Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १५ बुँदे माग बोकेर सिंहदरबार पुगेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । उनले बुझाएको ज्ञापनपत्रमा भनेका छन्, “उपचार पहुँचको अभावमा मृत्यु हुनेहरुको संख्या पनि सार्वजनिक गरिएको संख्या भन्दा बढी छ । उचित मनोवैज्ञानिक परामर्श, रोकथाम र उपचारका प्राथमिक सूचना र सल्लाहले धेरै संक्रमितहरुलाई गम्भीर विरामी भएर अस्पताल जानु पर्ने अवस्थाबाट रोक्न सक्छ । तर त्यस्तो परामर्श र हटलाइनको समुचित व्यवस्था सरकारले नगर्दा समस्या झन विकराल बनेको छ । अहिलेको दोस्रो चरणको संक्रमण मात्र होइन देशले तेस्रो चरणको संक्रमण ब्यहोर्न पर्ने चेतावनी विज्ञहरुले…
काठमाडौँ, ६ जेठ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ । यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल ष्लाय२तयगचष्कm।नयख।लउ वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेल मनअब२अबबललभउब।िनयख।लउ मा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ देखि जेठ १७ सम्म अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडान स्थगन गरेको छ । एयर बबल सम्झौताअन्तर्गत रहेर स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा दुई उडान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । यसै क्रममा विभिन्न देशबाट पर्वतारोहण,…
काठमाडौँ, ६ जेठ: अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो । जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि पिसिआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो । जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले…
काठमाडौँ: कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहीबार बिहान निधन भएको हो। काठमाडौंको मूलपानी घर भएका ४३ वर्षीय डीएसपी केसी काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत थिए। गत वैशाख २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
काठमाडौँ : निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्…
मोनाकोलाई २–० ले हराउँदै पेरिस सेन्ट जर्माइन (पिएसजी) ले कोपा डि फ्रान्सको उपाधि जितेको छ । बुधबार फाइनलमा पिएसजीका लागि माउरो इकार्डी कालियन एमबाप्पेले एक एक गोल गरे । इकार्डीले १९ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफमा एमबाप्पेले अर्को गोल थपे । यस सिजन एमबाप्पे अन्य क्लबमा जानसक्ने चर्चा पनि चलिरहेको छ । नेइमारले यसै महिनाको सुरुवातमा क्लबसँग सम्झौता लम्ब्याउने निर्णय लिएका थिए । तर एमबाप्पेले अहिलेसम्म क्लबसँग्को सम्झौता नविकरण गरेका छैनन् । रियल म्याड्रिड र म्यानचेस्टर सिटीले एमबाप्पेमाथि आँखा लगाइरहेका छन् । फाइनल खेलपछि प्रतिक्रिया दिदैं पिएसजीका फुलब्याक एलेस्यान्द्रो फ्लोरेन्जीले एमबाप्पे क्लबमै बस्ने आशा व्यक्त गरेका…
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । बिहीबार बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला जाने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । कोभिड १९ नियन्त्रण तथा रोकथाममा सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न लागिएको उनले बताए । कोभिड १९ अनुगमन समितिका संयोजक महतले भने, हाम्रो कोभिड १९ अनुगमन समितिले सातै प्रदेशमा भर्चुअल मिटिङ गरेको थियो । त्यहाँबाट आएका समस्या र सुझावका विषयलाई ज्ञापन पत्रमा रूपमा बुझाउँदै छ । कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएका विषय…
काठमाडौँ, ६ जेठ (रासस) : वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ…
लमजुङ, ६ जेठ (रासस) : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर…
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार बेलुका घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी नेपाल प्रहरीको ८ औं प्रहरी प्रमुख हुन् । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।
