Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९६३ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सन्दिपकुमार अधिकारीले बताउनुभएकाे हाे । । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३…

Read More

भक्तपुर: जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै भिडभाड नगर्न आग्रह गरेको छ । कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने,‘युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखियो ।’ गृह मन्त्रालयको च.नं. २८६७ मिति २०७७/१२/०१ को पत्र तथा स्वास्थ्य मन्त्रालयबाट मिति २०७७/१२/०८ आएको पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाई छ । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ । संक्रमणको सम्भावनालाई…

Read More

काठमाडौँ: कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिले सरकारलाई १८ बुँदे निर्देशनात्मक सुझाव दिएको छ । समितिका सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा गत भदौमा गठन गरिएको ७ सदस्यीय उपसमितिले बुधबार बसेको समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई १८ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ । उपसमितिले विभिन्न समयमा देशभरि स्थलगत अवलोकन तथा विषय विज्ञहरुसँगको छलफलका आधारमा सुझावहरु तयार पारेको संयोजक श्रेष्ठले बताएका छन् । समितिअन्तर्गत गत भदौ ९ गतेको बैठकबाट कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा अञ्जना विशंखे, एकवाल मिया, तिलकबहादुर महत क्षेत्री, नमिता चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने…

Read More

काठमाडौँ: नेकपा एमालेको केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ। थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताए। उनले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए। ‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले पत्रकारसँग भने। उनले आफूले घरधनी सञ्जय अग्रवाललाई चिनेका कारण कार्यलय सार्ने विषयमा पहलकदमी लिएको बताए। पौने चार रोपनी क्षेत्रफलमा फैलिएको भवन साढे २ तलाको छ। यसको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ।

Read More

काठमाडौँ: राइड सेयरिङ प्लाटफर्म पठाओको राइड सेवा चल्न थालेको छ। एप अपडेटका कारण अबरूद्ध भएको राइड सेवा भर्खरैदेखि चल्न सुरू भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए। ‘अपडेट भइरहेका कारण राइड रोकिएको थियो। अहिले चल्न सुरू भयो,’ उनले भने। प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड पनि मंगलबारदेखि बन्द थियो। आज बिहानदेखि उक्त सेवा पनि सञ्चालनमा आएको हो। सोमबार बिहान ट्याक्सी चालक र पठाओ राइडरबीच झडप भएपछि राइड सेवा रोकिएको आम उपभोक्ताले अनुमान लगाएका थिए। तर, झडपका कारण नभई प्राविधिक कारणले बन्द भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए। ‘झडपले बन्द भएको होइन, हाम्रो प्राविधिक समस्याले…

Read More

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित अघि बढाएको ग्रामीण दूरसञ्चार कोष अन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजना अन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेक अन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव ८९ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो । तेह्र प्याकेजअन्तर्गत ५० जिल्लामा तोकिए बमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्ये…

Read More

काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी चैत २० गते बस्‍नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्। सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो। त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए। बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए। पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद टुंगिएको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेर यसलाई प्रभावकारी बनाउने रणनीतिअनुसार बैठक बोलाइएको हो। कांग्रेसको देशभर १० लाख क्रियाशिल सदस्य रहेको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली बेसहारा नभएको बताएका छन् । नगरपालिका संघको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र संघीय सरकारसहित देशमा ७६१ सरकार रहेको बताए । यीनै ७६१ सरसकारले जनतालाई बेसहारा बन्न नदिने प्रधानमन्त्रीको दाबी छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही-कसैले जनता बेसहरा भएको भनेर भनेको सुन्छु । मुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ? एउटा संघीय सरकार छ, ७ वटा प्रदेश सरकार छन् अनि ७५३ वटा स्थानीय सरकार नै छन् । अब कसरी भए जनता बेसहारा ? सबै जनताको रेखदेख सरकारले गर्छ ।’…

Read More

काठमाडौँ: देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोे छ । सो अवसरमा राष्ट्र बैंकका गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने बताए । साथै, यो प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पु¥याउने उनको भनाई छ। कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए । क्यूआर कोडको…

Read More

काठमाडौँ: भारतमा पछिल्लो २४ घण्टामा थप ४७ हजार २६४ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ३३ हजार ५९४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख ३ हजार १६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७० हजार १०१ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ४४७ पुगेको छ ।

Read More