Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले शुक्रबार कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएको छ। प्रधानमन्त्री कार्यालयले आज साँझ जारी गरेको बिज्ञप्ती अनुसार मन्त्रालयगत कार्ययोजना सार्वजनिकीकरण गरेको हो। माननीय उपप्रधानमन्त्रीले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड(१९ विरुद्वको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नभएको छ। नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसंग आज भएको टेलिफोन संवादमा माननीय उपप्रधानमन्त्रीले विश्‍व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्स अन्तर्गतको खोप साथै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि र खोपसंग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति विषयमा नेपालको अपेक्षा सहित सहजीकरणका लागि आग्रह गर्नु भएको छ।…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ । त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९…

Read More

भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उनले जानकारी दिए । एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

Read More

काठमाडौं । सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएको परिषदका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । उनले नाम उल्लेख नगर्ने शर्तमा विभिन्न आयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाएको बताए । उनका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएका थिएनन् । उनीहरु सहभागी नभएपछि ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए ।…

Read More

काठमाडौँ: जेठ ६ गते हुन लागेको वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन्। कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडामा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले सवा ११ बजे मनोनयन दर्ता गराएका हुन्। देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल रहेका छन् भने नेपाली कांग्रेस वागमती प्रदेशका प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी छन्। यसैगरी एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री थापाले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका छन्। एमालेले शुक्रबार बिहानमात्रै थापालाई नै…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिसकिएको छ ।

Read More

वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेर आफ्नो पक्षमा लिने प्रयास गरेका छन्। शुक्रबार एमालेका सचिव गोकर्ण विष्टसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा लामो छलफल गरेका छन्। विष्टनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उनलाई आँफै फोन गरेर बोलाएका थिए। भेटमा पार्टीलाई एकताबद्ध गर्ने विषयमा कुरा भएको स्रोतले बतायो। ‘पार्टीभित्र देखा परेका समस्या समाधानका लागि आँफैले पहल लिन उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो,’ उनीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘माधव नेपाल लगायतका केही नेतामाथि गरिएको कारबाही फिर्ता लिएर विश्वासको वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ।’ नेपाल समूहमा रहे पनि पार्टीको अर्को पक्षप्रति नरम रहँदै…

Read More

काठमाडौँ: तोकिएभन्दा धेरै शूल्क लिएकोबारे ह्याम्स र केएमसी अस्पतालले काठमाडौं जिल्ला प्रशासनलाई स्पष्टीकरण बुझाएका छन् । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकार कालिप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई बोलाएर स्पष्टीकरण सोधेका थिए । बिहीबार साँझ दुवै अस्पतालले लिखित स्पष्टीकरण बुझाएका छन् । दुवै अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्टीकरण बुझाइएको र तोकिएभन्दा बढी शुल्क नलिइएको दावी गरिएको छ । दुवैले सरकारसँग भएको सम्झौता र मापदण्डअनुसार तोकिएको शूल्कमात्रै लिएको दावी गरेका छन् ।

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्ने काँग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए । ​बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बैठक बस्नेछ भने ओली लिने विश्वासको मत विफल पार्ने रणनीति बनाउने बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाएका छन् ।

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भइसक्नुपर्ने हो। तर, सत्तारूढ दलभित्रको आन्तरिक खिचातानी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशन बोलाउन कुनै चासो दिएनन् बरु वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन निर्णय गरे। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को विशेष अधिवेशन आह्वान गरेकी छिन्। ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दलले स्पष्ट बहुमत जुटिनसकेको भन्दै अविश्वास प्रस्ताव राख्न सकेका थिएनन्। त्यति मात्र होइन ओली नेतृत्वको सरकार विस्थापित गरिछाड्ने बताउँदै आएको माओवादीले समर्थन फिर्तासमेत लिएको थिएन। सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओली नेतृत्व सरकारको विकल्प संसद्ले दिन पनि नसक्ने र फेरि प्रतिनिधिसभा विघटन हुनसक्ने भय…

Read More