Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक शुन्य दशमलब ०२ अंकले घटेर १ हजार २२४ दशमलब ३९ अंकमा पुगेको छ । आजको कारोबारमा बाणिज्य बैंक, होटल, उत्पादनमूलक र अन्य समूहको परिसूचकमा वृद्धि भएपनि ब्यापार, विकास बैंक, जलबिधुत, बिमा तथा लघुवित्त समूहमा धरै गिरावट हुँदा नेप्से परिसूचकमा गिरावट आएको हो । बाणिज्य बैंक समूहको परिसूचक २ दशमलब ३३ अंकले, होटल ४१ दशमलब ९९ अंकले, उत्पादनमूलक समूह ३० दशमलब ९५ अंकले र अन्य समूह १ दशमलब ३५ अंकले बढेको छ । ब्यापार समूहको परिसूचक २ दशमलब ७९ अंकले, विकास बैंक २ दशमलब…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पद खारेजीको पत्र थमाएपछी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) युवराज भुसालले आनो साँध ८ महिने कार्याकाल पूर्णरुपमा सफल र परिणाममुखी रहेको उल्लेख गरेका छन् । खारेजीको पद प्राप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा आइतबार भुसालले भने नयाँ सरकार बनेपछि पनि आफूलाई झन्डै ५ महिना काम गर्न सहज वातावरण बनाइदिएकोमा धन्यवाद छ । अवकासप्राप्त भुसालले पदमुक्त गरिएको पत्र दिँदा ओली सरकारले धन्यवाद समेत नदिएको गुनासो गरे । आफुलाई नियुक्त गर्ने अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएकोमा समेत धन्यवाद दिए । उनले सरकारले आफूलाई लक्षित गरि पदमुक्त गरेको नभई…
काठमाडौं: नेपाल प्रेस युनियनले केपी ओली नेतृत्वको सरकारले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले विभिन्न संचार संस्थामा नियुक्त गरेकाहरुलाई हटाएको भन्दै आइतबार विरोध जनाएको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ ओली सरकारको सो निर्णय तत्काल फिर्ता लिइ पूर्ववत रुपमा काममा फर्काउन सरकारसँग माग गर्छौं।” ओली सरकारको निर्णयअनुसार गोरखापत्र ;(गोप) संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्यहरु विमला भण्डारी र गोविन्द कोइराला, नेपाल टेलिभिजन संचालक समिति सदस्यका रुपमा ट्रेड युनियनका प्रतिनिधि गोविन्द धिताल, राष्ट्रिय समाचार समितिमा कर्मचारी प्रतिनिधिका रुपमा संचालक समिति सदस्य एकराज पाठक सहित अन्य संचार सम्वद्ध…
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय उत्पादन सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका तालीम सञ्चालन एवं प्रविधि हस्तान्तरण गर्ने कार्य भइरहेको तथा चिया, कफी अलैँची, अदुवाजस्ता निर्यातजन्य वस्तुलाई प्रवद्र्धन गरिने बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत उद्योगी वाणिज्यका क्षेत्रका संस्थाका संस्थासँग सहकार्य गरिरहेको र आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन गर्ने तयारी गरिएको मन्त्री यादवले जानकारी दिए । रुग्ण उद्योगको पुनःस्थापना र अन्य उद्योगलाई सञ्चालनका लागि नियमित छलफल भइरहेको…
काठमाडौँ: टेलिभिजन प्रसारक संस्था डिसहोमका अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । डिसहोम सञ्चालक बोर्ड बैठकले अध्यक्षमा ढकाल र प्रबन्ध निर्देशकमा सुदीप आचार्यलाई नियुक्त गरेको छ । अध्यक्ष ढकाल यसअघि सञ्चालक सदस्य तथा प्रबन्ध निर्देशक आचार्य यसअघि डिसहोमका प्रमुख कार्यकारी अधिकृत थिए । संयुक्त राज्य अमेरिकाको आरकान्सा विश्वविद्यालयबाट इण्डष्ट्रियल इञ्जिनीयरिङ अध्ययन गरेका आचार्यसँग अमेरिकाकै विभिन्न कम्पनीमा काम गरेको अनुभव छ । प्रबन्ध निर्देशक आचार्यले आफ्नो जिम्मेवारी बढेसँगै डिसहोमलाई सेवाग्राहीबीच थप विश्वसनीय र प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिए । मुलुकका विकट बस्तीसम्म सेवा प्रदान गर्दै आएको डिसहोमले पछिल्लो समय विभिन्न विषयका छुट्टाछुट्टै टेलिभिजन च्यानलसमेत सञ्चालन गरिरहेको छ ।
काठमाडौँ: चालू आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी हुँदा सम्म पुँजीगत बजेट खर्चको अवस्था झनै निराशाजनक रहेको छ । असार २३ गतेसम्म पुँजीगत खर्च जम्मा ५७ प्रतिशत रहेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालू आर्थिक वर्षको असार २३ गते सम्म सरकारले एक खर्ब ९२ अर्ब ४७ करोड पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि पुँजीगत खर्च तर्फ ३ खर्ब ३५ अर्ब बजेट बिनियोजन गरिएको थियो । सरकारले पुँजीगत बजेट खर्चमा सुधार गर्न समयमा बजेट ल्याए पनि अपेक्षीत रुपमा खर्च हुन नसक्दा बिकासका कामहरु अघि बढ्न सकेको छैन । अर्थ मन्त्रालयले समयमा बजेट निकाशा…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे । उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पु¥याएको थियो । क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा…
काठमाडौँ: मौसमविदहरुका अनुसार गएराति देखि भइरहेकाे वर्षा अवको तीन दिनसम्म जारी रहने जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेकाे छ। पूर्वको तुलनामा पश्चिम क्षेत्रका धेरै ठाउँमा आइतबार भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताए । बंगालको खाडीसँगै अरबसागरमा ठूलो मात्रामा जलवाष्प पूर्वबाट नेपाल छिरेको र अबका तीन दिनसम्म निरन्तर वर्षा हुने उनको अनुमान रहेको छ । ‘गत हप्तादेखि केही निस्क्रिय भएको मनसुन आइतबारदेखि फेरि सक्रिय हुन थालेको छ,’ मौसमविद् पौडेलले भने, ‘अहिले देशैभरि बदली भएको छ। यसले गर्दा मध्यमदेखि भारी वर्षा हुने संभावना छ।’ बाढीपहिरो जाने क्षेत्रमा बसोबास गरेका…
टोकियो, जापान: (एएफपी): जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् । जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन् । दशौँलाख मानिसलाई सजग रहन भनिएको छ । विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन् । जापानको क्योडो समाचार संस्थाका…
चितवन: नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो । गैँडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैँडाको रेखदेख राम्रो हुने भएकोे छ । गैँडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै यहाँ आइसकेको छ…