Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सानफ्रान्सिस्को: चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ । गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् । तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ । अमेरिकी सैनिकसँग भएको यस्तै एक…
काठमाडौं: राजधानीमा मापदण्डभन्दा धुँवा फाल्ने सार्वजनिक र निजी सवारी साधनलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था बिभागले कारवाही गर्ने भएको छ । “मापदण्डभन्दा बढी धुँवा फाल्ने चारपांग्रे सवारीसाधनलाई हामीले राजधानीका सडकमा गुड्ने सवारीलाई रोक लगाएका छौं,” ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए। सरकारले वायु प्रदूषण घटाउनभन्दै आजबाट त्यस्ता सवारीसाधनमाथि रोक लगाएको जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि कडाइ गरिएको हो । विभागले हाल उपत्यकाको नागढुंगा, बल्खु, ठूलो भर्याङ, सल्लाघारी, टेकु र एकान्तकुनामा प्रदूषण मापन गर्दै आएको छ। विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण…
नवलपरासी: एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो । गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराललाई पक्राउ गरेको छ । गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासीलगायतका ग्यारेजमा गाडी खोज्ने क्रममा प्रहरीले सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छ भन्दै पठाएको थियो । गाडी…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भनेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र हुनुहुन्थ्यो भनेका छन् । प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई…
काठमाडौं: आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो । आजकोनेपाल समाचारपत्रमा समाचार छापिएको छ । आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी )संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ रहेका छन् । मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्च अदालतले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीनहजार…
म्याग्दी, :बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो । टुकुचे हिमालको फेदीमा रहेको थापाखोलाको बाँधमा बाढीले क्षति पु¥याएपछि मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित थापाखोला जलविद्युत् आयोजना बन्द हुँदा मुस्ताङमा विद्युत् आपूर्ति प्रभावित बनेको प्रजिअ शिशिर पौडेलले बताए । उनका अनुसार डोजर र मजदुर परिचालन गरेर मर्मतको काम शुरु गरिए पनि विद्युत् आपूर्ति सहज बनाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । माउन्ट कैलाश इनर्जी प्रालिले…
काठमाडौं: आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्बभन्दा बढीको विजुली आयात गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो । प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ । भारतबाट द्विदशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ । प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ । अघिल्ला वर्ष भन्दा यो परिणाम १७ दशमलव ७ प्रतिशतले बढी हो ।
काठमाडौँ: लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहम कडाई गरे पनि नाफामा त्यसको असर देखिएन । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्छि हुन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कुल ५३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षको अन्त्यमा ती बैंकहरुको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।
काठमाडौँ: भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव नभएको जनाइएको छ । एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, “उनलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उनको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।” भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । उनको एम्समा उपचार भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो । मधुमेहका बिरामी वाजपेयीको…
काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने महत्वपूर्ण कदमको गैरआवासीय नेपाली संघले स्वागत गएको छ । गैरआवसीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि अनवरत रुपमा लागि रहेको छ । गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको छ । साथै…