Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु हुने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए । निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने स्रोतको भनाइ छ…

Read More

काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको भनाइ थियो । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो । प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो । कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो । कोरोना संक्रमण बढेपछि काठमाडौं…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा पूर्ण रुपमा लकडाउन नहुने भएको छ । यसका लागि कुन–कुन क्षेत्र खुकुलो गर्ने भन्ने विषयमा काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ । बैठकमा काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको छ । जारी बैठकले यससम्बन्धी निर्णय गर्नेछ । कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा निषेधाज्ञा जारी गर्ने तयारी भएको हो ।

Read More

काठमाडौं । कोभिड नियन्त्रणको लागि ५०० भन्दा बढी सक्रिय संक्रमति भएको जिल्लामा निषेधाज्ञा गर्नसक्ने सीसीएमसीको निर्णयसँगै सोमबार सुरुवाती समयमा सेयर बजारमा पहिरो गएको छ । सोमबार कारोबार सुरु भएको १० मिनेटमा नै बजार परिसूचक नेप्सेमा ५०.५६ अंकको गिरावट आएको छ । बजारमा सबै उपसूचकमा गिरावट आउँदा नेप्से पनि ओरालो लागेको हो । कारोबार सुरु भएको १० मिनेटमा ३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा करिब २६ करोडको करोबार करोबार भएको छ ।

Read More

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वासको…

Read More

काठमाडौँ: भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए । ‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो । अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भेन्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा…

Read More

काठमाडौं: मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ । कोभिड–१९…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) ले आगामी आर्थिक वर्ष २०७८/७९ बजेटमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)को दर १० प्रतिशत कायम गर्नु पर्ने सुझाव दिएको छ । आइतबार महासंघले आगामी बजेट र आर्थिक ऐनका सम्बन्धि छलफल कार्यक्रमकाे आयाेजना गर्दै भ्याटको दर १० प्रतिशत कायम गर्नु पर्ने सुझाव दिएको हो । हाल मूल्य अभिवृद्धि कर १३ प्रतिशत रहेकाे छ । महासंघले सरकारले आगामी जेठमा सार्वजनिक गर्ने बजेटका लागि विभिन्न सुझावहरु दिएको छ । महासंघले दिएको सुझावमा औद्योगिक इन्धनका रुपमा प्रयोग हुने (डिजेल) र एलपी ग्याँसको मूलय अभिवृद्धि कर क्रेडिट गर्न पाउने व्यवस्था गरिनु पर्ने, स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पार्ने…

Read More

काठमाडौं: सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । सार्वजनिक सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आह्वान गरेको छ । त्यस्ता व्यक्ति र निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याइदिएर सहयोग गर्न समेत मन्त्रालयले आह्वान गरेको छ । देशभर पछिल्ला दिन कोरोना संक्रमतिको संख्या ह्वात्तै बढिरहेको छ । पछिल्ला २४ घण्टामा थप ३…

Read More

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बैशाख १३ गते सोमबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरेको छ । कार्यालयका केही कर्मचारीम कोरोना संक्रमण फैलिएकाले होम आइसोलेसमा रहनुपर्ने तथा उनीहरुका निकट रहेका कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले सेवाग्राहीलाई समेत संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै बैशाख २० गते सोमबारसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय लिइएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा सम्बन्धी निवेदन र मुद्दा तथा अत्यावश्यक सिफारिस भने सूचारु हुने जनाइएको छ । जिप्रकाबाट प्रदान गरिँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदनी वितरण तथा सिफारिस, हातहतियार…

Read More