Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: शुभम् पावर लिमिटेडले जारी गरेको दुई लाख कित्ता साधारण सेयर (आइपिओ) मा आवेदन दिने आइतबार अन्तिम रहेको छ । लिमिटेडले जेठ २० गतेदेखि संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि १०० रुपैयाँ दरको दुई लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ । स्थानीयले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले शुभम् पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सक्नेछन् । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाइनेछ । एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि…
सुर्खेत: कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा ९८ करोड रुपैयाँ छुट्याइएको भएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए । उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको जनाए । “कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ । त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ”, मन्त्री बुढाले भने । जुन कुरालाई…
नेपालगन्ज: आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन शनिबार नेपालगंजस्थित सोल्टी होटलमा मनाएका छन् । होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ आंै जन्मदिनको शुभकामना र बधाई दिएका थिए । आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज आएका थिए । आप्mनो जन्मदिनको अवसरमा पूर्व राजा शाह आज बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर जानु भई पूजाअर्चना पनि गरेका थिए ।
काठमाडौँ: सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए । यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित भएका छन् ।
काठमाडौँ: जारी विश्वकप फुटबलको दोश्रो क्वाटरफाइनल खेलमा क्रोएसियाले आयोजक राष्ट्र रुसलाई पेनाल्टि सुटआउटमा ४-३ गोलले हराउंदै सेमिफाइनल प्रवेश गरेको छ । खेल निश्चित समयसम्म दुई दुईको गोल भएपछी खेल पेनाल्टि सुटाउटमा धकेलिएको थियो । रसियाले खेलको मध्यान्तरअघि चेरिसेभको ३१ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो भने त्यसको लगत्तै ३७ मिनेटमा क्रोएसियाका क्रामारिकले बराबरी गोल फर्काएका थिए । त्यसपछि अर्को दोश्रो गोल्ड क्रोयसियाका भिडाले १०१ औं मिनेटमा र रसियाका फ़ेर्ननडेजले ११५ मिनेट पुनः दुइ दुइ गोलको बराबरी गरेपछि खेल पेनाल्टिसुटाउट पुगेको थियो । सेमिफाइनल खेलहरु मंगलबार हुनेछन् ।
काठमाडौँ: बिश्वकप फुटबलको क्वाटरफाइनलको आज भएको तेश्रो खेलमा इङ्ल्याण्डले स्वीडेनलाई २-० हराउंदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । यो जित संगै इङ्ल्याण्ड २८ वर्ष पछि बिश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । इङ्ल्याण्डका हेरी मक्वारीले पहिलो हाफको ३० औं मिनेटमा स्वीडेन बिरुद्ध गरेको गोलले अग्रता दिलाएका थिए भने दोश्रो हाफको ५८ औं मिनेटमा डेलीअलिले गरेको गोलले इङ्ल्याण्डलाई जितको सुनिश्चित गराएका थिए । स्वीडेनले आक्रामक रुपमा खेल खेलेपनि कुनै गोल गर्न नसक्दा क्वाटरफाइनलबाट बाहिरिनु परेको थियो । यो जितसंगै उसको भेट आजै राति हुने रशिया र क्रोयोसियाबीच हुने खेलको बिजेतासंग हुनेछ ।
काठमाडौँ : नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को मूल्य बढाउने प्रस्ताव भारतीय पक्षले गरेको थियो । भारतले २० प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अस्वीकार गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नेपालले हाल खरिद गरिरहेको विद्युत्को मूल्य…
काठमाडौँ : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एकिकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा समेत सहकारीले योगदान दिनुपर्ने बताएका छन् । उनले नेपालका अधिकांश भूमी खण्डिकरण र टुक्रा टुक्रा अवस्थामा रहेका कारण कृषि उत्पादनमा चुनौती रहेको बताए । उनले ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवस र २५ औं राष्ट्रिय सहकारी सहकारी महासंघ दिवसको अवसरमा बोल्दै जमिन खण्डिकरणको समस्याका कारण कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न समस्या आइरहेको बताए । पत्येक बर्ष जुलाईको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यसै अवसरमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय…
काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ । वाइड बडी विमानले पहिलो गन्तव्यको रुपमा हाल उडान गरिरहेको दोहा, भारतको बैंगलोर र थाइल्याण्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भरिनेछ । प्रवक्ता श्रेष्ठका…
काठमाडौँ: डलर संग नेपाली रुपैयाँ कमजोर हुँदा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा सुनको मूल्य बढ्न गएको छ । विगत एकमहिनामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स १०० डलरले घटेको छ तर स्थानीय बजारमा प्रतितोला सुनको मूल्य एक हजार ५०० देखि दुई हजार रुपैयाँ बढी पर्न गएको सुन ब्यावसायी तेज रत्न शाक्यले बताए । एक महिनामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स एक हजार ३५० डलर बाट घटेर एक हजार २५५ डलर पुगेको छ । उनले भने -‘नेपाली रुपैयाँ कमाजोर हुँदा हाम्रो लागत बढी पर्न जान्छ । हामीले एक डलरको लागि धेरै नेपाली रुपैयाँ खर्च गर्नु पर्ने भएकोले स्थानीय…