Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा ३५४ जना संक्रमित थपिएको बताए प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जनामा कोरोना पुष्टि भएको हो
काठमाडौँ: अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार राजीनामा दिएपछि शेयर बजारमा सुधार आउने आम लगानीकर्ताको मनोभावको विपरित आइतबार शेयर बजारमा एकैदिन ५२.४६ अंकको उतार चढाव आएको छ। शुक्रबार खतिवडाले अर्थमन्त्रालयबाट बाहिरिँदै गर्दा धेरैले शेयर बजारमा बुलिस ट्रेण्ड सुरु हुने र शेयर बजारले गति लिने आम अपेक्षाका विपरित आइतबारको बजार भने विपरित दिशातर्फ गएको हो । यसले अर्थमन्त्रीले छोड्नासाथ शेयर बजार उच्च दरले बढ्ने विश्लेषण समेत गलत साबित भएको छ । आइतबार प्रि ओपनिङ्ग सेसनमा नै ४२ अंकले बढेको बजारमा बिक्री चाप उच्च आउँदा नियमित कारोबारमा भने सुरुवातदेखि नै घट्न थालेको नेप्से बन्द हुने बेलासम्म १०.४५ अंक गरी कूल ५२.४६ अंकले…
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ९८० संक्रमित थपिएको बताए। २९० महिला ६९० पुरुष गरी ९८० संक्रमित भएका हुन्। नेपालमा आज १० हजार ३८२ पीसीआर परीक्षण गरिएको थियो ।
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो । मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको थियो । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।
काठमाडौं: विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप पाँचजना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै नेपालीहरू युएईमा कार्यरत हुन्। योसँगै हिजोसम्म विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २०० पुगेको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको छ। संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका…
काठमाडौँ: गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घटेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट प्रस्वाति गरेको लाभांश कम्पनी सञ्चालक समितिको भदौ १९ गते बसेको १५८ औं बैंठकले परिमार्जन गरेर घटाएको हो । संसोधित लाभांशपछि अब कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशत अर्थात ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बोनस तथा कर प्रयोजनको लागि ०.५५२६ प्रतिशत अर्थात ५१ लाख ८६ हजार ५५८ रुपैयाँ पाउनेछन्। यस अघि २०७६ कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको १५४ औं बैठकले चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१०१५…
मोरङ: बालिका अपहरणको आरोप तीन जना पक्राउ परेका छन् । मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई एम्बुलेन्स चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । रणपहेली नातामा अपहरित बालिकाका काका पर्ने व्यक्ति हुन्। आचार्य को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी…
ललितपुर: ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो । आज बिहानैदेखि १९ आँै जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा…
काठमाडौँ: सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा पछिलो पटक भारतको लागु औषध ब्युरोले (एनसीबी) शनिबार सुशान्तका प्रेमिका भनिएको रिया चक्रवर्तीकी भाइ शोविकलाई पक्राउ गरेको छ। पक्राउ गरेसँगै रियाका बुवा इन्द्रजित (पूर्व भारतीय सेनाका रथि) ले भनेका छन्- बधाई छ भारत तिमीलाई, जसले हाम्रो मध्यमस्तर परिवारलाई तहसनास पारिदिएका छौ । अव पक्कै पनि मेरी छोरीलाई पनि तिमीहरु पक्राउ गर्छौ। उनले भने, बधाई छ भारत जे हिन्द। शोविकलाई एनसीबीले लागु औषधको अवैध प्रयोग र बेचबिखनमा पक्राउ गरेको जनाएको छ जसमा सुशान्तलाई समेत फसाइएको बताइएको छ।
काठमाडौँ: सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाउनुभयो । यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिनुभयो । बलिङतर्फ…
