Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए । तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म चिनियाँ कम्पनीलाई बोलाउने निर्णय गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । पश्चिम सेती आयोजना बनाउन चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कम्पनी सीटीजीआई) को सहायक कम्पनी सिडडब्लुई इन्भेस्टमृन्ट कर्पोरेसनले चासो दिँदै आएको छ । बोर्डको बैठकले यही कम्पनीलाई लगानी गर्न आग्रह गर्ने…
काठमाडौँ: संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् । प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ । आव २०७४÷७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए । साउन १ देखि सुरु भएको आव २०७५÷७६ बाट हरेक प्रदेशका नागरिकले एकै प्रकृतिको सवारीसाधन प्रयोग गरेबापत भिन्दाभिन्दै दरमा वार्षिक कर तिर्नुपर्ने भएको छ ।, आजको कारोवार दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।
काठमाडौं: सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ । यसअघि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजर कर्मचारी आवश्यक पर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेको थियो । मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीका अनुसार संघमा विभाग र कार्यालयको संख्या बढेकाले कर्मचारी पनि १५ हजारले बढाउन लागिएको हो ।
दमक: चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदी तटबन्धका लागि प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन् । चिनियाँ प्राविधिक याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले आजदेखि सर्वेक्षण शुरु गरेका हुन् । टोलीमा केही पूर्वाधार विज्ञ छन् भने अरु प्राविधिक हुन् । टोलीले झापाको मावा, रतुवा, कमलबनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको तठबन्धका लागि काम गर्ने छ । टोलीले पहिलो दिन आज झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका मुख्य सबै नदी नियन्त्रण गर्न गुरुयोजना बनाउने उद्देश्यले चिनिया प्राविधिक टोलीले स्थलगत अध्ययन शुरु गरेको हो । ती नदीहरूको…
काठमाडौँ: सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ । बैंकद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा दुई खेलाडीलाई सद्भावना दूत घोषणा गरिएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले कप्तान खड्कालाई ब्याट र मालीलाई बल हस्तान्तरण गरे । नेपालकै कान्छो वाणिज्य बैंक सेन्चुरीले नेपालका दुई ‘सुपरस्टार’लाई संस्थासँग आबद्ध गराउन पाउँदा संस्थाको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास प्रकट गरेको छ । एक दिवसीय मान्यता पाएपछि पहिलो खेल खेल्न बिहीबार इंग्ल्याण्ड जान लाग्नुभएका कप्तान खड्काले खेलकूद क्षेत्रको विकासमा व्यावसायिक प्रतिष्ठानको समर्थन ठूलो महत्वको हुने बताए । नेपाली…
सुर्खेत: रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप सिस्ने–धौलापैरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार तीन महिला र चार पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका ३१ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, २२ वर्षीय किरण पुन, वडा नं १२ का २८ वर्षीया तिर्सना तुलाचन, वडा नं १४ का ३० वर्षीया छालना बर्मा, भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन विक…
काठमाडौं: डा गोविन्द केसीको अनशनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सेवा बन्दको घोषणा गरेको हो । संघले पत्रकार सम्मेलन पछि जारी गरेको बिज्ञप्ति भनिएको छ, ‘आज आमरण अनसनको १९ औं दिनसम्म पनि नेपाल सरकारले गम्भिरता प्रदर्शन नगर्नु, डा. के.सी.ले उठाएका जायज मागहरुका सम्बन्धमा कुनै पनि ठोस कदम अगाडी नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देशभर देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि मिति २०७५ साउन ३…
काठमाडौं: प्राइम लाइफ इन्स्योरेन्सको नयाँ सीइओमा मनोज कुमार भट्टराई पुन नियुक्त भएका छन् । भट्टराईले मंगलबारदेखि नै आगामी ४ वर्षका लागि पुनः सीइओको जिम्मेवारी सम्हालेका हुन् । प्राइमको असार ४ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई पुनः नियुक्ति दिने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णलाई बीमा समितिले पनि मंगलबार स्वीकृति दिएको हो ।
काठमाडौं: लगानी बोर्डले नेपालमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजना सञ्चालन गर्न २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । डोल्मा फन्ड म्यानेजमेन्टलाई २० करोड अमेरिकी डलरको वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डले अनुमति दिएको हो । लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री के.पी ओलीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै, बैठकले पश्चिम सेती जलविद्युत परियोजना शीघ्र कार्यान्वयनका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनसँग थप छलफल गरी दुई महिनाभित्र निष्कर्षमा पुगिने निर्णय गरिएको छ । अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समन्वय गरी यो काम अघि बढाइने छ ।
काठमाडौँ: पुनर्वहाली भएर मंगलबारदेखि नेपाल स्टक एक्सचेन्ज कर्यायमा हाजिर हुन पुगेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर हुनबाट नेप्से सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेले रोकेका छन् । सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर काममा फर्किएका साउदलाई न्यौपानेले हाजिर गर्न आजबाट रोकेका हुन् । यसैगरी नेप्से साइटमा प्राविधिक समस्या उत्पन्न भएको छ । यो समस्या समाधान गर्न काम गरिरहेका नेप्सेका आइटी प्रमुख निरञ्जन सिंह नायकलाई पनि अध्यक्ष न्यौपानेले हप्कीदप्की गरेका छन् । जसका कारण सेयर कारोबार हुनै सकेको छैन । उता, साउदलाई हटाएर अर्थ मन्त्रालयबाट सीइओको जिम्मेवारी पाएका रमेश अर्याल पनि नेप्सेमै हाजिर भएका छन् । अर्थ मन्त्रालयको आदेशमा अर्याल मन नपरीनपरी…