Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गृह मन्त्रालयले बुधाबर काठमाडौँ जिल्लाकोसहित केहि जिल्लाकाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। जसमध्ये काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ भने चर्चित ३३ किलो सुन काण्डको अनुशन्धान समितिका संयोजक इश्वरराज पौडेलको भने गृहबात अध्यागमन विभागमा सरुवा गरिएको छ । यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौंको सिडिओको जिम्मेवारीमा ल्याइएको छ। त्यस्तै ओखलढुंगाका जनकराज पन्तलाई चितवन सरुवा गरिएको छ। गृहका प्रेमराज जोशीलाई ललितपुर जिल्लाको सिडिओ बनाइएको छ । ललितपुरका यसघिका सिडियो महादेव पन्थलाई गृह तानिएको छ । यस्तै सरकारले केहि उपसचिवहरुको पनि सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।

Read More

काठमाडौँ: बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।” उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए । त्यसैगरी दुर्गा प्रसाईलाई पनि कारवाहीको माग गर्दै नेपाली काँग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक  स्थगन भएको थियो…

Read More

मिन्स्क: बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ । यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालक दलका सदस्य रहेका छन् । आयोजकका अनुसार सो प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ । यसक्रमा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न…

Read More

काठमाडौँ: इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको चन्द्रागिरि केबलकारको  भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको बताए । भ्रमणका क्रममा मुहम्दलेकम्पनीका अध्यक्ष  ढकाल तथा उनको समुहले निर्माण गरेको परियोजनाले देश विकासमा ठूलो भूमिका खेल्ने भन्दै नेपालको विकासका निम्ति यस्ता धेरै परियोजना निर्माणको आवश्यकता रहेकोले परियोजना निर्माण तथा सफलताको शुभकामना ब्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि…

Read More

काठमाडौ: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंक(एडिबी)का नेपालका देशीय निर्देशक मुखतोर खामुडखानोभबीच उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पुनले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री पुनले तनहु जलविद्युत परियोजना र भुमिगत केवलिङ परियोजना सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए । भेटमा उनले दुधकोशी जलविद्युत आयोजना छिट्टै अगाडी बढाउने गरी काम सुरु भइसकेको जानकारी समेत दिए । दुधकोशी परियोजनामा…

Read More

चितवन : भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ । सो क्रममा अश्रुग्यास, हवाई फायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले १० राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको बताए । सो क्रममा आन्दोलनकारीले ना१६प ९४०७ नंको एउटा मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढासमेत गरेको उनले बताए । झडपका क्रममा तीनजना प्रहरी र…

Read More

काठमाडौँ: सेयर बजारमा आज बुधबार नेप्से परिशूचक संगै कारोबार रकममा पहिरो गएको छ । साताको शुरुवाती दिनमा सुधारको संकेत देखिएको सेयर बजारमा आज बुधबार एकाएक नेप्से परिशुचक संगै कारोबार रकममा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलब ९२ अंकले घटेर १ हजार १९४ दशमलब ३४ अंकमा झरेको छ । जलबिधुत र उत्पादन मूलक समूह बाहेक सबै समूहको परिशूचकमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिशूचक ८० दशमलब २२ अंक र जीवन बिमा २८ दशमलब ०७ अंकले घटेको छ । त्यसैगरी, होटल समूह २० दशमलब ८५ अंकले र बाणिज्य बैंक समूहमा ४ दशमलब २७ अंकको गिरावट…

Read More

काठमाडौँ: निजी विद्यालयमा आफूखुशी वृद्धि भएको शुल्क फिर्ताका लागि कुनै उजुरी नपरेपछि काठमाडौँ महानगरपालिकामा सहमति कार्यान्वयन गरेको छैन । निजी विद्यालयले बढी शुल्क लिएको निवेदन नआएपछि गत वैशाखमा भएको सहमतिअनुरुप काम हुन नसकेको हो । गत वैशाख २२ गते केन्द्र सरकार, स्थानीय तह र विद्यार्थी संगठनको सयुक्त बैठकले निजी विद्यालयले विद्यार्थी भर्ना र अन्य गतिविधिका लागि भन्दै निजी विद्यालयले असुल गर्ने गरेको बढी रकम फिर्ता गर्ने निर्णय गरेको थियो । निर्णयअनुरुप काम गर्नका लागि विद्यार्थी र अभिभावक कसैले पनि उजुरी गरेका छैनन् बिना उजुरी कसरी कारवाही गर्ने मिल्दैन कामपाका शिक्षा विभागका प्रमुख प्रह्लाद अर्यालले भने । सम्बन्ध भएका निकायबाट उजुरी…

Read More

काठमाडौँ: नेपाल आयल निगमले लकिङ प्रणाली जडान नगरेका ट्याङ्करहरुको तेल ढुवानी साउन एक गतेदेखि बन्द गरेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)को टोलीसँगको सहकार्यमा लामो अध्ययनपछि नेपालमा पनि यो प्रणाली लागू गरिएको हो । आईओसीको विभिन्न डिपोदेखि तेल भरेर नेपाल आयल निगमका सबै डिपोमा आउने ट्याङ्करहरुमा यो प्रणाली लागू भईसकेको निगमका प्रबक्ता बिरेन्द्र गोइतले जानकारी दिए । उनले भने- यो प्रणाली आईओसीका सबै डिपोदेखि तेल भरेर नेपाल आयल निगमका डिपोमा तेल ढुवानी गर्ने ट्याङ्करहरुमा लागू भईसकेको हुनाले यो प्रणाली जडान नगरेका ट्याङ्करहरुलाई साउन एक गतेदेखि तेल ढुवानीमा रोक लगाएका छौ । निगमले पहिलेदेखिनै सबै ट्याङ्करहरुलाई लकिङ प्रणाली जडान गर्न आग्रह…

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गरे । उहाँले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे । अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष…

Read More