Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
- माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा म्युचुअल फण्डमध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । धितोपत्र बजारमा कारोबार भइरहेका ती फण्ड अन्य संस्था वा कम्पनीको जस्तै खराब अवस्थामा रहेका छन् । अधिकांश म्युचुअल फण्डको अवस्था आधारभूत मूल्यभन्दा तल रहेका कारण लगानीकर्ताले नाफा पाउने अवस्थासमेत कमजोर बन्न पुगेको छ । स्टकको पछिल्लो बिहीबारको विवरणलाई हेर्ने हो भने कूल १३ मध्ये चार वटा म्युचुअल फण्ड मात्रै आधारभूत मूल्यभन्दा माथि रहेको छ । नौ वटा त्यस्ता सामूहिक लगानीका लागि स्टकमा सूचीकृत म्युचुअल फण्ड भने आधारभूत मूल्यभन्दा तल रहेका छन् । म्युचुअल फण्डको आधारभूत मूल्य प्रतिएकाइ १० रुपैयाँ हुने…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए । नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “विमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्र्छौं ।” प्रधानमन्त्री ओलीले उद्यमी र…
जुफाल, डोल्पा : केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताए । “अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुश्किलले जम्मा १०÷१२ वटासम्म उडान हुन्छ” उहाँले भन्नुभयो । “हवाई उडान अनियमित हुनुमा बिग्रदो मौसम नै हो” उनले भने । मौसमकै कारणले…
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताए । ‘‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौँ’’, उनले भने । छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण…
मस्को: रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए ।
रत्ननगर:चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढमुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । उनका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिए । राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा…
काठमाडौँ: देशभर समयमा नियमित वर्षा हुँदा साउन १७ गते सम्म लगभग ९० प्रतिशत रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ८९ दशमलब ७२ प्रतिशत भएको जनाएको छ । साउन १७ गते सम्म१३ लाख ९२ हजार ९५२ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ । समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए । उनले भने- ‘देशभर रोपाई राम्रैसंगै चलिरहेको छ । मध्य साउन सम्म ९० प्रतिशत रोपाई हुनु धेरै राम्रो हो ।…
काठमाडौँ: यो सात सेयरबजारमा ठुलो उतारचढाब आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब ५१ अंकले घटेर अन्तिम दिन १ हजार १९१ दशमलब ३१ अंकमा झरेको छ । यस साता निर्जीवन बीमा, जीवन बीमा, होटल, समूहको परिसूचकमा भारी गिरावट आएको छ भने बाणिज्य बैंक, उत्पादन मूलक समूहमा सामान्य सुधार आएको छ । सबै भन्दा बढी निर्जीवन बीमा समूहको ६४ दशमलब ६३ अंक, जीवन बीमा ४५ दशमलब ३४ अंक र होटल समूह १८ दशमलब १७ अंकले घटेको छ । बाणिज्य समूह र उत्पादन मूलक सामुहको परिसूचकमा क्रमश: २ दशमलब ०७ अंक र २ दशमलब ३३ अंक वृद्धि भएको…
रत्ननगर:चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ । पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो । पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि साउन…
काठमाडौँ: मन्त्रिपरिषद्को आजको बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी एशियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग सुधारका निम्ति प्राप्त हुने १८० मिलियन सहुलियतपूर्ण ऋणका लागि पनि वार्ताटोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । उखु किसानलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय बैठकले गरेको छ । केन्द्रीय कानून पुस्तकालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने, स्थानीय निर्वाचनका क्रममा…