Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताएका छन् । वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उनले पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट परे । तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको उनले भने । केन्द्रीय सदस्य डा डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गरे ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वार्थमा असर नपर्ने गरी वैदेशिक लगानी भित्र्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन), इकोनोमिक पोलिसी इन्कुबेटर र युके एडले बिहिबार संयुक्त आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’ विषयक कार्यक्रममा उनीहरुले नेपालले आफ्नो आवश्यकताको क्षेत्र पहिचान गरी राष्ट्रिय हित सुरक्षित गर्दै वैदेशिक लगानी जुटाउनुपर्ने सुझाव दिएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले द्विपक्षीय सम्झौता गर्दा देश र जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सरकारले विदेशी लगानीकर्ताको समस्या पहिचान गरी त्यसको समाधान गर्न समिति गठन गरेको उनले जानकारी दिए । त्यस्तै उनले केही महिनाभित्रै विदेशी लगानीकर्तालाई सहज हुने गरी एकद्वार प्रणालीमा कार्यान्वयनमा आउने बताए…

Read More

काठमाडौँ: गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । गणपति माइक्रोफाइनान्सले १०० रुपैयाँ अंकित दरको ३,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ , जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्पपीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउनुपर्ने बताए । प्रधानमन्त्री सचिवालयका अनुसार प्राधिकरण निश्चित समयका लागि भएकाले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुनःनिर्माण प्राधिकरण घामजुन रहेसम्मका लागि स्थापना गरिएको होइन”, प्रधानमन्त्री ओलीले भने, “त्यसकारण यसले यथाशक्य चाँडो पुनःनिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाई घर निर्माण गरेका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन…

Read More

काठमाडौँ: सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निणर्य गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । त्यसैगरी बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने ३१ मिलियम युरो (करीब चार अर्ब नौ करोड रुपैयाँ) अनुदान सहायता रकम स्वीकृत गर्ने निणर्य गरेको छ । सो रकम लेखनाथ–दमौलीको २२० केमी प्रसारण लाइन आयोजना कार्यान्वयनमा उपयोग गरिने पनि निणर्य गरिएको छ । “आजको मन्त्रिपरिषद्को बैठकले मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति र मुक्त…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । महाशाखाले आज विशेष अभियान सञ्चालन गरी उपत्यकामा भनेको स्थानमा जान नमान्ने, राज्यद्वारा तोकिएकोभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्ने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सीका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै परेपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उनले भने । उनले यात्रु ठग्ने ट्याक्सीलाई कारवाहीका लागि निरन्तर अभियान सञ्चालन गर्ने बताए । महाशाखाले विशेष अभियान सञ्चालनका लागि ८० ट्राफिक प्रहरी खटाएको छ…

Read More

भीमदत्तनगर, २१ भदौ (रासस) ः राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको बताउनुभयो । “जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, प्रवक्ता अन्सारीले भन्नुभयो, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।” घटनापछि आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ । यहाँ आएको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट…

Read More

ढांका: बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुलीखरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीबर्षमानपुनबङगलादेश भ्रमणमा रहेका बेलाबङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,उर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुलीआयातगर्ने उल्लेख छ । ढांकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमाबोल्दै बङगलादेशकीप्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुलीआयातगर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुपमापाउने दाबीगर्नुभयो । उहाले भन्नुभयो ‘नेपाल र भुटानबाट विजुलीआयातगर्ने हाम्रो कोशिस जारी छ,नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले…

Read More

काठमाडौँ: बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो । नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेको हो । त्यसैगरी ७१औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत…

Read More

काठमाडौं: काठमाडौँ प्रहरी परिसरले विहिबार स्वयम्भु र नागार्जुन नगरपालिकास्थित रानीबन इलाकामा निर्माण सामग्री तथा ठेक्का पट्टामा आफ्नो दरो पकड बनाइराखेका सुक बहादुर तामाङ अर्थात बाघे लामालाई पक्राउ गरेको छ । उनलाई गुन्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यहाँका सर्वसाधारणलाई धम्की दिएर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको परिसरले बताएको हो । उनी पटक पटक सोहि मुद्दामा पक्राउ पर्ने र आरोप प्रमाणित हुन नसक्दा पुनः रिहा हुने गरेका छन् । बाघे लामा बिशेष गारी आफ्नो निर्माण सामग्रीको ठुलो कारोबार गर्दै आइरहेका छन् भने उनको सामान अधिकांश स्वयम्भु र रानीबन इलाकामा बिक्ने पर्ने गरी सिन्डिकेटजस्तै…

Read More