Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ । यसैबीच भारतमा आज पनि संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको…

Read More

काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । मुख्यमन्त्री गुरुङले शपथ लिएको आज जेठ २७ मा एक महिना पुगेकाले आजै उनले विश्वासको मतका लागि प्रस्ताव राख्न लागेका हुन् । यसका लागि प्रदेशसभाको बैठक मध्याह्न १२ बजेलाई डाकिएको छ । प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । योसँगै मुख्यमन्त्री गुरूङलाई विश्वासको मत प्राप्त नहुने सम्भावना बढेको छ । मनाङेलाई आफ्नो पक्षमा राखिरहन १६ वैशाखमा मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले उनलाई दोहोर्‍याएका थिए । तर मनाङे अन्तिमसमयमा मुख्यमन्त्री…

Read More

काठमाडौँ: विश्व बैंकले सन् २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने अनुमान गरेको छ । यसअघि गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ० दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो । तर, विश्व बैंकले त्यसवेलाको प्रक्षेपणलाई परिमार्जन गरी २ दशमलव १ प्रतिशत बिन्दु थप गरेको छ । खासगरी चालू आर्थिक वर्षमा धानको उत्पादन राम्रो भएकाले आर्थिक वृद्धि केही सकारात्मक हुने विश्व बैंकको भनाइ छ । यो आर्थिक वृद्धिदर दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको आर्थिक वृद्धिदर (३.६ प्रतिशत) पछिको सबभन्दा राम्रो वृद्धिदर हो । मङ्गलबार ग्लोबल इकोनोमिक प्रस्पेक्टस सार्वजनिक गर्दै विश्व बैङ्कले यो वर्ष पाकिस्तानको १.३ प्रतिशत तथा बाँकी दक्षिण एसियाली मुलुकको…

Read More

काठमाडौँ: निजी क्षेत्रका तीनवटै छाता संगठनहरुले सरकारलाई निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । निषेधाज्ञाले अहिलेको विषम परिस्थितिका कारण एकातिर उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र जेनतेन चलेका उद्योग व्यवसायका उत्पादन पनि निर्वाध बजारसम्म पु¥याई बिक्री वितरण गरी रकम सङ्कलन गर्न नसकिएकाले राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन् । निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुंदा मासिक रूपमा बुझाउनुपर्ने…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस शुरु भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले दर्ता गरेको रिट निवेदनको तर्फबाट बहस शुरु गरेका वरिष्ठ अधिवक्ता महादेव यादवले उपधारा ४ को प्रयोग नगरी उपधारा ५ मा जान नमिल्ने बताउँदै त्यहाँ नै त्रुटि भएको जिकिर गरेका छन् । उनले भने, ‘संविधानले चार प्रकारको सरकारको कल्पना गरेको छ । त्यसमा धारा ७६ को उपधारा (४) को प्रयोग भएको छैन् । उपधारा ४ को प्रयोग नगरीकन उपधारा ५ मा जान मिल्दैन । यहाँ त्रुटी छ ।’ ७६ (५) अनुसार सरकार गठन गर्दा दलको ह्विप नलाग्ने बताउँदै उनले व्यक्तिलाई प्रधानमन्त्री बनाउन…

Read More

काठमाडौँ: संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश नहट्ने भएका छन् । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् । आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् । यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् । यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।

Read More

काठमाडौं: सीईडीबी धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन गरेर नेप्सेमा सूचिकृत भइ कारोबार खुलेको पहिलो दिनमा नै सकारात्मक सर्किट लागेको छ । मंगलबार नेप्सेमा सूचिकृत भएर आजबाट कारोबार खुलेको कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले कम्पनीको सेयर पहिलो कारोबारका लागि १३८ रुपैयाँ देखि ४१६ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको थियो । जसअनुसार कम्पनीको सेयर ओपनिङ रेञ्जको उच्च बिन्दु ४१६ रुपैयाँमा कारोबार खुलेको थियो । नेप्सेका स्पेशन प्रि–ओपनिङ सेसनमा ४१६ रुपैयाँमा ५० कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य ४१६ रुपैयाँमा खुले पनि अहिले ४१ रुपैयाँले बढेर सर्किट मूल्य ४५७ पुगेको छ । सर्किट मूल्यमा ५…

Read More

काठमाडौं: प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो । इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् । जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो । महान्यायाधिवक्ता रमेश बडालसहितका सरकार पक्षका कानुन व्यवसायीले उनीहरु हट्नुपर्ने तर्क गरेका…

Read More

काठमाडौँ: एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुन: सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वक्तव्य (पत्र) ‘वार’ चलेपछि सो पार्टीका दोस्रो तहका नेता पार्टी विवाद मिलाउन अनौपचारिक ढंगले वार्तामा जुटेका हुन् । आईतबार ओलीले ६ बुँदे सर्तसहित झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पार्टी एकताका लागि आव्हान गरेका थिए । त्यसको भोलिपल्ट सोमबार बरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई जवाफ दिदै पुनः ६ बुँदे प्रस्ताव स्मरण गराएका थिए । ओली र नेपालको पत्र वारपछि दुवै पक्षका नेता कार्यकर्ताले एकता टरेको निष्कर्षमा पुगेका बेला पुन दोस्रो तहका नेता सक्रिय बनेका हुन् । यसअघि खनाल नेपाल…

Read More

काठमाडौँ: मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेन दिन अस्वीकार गरेको छ ।अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठनको गर्नुको कारण समेत माग गरेको छ । दुवै पक्षलाई असार ८ गते गते छलफलका लागि बोलाउँदै सोर्वोच्चले सोहीदिन मुद्दाको पेसी तोेकेको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आगामी दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर…

Read More