Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना रहेका छन् । सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालका…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् । ‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो,’ संसदको अन्तर्राष्ट्रिय समितिमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विवाद सधैंभरि गर्नुछ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो । त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि । सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’ उनले सीमामा नियमन र व्यवस्थापन गर्न कसरी…

Read More

काठमाडौं: सरकारले भीभीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा खटाने निर्णय गरेको छ । भीभीआईपीका सुरक्षाकर्मी कटौती गर्दै सीमामा खटाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् । सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ ।’ त्यस्तै उनले लिपुलेक क्षेत्रमा नेपालको भूमि मिचेर भारतले सडक बनाएका विषयमा कोरोना महामारीको बहानामा सरकार पर्खिने पक्षमा नरहेको, भारतसँग तत्काल वार्ता गर्न चाहेको बताएका छन् । ‘अहिले हामीसँग दुई देशबीच वार्ताका लागि सचिवस्तरको संयन्त्र छ, यसैबाट समस्या समाधा भयो भने ठीकै छ,’ मन्त्री ज्ञवालीले…

Read More

काठमाडौं: बन्दाबन्दी (लकडाउन) को अन्य भई जनजीवन सामान्य नबनेसम्म सबै सरकारी सेवाहरू पूर्ववत् रूपमा सुरु नहुने अधिकारीहरूले बताएका छन् । सरकारले लकडाउनको अन्त्य भएर जनजीवन सामान्य नबनेसम्म अत्यावश्यकबाहेकका सेवा प्रवाह नगर्ने भएको हो । सबै सेवाहरू पूर्ववत् रूपमा सुरु गर्दा यसले लकडाउनको पालना नभई स्थिति झनै असहज हुन सक्ने भन्दै सरकारले कम्तीमा ३३ प्रतिशत कार्यालय खोल्ने व्यवस्था गरेको हो । मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ सम्म लम्ब्याउने तर अत्यावश्यक र उत्पादनमुलक उद्योगहरू सञ्चालन गर्न दिने निर्णय गरेसँगै सबै सरकारी सेवा सञ्चालन हुने नहुनेमा अन्योल देखिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव…

Read More

काठमाडौँ: नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रबक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमित हुनेहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभुमी नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, र ३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुलेका पुरुष छन्। उनीहरुको स्वास्थ्या अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Read More

काठमाडौं: आगामी तिन दिन मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ । हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।

Read More

काठमाडौं: विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् । संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार ७४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख २८ हजार ५७६ पुगेको…

Read More

काठमाडौं: नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् । आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा…

Read More

काठमाडौँ: दुग्ध पदार्थ बिक्रिवितरण गर्ने सवारी साधनमा टाईमकार्ड लागू नर्गन व्यवसायीले माग गरेका छन् । निजी क्षेत्रका दूग्ध व्यवसायीहरुको संस्था नेपाल डेरी एशोसिएसनले आईतबार एक विज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । टाइमकार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने भन्दै व्यवसायीहरुले पानी र औषधीलाई जस्तै दूग्ध पदार्थ विक्रिको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । घाटा सहेर पनि लकडाउन अवधिमा पनि बिना रोकतोक सञ्चालित दूध तथा दुग्धजन्य पदार्थको ढुवानीमा टाईमकार्ड लागू गर्नु व्यवहारिक नहुने व्यवसायीहरुको भनाइ छ । ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्याकामा टाइमकार्डको नियम लागू गरेको थियो । जसअनुसार अत्यावश्यक वस्तु बोकेका सवारी साधन बिहान १० बजेसम्म मात्रै सञ्चालन…

Read More

काठमाडौँ: नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार, आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए । उनका अनुसार, थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल…

Read More