Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश बाहेकका सबै क्षेत्रमा अहिले वर्षा भइरहेको छ । नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीका विभिन्न स्थानमा भने भारी वर्षा भइरहेकाले ती क्षेत्र बाढीपहिरो र डुबानको उच्च जोखिममा छन् । नवलपरासी डण्डा, कावाशोती र आसपासको गिरिउवारी लगायत अन्य स-साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने भएकाले सतर्क रहन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । यस्तै स्याङ्जाको पुतलीबजार स्थित बर्षामापन केन्द्रमा पनि भारी बर्षामापन भएकाले आधीखोला, बाधखोला लगायत साना नदीहरुमा आकस्मिक बाढी हुनको…

Read More

ललितपुर: महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरमा बस्ने १० जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका परिवारका सात जनामा र भाडामा बस्ने दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ल्याब टेक्निसियनले आफूमा सङ्क्रण देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आयो । यो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका…

Read More

काठमाडौँ: नेपालका सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरीरहेको कृषि विकास बैंकले हालै अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएको छ । निजी क्षेत्रको भन्दा वढी विश्वसनीय रहेका सरकारी बैंकहरु मध्ये कृषि विकास बैंकले आफ्ना कारोवारहरुलाई डिजिटाइजेसन गरी रहेको छ । अषाढ ५ गतेबाट शुरु भएको अनलाइनबाट खाता खोल्ने प्रविधिमा देश विदेशबाट उत्साहजनक सहभागिता रहेको देखिन्छ । बैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली तथा युवा युवतीहरुको यसमा विशेष आकर्षण रहेको छ । यसै क्रममा नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले अनलाईनबाट कृषि विकास बैंकको ठमेल शाखामा खाता खोलेकी छन् । यो प्रविधिको विकास गरे…

Read More

काठमाडौं:बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा जया बच्चनबाहेक सबै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परिवारका सबै जनाको परीक्षण गरिएकोमा शनिबार अमिताभ र छोरा अभिषेकमा संक्रमण पुष्टि भएकोमा आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि संक्रमण पुष्टि भएको हो । अमिताभकी श्रीमती जया बच्चनलाई भने संक्रमण देखिएको छैन । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभको परिवारका चारजनामा कोरोना देखिएको छ । बलिउडका अभिनेता अमिताभ र अभिषेकले आफैंले सामाजिक सञ्जालमा लेखेर आफूहरूमा कोरोना देखिएको जानकारी गराएका थिए

Read More

काठमाडौं: कुमारी बैंक लिमिटेड र देव विकास बैंकको आधिकारिक एकीकृत कारोबार सुरु भएको छ । कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबरा र साविकको देवःविकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको सुरुवात गरेका हुन् । एकीकृत कारोबारसँगै अब बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर २ सय १६, एटीएम काउन्टरको संख्या १ सय ३८ पुगेको छ । यस नयाँ कार्यथालनी पश्चात् कुमारी बैंकको  कूल निक्षेप रु १२४ अर्ब, कूल कर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पूँजी रु १२.५२ अर्ब पुगेको छ । यस पश्चात् बैंक पहिले भन्दा सबल र…

Read More

काठमाडौं: बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनै पर्ने नेपाल बैंकर्स एसोशिएसनका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले बताए । बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने समेत उनले बताए । आागमी आर्थिक वर्षको मौद्रिक नीति बैंकरका लागि भन्दा पनि कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई सम्बोधन गर्ने गरी आउनु पर्ने ढुङगानाको भनाइ छ । आगमी आर्थिक वर्षको बजेटमा अधिकतम राहतको आशा राखेको भएपनि त्यसलाइ सम्बोधन हुन नसकेको औल्याउदै ढुङगानाले भने,“अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको छ, अहिले बाँच्ने र बचाउने बेला हो । मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालिन अवस्था हेरेर आउनुपर्छ…

Read More

काठमाडौँ: जिल्ला अदालत ललितपुरले मिर्गौला तस्करीको अभियोगमा पक्राउ परेका १२ जनालाई थुनामा राख्न आदेश दिएको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले आइतबार प्रहरीलाई अनुमति दिएको हो । अवैध मिर्गौला प्रत्यारोपन गरेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ३ चिकित्सक, एक वडाअध्यक्ष, दुई प्रहरी र जिल्ला प्रशासन कार्यालयका दुई कर्मचारीलाई पनि पक्राउ गरेको छ । भरतपुर मेडिकल कलेजका डाक्टरहरु राकेश कुमार बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका– ३ का वडा अध्यक्ष गोपाल मर्हजन, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्र थपलिया पक्राउ परेका ब्यूरोका एसपी प्रभु ढकाल बताउँछन् । एसपी…

Read More

काठमाडौं: नेपाल विज्ञापन संघसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेका बेला उनीहरुले आगामी आर्थिक वर्षको शुरवातीदेखि नै विज्ञापनरहित क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन आग्रह गरेका हुन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक सङ्घले क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् आगामी साउन १ गतेदेखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने जनाएको छन् । ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री डा खतिवडाले क्लिन…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी गरेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरुको सुझाव लिने काम भैसकेको जनाए । ‘सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्नेगरि नै मौद्रिक नीति आउँछ, यसले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गरेको छ ।’ कोभिड–१९ कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति श्रृंखलासमेत अवरुद्ध भैरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए ।…

Read More

काठमाडौं: आइतबार सलहका  झुन्ड नेपाल प्रवेश गरेका छन् । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान र दिउँसो गरेर दुई वटा झुन्ड नेपाल प्रवेश गरेको जानकारी दिएका हुन् । झुन्ड धेरै ठूलो नभएर एक/दुई लाखको संख्यामा रहेको सुवेदीले बताए । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ । केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड भने नेपाल प्रवेश गरेको छैन । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो । दाङमा सलह प्रवेश गरेपछि राप्ती…

Read More