Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काभ्रेपलाञ्चोकको पनौती आज बिहान ९ बजेबाट कर्फु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीको विभिन्न ठाउमा कर्फु आदेश जारी गरेको हो । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएपछि तनाबग्रस्त भएपछि कर्फु जारी गरेको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा हुनुहुन्छ । टिपर र…
काठमाडौंँ: नेपाल एलपी ग्यास उद्योग सङ्घ तथा ग्यास बिक्रेता महासङ्घले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा तिनले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरेका छन् । ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीका अनुसार उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्नसमेत निर्देशन दिइएको छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा एक करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक एक लाख सिलिन्डर खपत भएको बताउनुभयो । उहाँका अनुसार तराईमा भन्दा काठमाडौंँमा धेरै माग भएको…
काठमाडौँ: मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने गरी यो निर्णय गरेको हो। प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन्। उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाएको बताए। योसँगै नेपाली कामदार पनि अब दुई साता मलेसिया जान पाउने छैनन्। मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ। साथै शैक्षिक संस्था समेत बन्द भएका छन्। सोमबारसम्म मलेसियामा कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।
काठमाडौँ: कोरोनाभाइरसबाट हुन सक्ने संभावित संक्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले २ सय ३५ वटा आइसियु बेडहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। उच्चस्तरीय संयन्त्रयको संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा सघन उपचार कक्ष थप्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको कार्यालयका सचिव एवं उच्चस्तरीय संयन्त्रयका सदस्य सचिव नारायणप्रसाद विडारीका अनुसार, भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२० बेड, तेलकोटस्थित खानेपानीको तालिम केन्द्रमा ६० बेडको आइसुलेसन वार्ड बनाउने निर्णय गरेको छ । उनका अनुसार, आयुर्वेद अस्पताल कीर्तिपुरमा दुई सय,…
माले: दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ । राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण…
काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनैपनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउनुभएको छ । साथै कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे सबै गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । यसको जोखिम सामना गर्न सरकारलाई सम्पूर्ण साथ रहने घोषणा गरिसकेको स्मरण गराउँदै सभापति देउवाले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले सम्भावित जोखिम सामनाका लागि दक्षजनशक्ति…
बनेपा: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा हुनुहुन्छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र…
काठमाडौँ: नेपाल आयल निगमले ग्यास वाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ भने हवाई इन्धन आन्तरिकतर्फ साढे चार रुपैयाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। वायुसेवा संचालकले कोरोनाका कारण संकटमा परेका हवाई क्षेत्रलाई महँगो इन्धनका कारण थप धरासायी भएको बताउँदै आएका थिए। हवाई संचालकको दबाबका कारण निगमले १५ तारिखमा हवाई इन्धनको मूल्य घटाएको हो। अब उपभोक्ताले पेट्रोल लिटरको १ सय ६ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ९५ रुपैयाँमा पाउनेछन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले मूल्य घटाएको हो।
काठमाडौँ: महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्सहरु बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ । महान्यायाधिवक्ता खरेलले आज एक प्रेस विज्ञप्ति जारी गरी ‘कोभिड–१९’ फैलिएको अवस्थामा कालोबजारी गरेर लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेका माक्स हालको बजार मूल्यअनुसार बिक्री गरी सो रकम प्रहरीकै खातामा राख्न निर्देशन दिनुभएको हो । बजारमा माक्सको अभाव भइरहेको अवस्थामा कालोबजारी गरेर राखेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिनुभएको हो । प्रहरीले आइतबार १० लाखभन्दा बढी कालोबजारी गरिरहेको माक्स कपनबाट बरामद गरेको थियो ।
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण पुनः सञ्चालन गरेपछि बितेका पाँच महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको देखिएको छ । यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य वर्षायामपछि सफल हुने आयोजनाले जनाएको छ । वैकल्पिक डाइभर्सन प्रणाली हुँदै मुख्यः टनेलबाट सुन्दरीजलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्न अहिले आयोजना लागिरहेको छ । हालसम्म हेडबक्र्सको काम ४० प्रतिशत,…
