Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न आफू सधैं तयार रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए। ‘हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैं प्रवर्द्धन गरेको छ,’ भेटमा प्रधानमन्त्री देउवाले भने, ‘तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ।’ प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने विश्वास व्यक्त गरे। नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे। साथै, कोभिडले निम्त्याएको…

Read More

काठमाडौं: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारसामु ५ बुँदे माग राखेका छन् । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै केसीले ५ बुँदा सार्वजनिक गरेका छन् । केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धमक्याउने र नाजायज फाइदा लिन खोज्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । त्यस्तै उनले इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्नुपर्ने, चिकित्सा शिक्षा ऐनको प्रावधान सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने माग पनि अघि सरेका छन् ।

Read More

काठमाडौँ: शेयरबजारमा साताको दोस्रो कारोबार दिन पनि नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको छ । आइतबार ९७ अंकको बढोत्तरीपछि सोमबार ५२ अंकसम्म बढेको बजार अन्त्यमा १३.९७ अंकले बढेर बन्द भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएपछि करिब शतक बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुकिङ्गले आज कारोबारमा समेत १८ करोडले बढेको छ । देउवा सरकारका अर्थमन्त्री जर्नादन शर्माले मन्त्रीबनेपछिको आफ्नो् पहिलो पत्रकार सम्मेलनमा शेयरलगानीकर्ताको हितमा काम गर्ने बताएका थिए । राजश्वको महत्वपूर्ण स्रोतको रुपमा शेयर बजार विकशित हुँदै गएको अवस्थामा नयाँ सरकारले बजारलाई नकारात्मक प्रभाव पार्ने नीति नलिने संकेत अर्थमन्त्रीले जनाइसकेका छन् । यसले पनि लगानीकर्ताको…

Read More

काठमाडौं: नेकपा एमालेले पार्टी आफ्ना २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। सोमबार च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले आइतबार पार्टीको ह्विप नमानी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसदहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। साथै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। पार्टी एकताका लागि माधवकुमार नेपाललाई १० बुँदे सहमतिअनुसार पार्टीमा फर्काउन नसकेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार बैठकमा केपी ओलीले देउवाले विश्वासको मत लिने क्रममा देखिएको आयामबारे चर्चा गरेका थिए। आइतबारको घटनालाई ओलीले गलत भएको भन्दै अग्रगतिको धक्काका रुपमा लिएको नेता ज्ञवालीले जानकारी गराए। देउवालाई विश्वास दिनु अनुशासनहीन काम भएकाले स्पष्टीकरण माग गर्ने…

Read More

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल- स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने उल्लेख गरे। ‘मैले मन्त्री भएलगत्तै तथ्यांकहरू हेरेँ, हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ,’ मन्त्री शर्माले भने, ‘यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ।’ अर्थमन्त्री शर्माले आर्थिक…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारको सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने भएका छन्। कांग्रेस युवा नेता गगन थापाले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन्। आफूहरुले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेको र त्यसलाई देउवाले स्वीकार गरेको थापाको भनाई छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको सरकारी निवासलाई पार्टी कार्यालय जस्तो बनाएको भनेर आलोचना हुने गरेको थियो। ओलीले पार्टीका सबै बैठक र भेलासमेत बालुवाटारमै गर्दै आएका थिए। दुई दिनअघि प्रधानमन्त्री देउवाले पनि बालुवाटारमा पार्टीको बैठक राखेपछि धेरैले देउवाले पनि ओलीकै क्रियाकलापलाई निरन्तरताा दिन थालेको भन्दै आलोचना गरेका थिए। ‘प्रम…

Read More

काठमाडौँ:  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् । प्रधानमन्त्री  शेरबहादुर देउवाले विश्वासको मत पाएर संसदको पूर्णकार्यकाल सुनिश्चित भएसँगै भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिँदै भनेका छन्,  ‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो ।’ भट्टराईले ट्वीटमा थपेका छन्, ‘नेकपाको २/३ बहुमत कांग्रेस गठबन्धनमा सर्यो ! १२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।’

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा आज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइने केन्द्रहरुको निरीक्षणमा निस्कदै छन् । अमेरिकाले दिएको कोरोनाविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’को खोप अभियान सुरु हुँदै गर्दा प्रधानमन्त्री देउवा खोपकेन्द्रको स्थलगत निरीक्षणमा निस्कन लागेका हुन् । देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । मौसम बदली भएसँगै देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सक्रिय भएकाले बुधबारसम्म विभिन्न भू-भागमा ‘भारी’ तथा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश१, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध…

Read More

काठमाडौं : विश्वासको मत पाएको केहीबेरमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । मोदीले आफ्नो ट्विटर हंडलबाट बधाई दिएका हुन्। Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties. — Narendra Modi (@narendramodi) July 18, 2021

Read More