Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्यो । नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए । बमले १३ बलमा २५ रनको विस्फोटक इनिङ्स खेले । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए । त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए । उनले ७ चौका हिर्काएका थिए ।…

Read More

राससकाठमाडौँ, चैत्र १७:पूर्वी नाका झापाको काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ। आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ। काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ। मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही…

Read More

काठमाडौँ:प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन्। अहिले नयाँ सत्तासमीकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन्। कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोसिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो। ‘के ६/६ महिनामा, एक एक वर्षमा गठबन्धनहरु टुटने, भत्किने, फेरी बन्ने गर्न थाल्यो भने देशको विकास हामीहरुले कहिले गर्ने? केन्द्रमा हुने भयोभयो। अब सात वटै प्रदेशमा हुँदैछ। भोली यही प्रदेश वागमती प्रदेशबाट सुरु हुन्छ। सातै वटै प्रदेशमा हुन्छ,’ उनले अघि भने,…

Read More

काठमाडौँ: गोरखाको गोरखा नगरपालिका-७ का ३९ वर्षीय शंकर रोकाया बिरामी थिए। उनको उपचारका लागि श्रीमती बबिता रोकायालगायत आफन्त केही दिनदेखि काठमाडाैँमा थिए। तर उपचारकै क्रममा शुक्रबार दिउँसो शंकरको मृत्यु भयो। परिवारका सदस्य र आफन्तले पशुपति आर्यघाट लगेर उनको दाहसंस्कार गरे। शुक्रबार राति पशुपतिमा शंकरको दाहसंस्कार सकाएर काजकिरियाका लागि रोकाया परिवारले घर गोरखा जाने निर्णय गर्‍यो। परिवारका सदस्य, आफन्त सबैजना साना चारवटा गाडीमा जाने निर्णय भयो। जसमध्ये एउटा गाडी (ट्याक्सी) शंकरकै बहिनीज्वाइँ अर्जुन शिर्मलको थियो। बाँकी दुईवटा ट्याक्सी पनि आफन्तले नै जुटाए। गाउँबाट शंकरको दाहसंस्कारका लागि दाजुभाइहरू पनि काठमाडौँ आएका थिए। सबैजना नअट्ने भएपछि उनीहरूले अर्को एउटा गोरखा-काठमाडाैँ चल्ने माइक्रोभ्यान रिजर्भ…

Read More

काठमाण्डौंँ: अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलगायत सहभागी थिए । मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरुलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा…

Read More

काठमाडौँ: विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा कृषि विकास बैंकले दुर्गम जिल्ला कालिकोटमा स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । कृषि विकास बैंकका उप–महाप्रबन्धकमा प्रताप सुवेदीको उपस्थितिमा कालिकोटको नरहरीनाथ गाउँपालिकास्थित नन्दादेवी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई कृषि विकास बैंकले शुक्रबार वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका उप–महाप्रवन्धक सुवेदीले प्रविधिमैत्री वैकिङ कारोवार नै आजको आवश्यक्ता बनेकाले यसबारेमा सबैले ज्ञान लिन जरुरी रहेको बताए । विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता सम्बन्धी ज्ञान हुदाँ विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानीबो पनि राम्रो ज्ञान प्राप्त हुनेभएकाले अझ धेरै राम्रो…

Read More

काठमाडौं: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट लेखनका लागि मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन् । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजश्व कार्यालयका उपमहानिर्देशक हुन्। समितिका संयोजक शर्माले शनिबार नै बैठक बसेर कामको सुरुवात गर्ने जानकारी दिएका छन् । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उनको भनाइ छ ।

Read More

काठमाडौँ : आजको लागि तय भएको नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको क्रिकेट खेल रद्द भएको छ। काठमाडौंमा बिहानैदेखि पानी परिरहेकोले खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी२० सुरु हुने खेल तालिका थियो।

Read More

काठमाडौँ: धनगढीबाट ७७ जना यात्रु लिएर काठमाडाैँ आउँदै गरेको श्री एयरको जहाज आकाशमै अढाई घण्टा होल्ड भएर भैरहवामा अवतरण भएको छ। श्री एयर लाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा होल्ड भएपछि भैरहवामा अवतरण गरिएको श्री एयर लाइन्सले जनाएको छ। श्री एयरका प्रतिनिधि गजेन्द्र शाहीले भैरहवामा अवतरणपछि पुनः जहाज काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिए। ‘जहाज भैरहवाबाट काठमाडौँका लागि उडिसकेको छ,’ शाहीले बताए । सो जहाज आज बिहान सात बजेर २२ मिनेट जाँदा धनगढीबाट उडेको थियो। काठमाडौँको मौसम खराव हुँदा जहाज आकाशमै झण्डै अढाई घण्टा होल्ड भएको थियो। काठमाडौँको आकाशबाट फर्किएर जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको शाहीले बताए। धनगढीबाट काठमाडौँको…

Read More

अच्युत रेग्मी/राससकाठमाडौँ, १५ चैत : गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा हुनुहुन्थ्यो । उहाँ आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहनुभएको थियो । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आउनुभएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा हुनुहुन्थ्यो । एकबिहानै सुलोचनाका देवरले फोन गर्नुभयो । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौँ आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गर्नुभएको रहेछ । मध्यरातको २ बजे श्रीमान्सँग फोन सम्पर्क गरेर सुत्नुभएकी सुलोचना देवरको फोनसँगै आत्तिनुभयो । उहाँले श्रीमान्लाई पटकपटक फोन सम्पर्क गर्न…

Read More