काठमाडौँ: सरकारले नयाँ बजेटमार्फत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लगाउने निर्णय गरेपनि नेपाल टेलिकमले केहि सेवामा भाउ नबढाउने भएको छ ।
उपभोक्ता माज लोकप्रिय रहेका केहि सेवामा उपभोक्तालाई आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
टेलिकमले एडीएसएलमा भाउ नबढाउने निर्णय गरेको छ ।
यस्तै विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक एक जीविको थ्रीजी/फोरजी परडे प्याकमा भाउ नबढ्ने टेलिकमले जनाएको छ ।
सरकारले आर्थिक विधेयकमार्फत टेलिफोन कलमा लाग्दै आएको दूरसंचार शेवा शुल्कलाई ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत बनाएको छ । यस्तै इन्टरनेटमा एकै पटक दूरसंचार सेवा शुल्क वापत कर १३ प्रतिशत लगाइएको छ ।
सरकारी करका कारण अव फोन कल, डाटा र इन्टरनेट शुल्क बढ्ने भएको हो ।
