.एन, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेश बाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको…
काठमाडौँ: अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ। दूतावासका प्रवक्ता एन्ना रिच एलेनले १५ लाख डोज खोप उपलब्ध गराउनका लागेको बताएकी छिन्। ‘नेपाली जनतालाई लागि अमेरिकाको दशकौं पुरानो प्रतिवद्धताअनुसार र कोभिड १९ संकटमा रहेको नेपाललाई जारी सहयोगको विस्तार अनुसार, हामीले १५ लाख जोनसन एन्ड जोनसनको खोप नेपाललाई सहयोग गर्दैछौं’ एलेनले भनेकी छन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई जीवन रक्षा गर्ने एकल उद्देश्य उपहार हो।’ दूतावासले यस विषयमा थप जानकारी चाँडै उपलब्ध गराउने जनाएको छ। अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीको खोप एक जोड…
काठमाडौं: नेपाल भारत रेल सम्झौता संशोधन भएको छ। भारतको विभिन्न स्थानबाट नेपाली रेल नै प्रयोग गरी कार्गो ढुवानी गर्न पाउने सहमति भएको हो। रेल सम्झौता औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। सम्झौतामा मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर (ट्राफिक ट्रान्सपोर्टेसन) महामहिम सुशान्त कुमार मिश्राले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गरिएको प्रति शुक्रबार आदानप्रदान गरिएको हो । रेल सम्झौता संशोधन पुन १० वर्षपछि संशोधन गरिने सम्झौतामा उल्लेख छ। सम्झौताले नेपाली उद्योगले आयात गर्ने सामाग्री तथा अन्य किसिमका व्यापारलाई सहज हुने सचिव भट्टराईले बताए। सचिव भट्टराईले भने “यो…
काठमाडौँ: राष्ट्रपति कार्यालयले संविधानको प्रावधानअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जवाफ सर्वोच्च अदालतमा पेस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारकाविरुद्ध दायर गरिएको मुद्दामा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारीअनुरुप राष्ट्रपतिद्वारा कार्यसम्पादन भएको तर्क गरेको हो । राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने समेत बताएको छ । संविधानको धारा ६१ को उपधारा (२) मा संविधान र संघीय कानून बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी राष्ट्रपतिलाई रहेको लिखित जवाफमा उल्लेख छ । जवाफमा थप भनिएको छ, ‘राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्न सिलसिलामा…
काठमाडौँ: गृहमन्त्रालयले नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। बिहीबार बसेको बैठकले सहकुल थापालाई एआईजीमा बढुवा गर्दै मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको हो। उनको पदस्थापनसँगै अन्य एआईजीको पनि सरुवा भएको छ। महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पाललाई ७ महिनामै सरुवा गरिएको छ। २०७७ मंसिर २५ गते रानीपोखरी सरुवा भएका पाललाई कार्य विभागमा सरुवा गरिएको छ। निरज बहादुर शाही अपराध अनुसन्धान विभाग र विश्वराज पोख्रेल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको गृहले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रधुम्नकुमार कार्कीलाई ल्याइएको छ।
