Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
इस्लामाबाद: पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा आज सार्वजनिक गरेको छ । मतगणनाको परिणाम अनुसार पूर्व क्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन । बुधबार भएको निर्वाचनको मतगणनामा ढिलाई भएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला निर्वाचन आयोगले अन्तिम परिणाम आज सार्वजनिक गरेको हो । प्राप्त विवरण अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसदमा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्यहरु…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक मेगा सिटी तथा देशभरिमा कम्तीमा ५० स्मार्ट सिटीको माग गरिएको छ । प्रधानमन्त्रीसमक्ष माग प्रस्तुत गर्ने क्रममा संयोजक ब्याञ्जुले कर्मचारी समायोजन ऐन २०७४ जारी भए पनि सरकारले कार्यान्वयन नगरेकाले स्थानीय तहलाई सेवा व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । ध्यानाकर्षणपत्रमा भनिएको छ, “गएको वर्ष चैत २८ गतेसम्ममा स्थानीय…
काठमाडौँ: कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका प्राध्यापकहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गर्दै आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । विश्वविद्यालय सभाले १० आंगिक कलेजको स्थापना गर्ने निर्णय पारित गरेपनि हालसम्म जम्मा चार वटामात्र आंगिक कलेज स्थापना भएको अवस्थामा विश्वविद्यालय स्थापनाको उद्देश्यको मर्मविपरित निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको भन्दै सम्बन्धन खारेजीको माग गरिएको प्रतिनिधिमण्डलका सदस्य होमनाथ गिरीले बताए । ज्ञापनपत्रमा अन्य विश्वविद्यालयले समेत कृषि विज्ञान विषयमा निजी सम्बन्धनको प्रक्रिया अगाडि बढाएको हुँदा देशमा कृषि जनशक्तिको गुणस्तर ह्रास एवं माग र आपूर्तिमा असन्तुलन हुने भएकाले कृषि जनशक्तिको मागको…
रसुवा: टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पु¥याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो । हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ । दैनिक रु एक करोडभन्दा बढी राजश्व आर्जन हुने नेपालको उत्तरी नाकाबाट सामानआयात निर्यात गराउने पुल जोखिममा परेपछि केरुङतर्फ गएका सयाँै ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर…
न्यूयोर्क: ट्वन्टी–फस्ट सेन्चुरी फक्स इन्टरटेनमेन्ट अधिग्रहण गर्न डिस्नेको ७१ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई सेयरधनीहरुले मन्जुरी दिएका छन् । यो मन्जुरीसँगै डिस्नेले फक्स खरिद गर्ने प्रक्रिया एक कदम अघि बढेको छ । यो खरिदबाट मार्भेलको एक्स–मीन र एभेन्जर्सको मताधिकार हासिल हुनेछ र डिजिटल स्ट्रिमिङमा मनोरञ्जनको विशाल भण्डार उपलब्ध हुनेछ । सेयरधनीहरुले यो प्रक्रियाका बारेमा डिसेम्बर २०१७ देखि नै सुन्दै आएका थिए । अर्को कम्पनी कम्कास्टले पनि बोलकबोलमा प्रतिस्पर्धा गरिरहेको थियो, र गत सातामात्र यसले युरोपेली पे–टिभी अपरेटर स्काई खरिद गर्ने प्रयत्नमा आफूलाई केन्द्रित गरेको थियो । फक्ससँगको यो सौदाबाजीले अमेजन र नेटफ्लिक्स जस्ता प्रविधिमा महारथ हासिल गरिरहेका खेलाडीहरुसँग प्रतिस्पर्धा…
काठमाडौं: पश्चिम सेती आयोजना बनाउने भनेर काममा आलटाल गरिरहेको चिनियाँ कम्पनी ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’लाई सरकारले अन्तिम मौका दिने भएको छ । २०६८ सालमा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न शर्त राख्दै अझसम्म आयोजना निर्माणको सुरसार गरेको छैन । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ । थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले अन्तिमपटक वार्ता गर्ने तयारी गरेको छ । ‘वार्ताका लागि उच्च तहका अधिकारी सम्मिलित टोली पठाउन पत्र लेखेका छौँ’ बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ‘वार्ता गरी अन्योल चिर्न चाहन्छौँ।’ ७५० मेगावाटको आयोजना निर्माणका लागि बोर्डले थ्री गर्जेजसँग समन्वय गरिरहेको छ । बोर्डले ५००…
काठमाडौँ: सरकारले चिकित्सा शिक्षासम्बन्धि न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिम कारवाही प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने डा. केसीसंग सहमति गरेको छ । आमरण अनशनका क्रममा केसीले मेदिला कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिततामा दोषी ठहरिएकालाई कारवाही गर्नुपर्ने चौथो बुंदामा माग राखेका थिए । आयोगले छानबिन क्रममा विभिन्न अभिलेखको अध्ययन, स्थलगत निरीक्षण, छलफल, अन्तर्रक्रियार सम्बन्धित क्षेत्रका विज्ञको परामर्श लिएको थियो । मेडिकल शिक्षामा विभिन्न अनियमितता भएको भन्दै विसंगतीविरुद्ध अनशन बसेका केसीसंग गरेको सम्झौता अनुसार सरकारले २०७४ बैशाख ४ गते राजपत्रमा सूचना निकाली चिकित्सा शिक्षासम्बन्धि जाँचबुझ आयोग गठन गरेको थियो । बिशेष अदालतका पूर्वअध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा…
चितवन: इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहँु भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडाँैका ३० वर्षीय रवीन गुरुङ, तनहँु केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् । यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा,…
भक्तपुर: महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध कारोवारीसहित विभिन्न घटनामा संलग्न ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा घटनामा संलग्न ओरोपीलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले लागुऔषध बिक्री वितरण गर्ने र किन्नेलाई पक्राउ गरेको बताउनुभयो । पक्राउपर्नेमा भक्तपुर नगरपालिका–५ बस्ने ५४ वर्षीय चन्द्रबहादुर द्यौला, २१ वर्षीया श्याम किलम्बु, सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय दीपेश सुकुभुटु, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–७ च्यामासिंह बस्ने २२ वर्षीय कृष्णबहादुर मगर, काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ रानीकोट घर भई हाल सूर्यविनायक चोक बस्ने ३१ वर्षीय प्रेम तामाङ रहेका छन् । प्रहरीले भक्तपुर नगरपालिका–५ अरनिको सभाहलसँगै रहेको जगन्नाथ…
काठमाडौँ: भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल सरकारलाई पुनर्भुक्तानी भएको हो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पुरीले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल र उनका नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट नयाँ उचाइमा पुगेको बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’…