Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४…
काठमाडौँ: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको…
काठमाडौं: जारी नेकपा माओवादी केन्द्रले दल फेर बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ । सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो । यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन । केन्द्रीय समिति बैठकमा मेलम्चीबाट सहभागी भएका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले पार्टी त्यागेका…
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार सोमबार बिहानदेखि आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको छ। भर्चुअल माध्यमबाट बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ। बैठकमा पार्टी सुदृढिकरणका लागि प्रचण्डले सुझाव मागिरहेका छन्। सुझावका आधारमा नयाँ प्रतिवेदन लेख्ने उनको तयारी छ।
काठमाडौँ : संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति पाउने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले उनीहरूले स्वतः नियुक्ति पाउने परिस्थिति बनेको हो । संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । विज्ञहरूले भने यसले संवैधानिक प्रावधान छल्ने र स्वेच्छाचारी नियुक्ति बढ्ने स्थिति बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । संवैधानिक परिषद्ले संवैधानिक निकायमा पदाधिकारी र मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेका नाम सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी…
काठमाडौँ: निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न १५ दिन समय दिएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर । तस्बिर : बिजु महर्जन/कान्तिपुर जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दलको आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएका थिए । मागदाबी आइसकेपछि आयोगले अर्को पक्षसग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपि पठाएर लिखित जवाफ माग्नुपर्ने कानुनी प्रावधान छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि छ । आधिकारिकता मागदाबी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित अयाोगमा निवेदन दिनुपर्छ । यादवले ५१ सदस्यीय कार्यकारिणी समितिमा…
काठमाडौँ: आइतबार थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन्। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, ५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित छन्।
काठमाडौँ: नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो । कोषले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढि प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो । असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध…
काठमाडौँ: गत बैशाख १६ गतेजारी जारी निषेधाज्ञाको बीच असार ८ गतेदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली मार्फत निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आइतबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् । निर्णय अनुसार ट्याक्सीमा तीन जना र कार, जिप, र भ्यानमा बढीमा चार जना मात्रै यात्रु राख्न पाइनेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने असार १४ गते राति १२ बजेसम्म चलाउन पाइने छैन । अत्यावश्यक सवारीसाधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरेर सञ्चालन गर्न पाइने भएको छ…
काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सूचक मापक नेप्से २.१३ प्रतिशत अर्थात ६३.२८ अंकले घटेको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भन्दै सूची सार्वजनिकसँगै घट्न थालेको नेप्सेमा आइतबार उच्च गिरावट आएका छ । आइतबार नेप्से ६३.२९ अंकले घटेर १९०५.१४ बिन्दुमा झरेको हो । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १२.६१ अंकले घटेर ५२८.५१ बिन्दुमा कारोबार बन्द भएको छ । कारोबारमा आएका १३ वटै समुहका सूचक राताम्मे बनेसँगै नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो । असार १ गते साँझ बोर्डको विज्ञप्तीपछि बजार २ गते र ३ गते क्रमश ५२.४० र १.२९ अंकले ओरालो लागेको थियो ।…
