Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैकले रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ३ स्थित सांघुटारमा आफ्नो २०५ औं शाखा कार्यालय खोलेको छ । उक्त शाखाको प्रदेश न.३ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय कैलाश ढुङ्गेलले बुधबार एक समारोहका बीच शाखा कार्यालय समुद्घाटन गरे । कार्यक्रममा बोल्दै ढुङ्गेलले स्थानीय जनताहरुले बैंकबाट कारोबार गरी व्यवसायिकमुखी किसिमले कृषि उत्पादन गरेर फाइदा लिनु सक्नु पर्ने बताए । रामेछाप क्षेत्र न.१ख का प्रदेश सभा सांसद माननीय शान्तिप्रसाद पौडेल, पूर्व सासंद रामहरि खतिवडा, बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल, स्थानीय समाजसेवी बद्रिदास भौकाजी, राजनीतिकदलका प्रतिनिधि लवश्री न्यौपाने, रामेछाप उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष केसब घिमिरे, रामेछाप न.पा. वडा…
काठमाडौँ: केहि दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक संगै कारोबारमा समेत बृद्दि भएको छ । नेप्से परिसूचक दुई दशमलब ४० अंकले बढेर १ हजार १९३ दशमलब ८७ अंकमा उक्लेको छ । नेप्से परिसूचक सोमबार शुन्य दशमलब ०७ अंक र मंगलबार २ दशमलब ९१ अंकले घटेको थियो । आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा ३२ दशमलब ४१ अंक, जीवन बीमा समुहको परिसूचक २८ दशमलब ८४ अंक र होटल ११ दशमलब २५ अंकले बढेको छ । त्यसैगरी, पूँजी बजारको सबैभन्दा बढी हिस्सा ओगटेको बाणिज्य बैंक समूहको परिसूचक २ दशमलब ८१ अंकले बढेको छ…
काठमाडौँ: नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ । नेदरल्यान्डस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्यान्डले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । तीन ओभरको खेल सकिदासम्म एक वीकेटको क्षतिमा नेदरल्याण्डले दश रन बनाएको छ । नेदरल्यान्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह…
म्याग्दी: बेनीमा ठगी गर्नेहरुको एक गिरोहले करोडौं रुपैयाँ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने त्यस गिरोहबाट करोडौं रकम डुबेपछि आर्थिक विचलन र समाजमा अपराधको जोखिमसमेत बढेको छ । सापटी दिएको पैसा वर्षौंसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायिक समिति, सामुदायिक प्रहरी र कानून व्यवसायी कहाँ धाउन थालेका छन् । धेरै ब्याज पाउने आशा र मिठो बोलीबाट प्रभावित भएर दिएको पैसा फिर्ता नपाएपछि पीडितहरु उजुरी र गुनासो गर्न आउन थालेका बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताए । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहेकी उपप्रमुख बरुवालले ठगीसम्बन्धी एउटा उजुरी परेको र झण्डै दुई दर्जन पीडित सम्र्पकमा आएको बताए…
काठमाडौँ: प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ । यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा जुगलले सो विधानलाई अन्तिमरुप दिएको आज जारी विज्ञप्तिमा जनाइएको छ । संगठनले अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ । विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित दुई सय २५, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित एक…
काठमाडौँ: ग्लोबल कीटेक्नोलोजीको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ । रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रिकको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको हो । रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् । मोबाईल र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जति पनि मूल्यका मोबाईल शुन्य प्रतिशत…
काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको छ । यो व्यवस्था आजदेखि लागू भएर आगामी कात्तिक १४ गतेसम्म कायम रहने छ । प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरु आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविश्यमा युएई आउँदा…
वीरगञ्ज: बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम अत्यधिक वर्षापछि हालसम्म १५ किलोमिटर क्षेत्रमा मात्र सम्पन्न भएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम शुरु भएको हो । सत्तरी किलोमिटर लम्बाइ भएको सो पाइपलाइन दुई अर्ब ७५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । भारतको दुई अर्ब…
काठमाडौँ: नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने छ । टेलिकमले ५०, १००, २००, ५०० र १००० रुपैयाँ दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड…
काठमाडौँ: माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबारबाट आइपीओ खुला गरेको छ । स्थानीयबासीले यो आइपीओ भदौ १४ गतेसम्म भर्न सक्ने आयोजनले जनाएको छ । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल हो । स्थानीय बासिन्दालाई १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । आयोजना प्रभावित दोलखाका स्थानीयलाई १० प्रतिशत सेयर छुट्याएको छ । स्थानीयलाई सेयर बिक्री गरिपछि सर्वसाधारणमा खुला गर्ने आयोजनाको कार्ययोजना रहेको छ । यस आइपीओमा काठमाडौंबाट पनि आवेदन दिन मिल्नेछ । विदेशबाट समेत भर्न सकिने व्यवस्था गरिएको आयोजनाले जनाएको छ । दोलखाका स्थानीयलाई…