Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा हालसम्म तीन जनाको ज्यान गएको छ भने करोडौंको धनमालमा क्षेती पुर्याएको छ । हेर्नुहोस १४ तस्बिरमा बाढीले भक्तपुर र काभ्रेवासी दिएको दु:ख । तस्बिर: रासस

Read More

काठमाडौँ: अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा खासै मानवीय क्षेती नगराए पनि करोडौंको धनमालमा क्षेती पुर्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजाराँै बासिन्दा बिचल्लीमा परेका छन् । राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो । डुबानबाट अथाह क्षति हनुमन्तेको बाढी…

Read More

काठमाडौँ: मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५…

Read More

काठमाडौँ: सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक बिहीबार संसदमा पेश गर्ने भएको छ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक फेरि पेश गर्न लागिएको छ । राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसदमा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले विधेयक पेश गरेका थिए । अघिल्लो संसदको अन्तिम बैठक ०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो निष्क्रिय भएको थियो । शेरबहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ०७४ कात्तिक २४ मा अध्यादेश जारी गरेकी थिइन् । संघीय संसदको पहिलो अधिवेशनमा प्रतिस्थापन विधेयक पेश गर्न नसकेपछि केपी…

Read More

काठमाडौँ: नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो । अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैगा लिएर साँझ ६ः२० बजे फर्किनेछ । गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विवभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौँ: रात भरीको अविरल वर्षाका कारण राजधानीका विभिन्न ठाउंका वस्तीहरु डुवानमा परेका छन् ।विशेषगरी भक्तपुरको बलकोट, गठाघर, लोहकन्थली जस्ता ठाउँहरु डुबानमा परेका छन् । स्थानीय राम काफ्लेका अनुसार तल्लो बस्तुमा रहेका घरहरका भुँइ तले घरहरु डुबानमा परेका छन् । वस्तीमा पानी छिरेपछि स्थानीय बिहानदेखि घरका सामानहरु तह लगाउन ब्यस्त रहेको उनले बताए । वस्तीमा पसेको पानी बाहिर फाल्न पनि सडकबाटै पानी निरन्तर बगिरहेकोले समस्या भएको उनले बताए ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताउनुभयो । मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुधारका लागि भन्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्था ऐन २०७३ लाई आवश्यक संशोधन गर्ने जनाइएको छ । त्यसैगरी पूर्वाधार विकास बैंकको स्थापना र सञ्चालनको लागि आवश्यक नियमन, निरीक्षण र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था तर्जुमा गरिने कुरा मौद्रिक नीतिमा उल्लेख छ । सरकारले आगामी…

Read More

काठमाडौँ: दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुरु भएको प्रतिवेदन तयार पारेको छ । कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको…

Read More

काठमाडौँ: विश्वकप फुटबल इतिहाँसकै पहिलो पटक क्रोएसियाले इङ्ग्ल्याण्डलाई २-१ ले गोल अन्तरले पराजित गर्दै २१ औं संस्करणको फाइनलमा पुग्न सफल भएको छ । फाइनलमा पुर्याउन क्रोएसियाका म्यान्जुकी र पेरिसिकले एक एक गोलको योगदान गरे । यद्यपी खेलको पहिलो हाफको ५ औं मिनेटमा भने इङ्ग्ल्याण्डले अग्रता कायम गरेको थियो । गयराती लुज्नेकी खेल मैदानमा खेलाइएको दोश्रो सेमिफाइनल खेलमा क्रोएसियाले खेलको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलाई हारको बाटो देखाएका थिए । इंग्ल्याण्डका लागि किरण ट्रिपरलको सानदार फ्रीकिक मार्फत पहिलो अग्रता कायम गरेको थियो ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी जतिसक्दो चाँडो पुर्न निर्देशन दिएका छन् । चाबहिल–बौद्ध–जोरपार्टी, कलंकी–थानकोटलगायत सडकको अवस्था र सार्वजनिक यातायात क्षेत्रको केही समय अघिसम्म कायम रहेको सिण्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने विषयमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव लगायतलाई बोलाएर ती समस्या तत्काल समाधान गर्न आज निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सार्वजनिक यातायातलाई भरपर्दाे, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला, अपाङ्गलगायतलाई प्रदान गरिने आरक्षण सीट सुविधाको उपभोगलाई सहज बनाउनसमेत निर्देशन दिएका…

Read More