Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन्। तिकुलिया घाटस्थित नदीमा शनिबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बन्जराबाट तिकुलिया आउँदै गरेका यात्रु डुंगा पल्टिएपछि हराइरहेका हुन्। घटनास्थलमा पुगेका प्रहरीका अनुसार बेपत्ताहरुको खोजी भइरहेको छ। रात परेकोले खोजीमा कठीनाइ भएको उनले बताए। डुंगामा सबार मध्ये ५ जना पौडेर निस्किन सफल भएको जानकारी आएपनि तिनीहरुको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
काठमाडौ :प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा घटनाका दोषीलाई कारवाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन माग गर्दै नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावल, लेखराज भट्टलगायतले आज ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीररुपमा लिएकाले छानबिन समिति गठन गरेर काम अघि बढाएको उल्लेख गरे…
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्त हत्याकाण्डपछि उत्पन्न परिस्थिति साम्य पार्न लगाईएको कर्फ्यूले महेन्द्रनगर बजार सुनसान भएको छ। स्थानीय प्रशासनले परिस्थिति साम्य पार्नका लागि श’क्रबार रातीदेखि कफ्यर्’ आदेश जारी गरेपछि महेन्द्रनगर स’नसान बनेको हो . बिहीबार र श’क्रबार घटेको घटनालाई लिएर स्थिति साम्य पार्नका लागि स्थानीय प्रशासन ऐन २)२८ को दफा ६ (क) बमोजिम कफ्यर्’ आदेश जारी गरिएको थियो। जिल्ला प्रशासन कार्यालयकञ्चनपुरले जारी गरेको सूचना अन’सार पूर्वी भीमदत्त नगरपालिका १८ भाँसी चोक ह’ँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहर पछाडी, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठप’र त्रिप’रा य’वा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निङ्गलाशैनी माविको पछाडीको नहरसम्म,…
लहान: दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । शव कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो । प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवीकै भएको निजका आफन्तजनले बताएका छन् । शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको…
काठमाडौँ: गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ । गृह मन्त्रालयमा आज बसेको बैठकमा मन्त्री रामबहादुर थापाले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका गृह मन्त्रालय स्रोतले जानकारी दियो । १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै…
काठमाडौँ: कञ्चनपुरको भीमदत्तनगरको भएको झडप र त्यसमा परी एक जनाको ज्यानक गएको बिषयलाई लिएर अहिले ६:३० बजे संघीय सरकारलेमन्त्रिपरिषद्को बैठक डाकेको छ। आज बस्ने बैठकले साउन ११ गते बलात्कारपछि हत्या गरिएको १३ वर्षीय निर्मला पन्तको बारेमा सरकारले ठोस निर्णय लिने स्रोतले जानकारी दिएको छ। यस्तै सरकारले पन्तलाई जिल्लाबाट शनिबार भएको चार बुंदे सहमति अनुरुप पन्तलाई शहिद घोषणा गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने बारे पनि निर्णय लिने स्रोतले बताएको छ ।
काठमाडौँ :दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् । प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही समय पर सर्ने देखिएको छ । यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढी…
भीमदत्तनगर: बिगत पाँच दिनदेखि कञ्चनपुरको भीमदत्तनगरमा चर्किएको आन्दोलन आजबाट साम्य हुनेभएको छ । स्थानीय प्रशासनको पहलमा आज बसेको सर्वदलीय बैठकमा सरकार र स्थानीयबीच चार बुँधे सहमति भएपछि स्थानीयले आन्दोलन रोक्ने सहमति भएको त्यहाँबाट हाम्रा स्थानीय समाचारदाता राजेन्द्र अवस्थीले पहिलोक्लिकलाई जानकारी दिए । हिजो भएको झडप परी गोलि लागि मृत्यु भएका सनी खुनालाई शहिद घोषणा गर्नेबारे सरकारलाई सिफारिस गरिने, गोलि चलाउने प्रहरीलाई कारबाही गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने र अशक्त घाइतेलाई राज्यले आजीवन सहयोग गर्ने सहमति भएको छ । आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । आन्दोलनका कारण विगत पाँच…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको समेत सुक्ष्म छानबिन गरी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो । तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त रहँदै आएको छ । सोही विषयलाई लिएर आज नेकपा सचिवालयको आकस्मिक बैठक बसेको हो । बैठकपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय…
काठमाडौँ: यस साता शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेसाथै कारोबारमा गिरावट आउदा लगानीकर्ता निराश भएका छन् । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलब ८४ अंकले घटेर अन्तिम दिन १ हजार १७८ दशमलब ५० कायम भएको छ । यस साता व्यापार समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबै भन्दा बढी जीवन बीमा र निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: १७० दशमलब ९५ अंक र ९० दशमलब ६१ अंकले घटेको छ । त्यसैगरी, उत्पादन समूहमा ६४ दशमलब १७ अंक, लघुवित्त २६ अंक, जलबिधुत २८ दशमलब ०८ अंक, होटल १७ दशमलब २८ अंक, विकास बैंक १६ दशमलब…