Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको विवाद अबिलम्ब निरुपण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा नै आधिकारिक पार्टी भएको दावी गर्दै दाहाल–नेपाल समूहले शुक्रबार आयोगमा पाँच पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । उक्त पत्र बुझाउन दाहाल–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारीलगायत निर्वाचन आयोग पुगेका थिए । ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरूलाई पार्टी विधानअनुसार गरेको कारवाही, विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन् ।

Read More

काठमाडौँ: यस बर्ष  फागुन २७ गतेका दिन “महाशिवरात्री तथा सेना दिवस-२०७७” को अवसरमा नेपाली सेनाले काठमाण्डौको सैनिक मञ्‍च, टुँडिखेलमा मुख्य समारोह तथा नेपाल भरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव-युनिटहरुले पनि आ-आफ्नो क्षेत्रमा विभिन्‍न कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ मनाउने योजना रहेको छ । काठमाण्डौमा गत वर्ष ३६०० को संख्यामा नेपाली सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसको कार्यक्रममा सहभागी रहेकोमा यो वर्ष कोभिड-१९ का कारण जनशक्तिको सहभागिता संख्या २४०० रहनेछ भने सबै कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरुको पूर्णरुपमा पालना गरिने छ । महाशिवरात्री तथा सेना दिवस २०७७ मा विगतका वर्षहरुमा भन्दा यस वर्ष कम…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए। ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ’, उनले भने, ‘नेपाल देशलाई एउटा आन्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ। यो भित्र देशमा दीर्घ शान्ति, स्थिरिता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ।’

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् । विप्पलवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याए लगत्तै ओली गौतम निवास पुगेका हुन् । गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गौतमलाई सामान्य चोटपटक लागेको गौतमको पारिवारिक स्रोतले जनाएको छ । प्रचण्ड–माधव पक्षले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा लिन नपर्ने बालुवाटार स्रोतले जनायो । भेटमा राजनीतिक कुरा भए पनि यो विशुद्ध पारिवारिक र…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा नदिए आइतबार उनीविरुद्ध प्रचण्ड-माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा आइतबारसम्म ओलीको राजीनामा पर्खिने र राजीनामा नआए अविश्वास प्रस्ताव दर्ता गर्ने एक सांसदले जानकारी दिए । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविश्वास प्रस्तावतिर जान आफूलाई ओलीले बाध्य पारेको प्रतिक्रिया दिएका थिए । ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो,’उनको भनाइ छ, ‘तर, उहाँले अहिलेसम्म दिनुभएको छैन। अब दिनुभएन भने त हामी संविधान, संसद, कानून नियमअनुसार जानुपर्ने हुन्छ।’ अविश्वास प्रस्ताव एक्लै ल्याउने वा कांग्रेससँग मिलेर ल्याउने भन्नेबारेमा भने अझैं…

Read More

काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् । भट्टराईले संसदीय दलको तर्फबाट शुक्रवार प्रेस विज्ञप्ति जारी गरि दलको विधान बमोजिम विधितव रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलील रहेकाले अरु पत्र र दाबी गैरकानुनी रहेको दाबी गरेका छन् । प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड-माधव पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली,उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए । भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर…

Read More

काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ । शुक्रवार बसेको सो पक्षका दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक दलको नेता चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको हो । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद झपट रावलले नेपाल प्रेसलाई जानकारी दिए । दलको नेतामा प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् । प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि…

Read More

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेसलगायतका दलहरूसँग मिलेर अविश्वास प्रस्ताव ल्याउने बताएका छन् । आफूपक्षीय सांसदहरूको बैठकबाट दलको नेता चयन भएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले ओलीपक्ष बाहेकका अन्य दलहरूसँग मिलेर नयाँ सरकार गठनको प्रक्रिया एक/दुई दिनभित्रै शुरू हुने बताए । प्रचण्डले भने, ‘केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि र देशको लागि पनि सहज हुन्छ । दिनु भएन भने संविधान अनुसार हामी संसदबाटै समाधान खोज्छौं । उहाँले त्यही बाटो (अविश्वास प्रस्ताव) जान बाध्य पार्नुभयो, अब हामी जान्छौं ।’ प्रचण्डले आफूलाई करिब ११५ जना सांसदको समर्थन रहेको बताए । उनले ओली पक्षमा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै किस्तीमा पद राखेर अरुको दैलोमा भीख माग्न हिंडिरहेको टिप्पणी गरेका छन् । विप्लव नेतृत्वको नेकपालाई मूलधारमा ल्याएपछिको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराखिने प्रष्ट पारे । ओलीले भने, ‘आफ्नो पार्टी फुटाएर, सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदेऊ न भन्दै हिंडेका छन् विचराहरू । आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’

Read More

काठमाडौं । मुलधारको राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् । सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उनले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिए । राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’ उनले तीन बुँदेमा नेकपा प्रतिबद्ध रहेको बताए । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उनले भने । उनले एउटा देउडा गीतलाई उर्द्धत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम…

Read More