Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

काठमाडौँ: शेयर बजार सूचक मापक नेप्सेले फेरि ऐतिहासिक बिन्दु चुमेको छ । भदौ २ गते बुधबार नेप्से सूचक ३८.२८ अंकले बढेर ३ हजार १९८ दशमलव ६० बिन्दुमा बन्द भएको हो । यसबीचमा २ बजेर ९ मिनेट जाँदा नेप्से सूचक ६० अंक बढेर ३ हजार २२०.३३ बिन्दुसम्म उक्लिएकोमा पछिल्लो घण्टामा केही घटेर बजार बन्द भएको हो । बुधबार कारोबार रकम पनि अघिल्लो दिन मंगलबारको तुलनामा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँले बढेर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाघेको छ । यसभन्दा अघि साउन ३१ गते आइतबार २१ अर्ब ६४ करोडको सर्वाधिक रकमको रेकर्ड छ ।…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। उनले १ बजेर १० मिनेटमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए। सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो।

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज (बुधबार) पेसी तोकिएको छ। आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो। आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ। यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गरेका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा-सुविधा दिई ऊर्जा आयोगको…

Read More

काभ्रेपलाञ्चोक, २ भदौ (रासस) ः कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ । गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ । गतअसार महिनामा नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो । हालसम्म जिल्लाका १३ हजार ६६५ मा सङ्क्रमण देखिएकामा १८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे…

Read More

काठमाडौं । सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपतिलाई सिफारिस गरेको छ । उक्त अध्यादेश गठबन्धनको सहमतिमा अगाडि बढाइएको कानुनमन्त्री कार्कीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘गठबन्धनको सहमतिमा अध्यादेश अगाडि बढाइएको हो । यसमा सबैको समर्थन छ ।’ पूर्ण कार्यकाल संसद सञ्चालनको उद्देश्यका साथ अध्यादेश आएको उनको भनाइ छ । उनका अनुसार आइतबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीचको छलफल भएको सहमति अनुसार अध्यादेश अगाडि बढाइएको हो । प्रधानमन्त्री तथा काँग्रेस सभापति…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा केसीले जानकारी दिए । सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, स्वास्थ्यराज्यमन्त्रीसँग जोडिएको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको डा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलन टुङ्ग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा सचिव बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न…

Read More

काठमाडौँ: भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २०१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ८५ हजार १०१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७४ हजार १४४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ५५२ पुगेको छ ।

Read More

काठमाडौँ: दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी थालेको छ । आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए । ‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’ सम्बोधनकै क्रममा उनले पार्टी विभाजनका लागि अध्यक्ष केपी ओली नै उद्दत भएको आरोप लगाए । ‘उहाँ पार्टी विभाजनका लागि उद्दत हुनुभएको…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले दुई वर्षभित्र देशको सबै ठाउँमा विद्युत पहुँच पुर्‍याउने लक्ष्य त्यसअघि नै पूरा गर्नेगरी कार्ययोजना बनाएर अघि बढ्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी छन्। वर्तमान सरकारसँग सत्तामा रहने अवधि दुई वर्षभन्दा कम रहेकाले भुसालले त्यसअघि नै देशभर विद्युतीयकर गरिसक्ने कार्ययोजनाका लागि प्राधिकरणलाई निर्देशन गरेकी हुन्। प्राधिकरणको ३६औं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सक्दो छिटो सबै जनतासम्म विद्युतको पहुँच पुग्ने गरि योजना बनाएर काम गर्न भनेकी हुन्। हालसम्म नेपालको कुल जनसंख्याको ९० प्रतिशतमा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको दाबी प्राधिकरणको छ। यस्तै, विगतमा जस्तै गतवर्ष पनि विद्युत खपत…

Read More