Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल सरकारलाई पुनर्भुक्तानी भएको हो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पुरीले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल र उनका नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट नयाँ उचाइमा पुगेको बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’…
चितवन: काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो । अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।
काठमाडौँ: कृषि भूमिसुधार तथा सहकारी मन्त्रालयले आगामी पाँच वर्षमा १९ लाख ९० हजार मेट्रिकटन रासायानिक मल आवश्यक पर्ने अनुमान गरेको छ । मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/७६ मा ३ लाख ७ हजार, ०७६/७७मा ३ लाख ६० हजार, ०७७/७८मा ४ लाख ५ हजार, ०७८/७९मा ४ लाख ४२ हजार र ०७९/८०मा मा ४ लाख ७५ हजार मेट्रिकटन मल आवश्यक पर्ने अनुमान गरेको छ । मन्त्रालयका बरिष्ठ कृषि प्रसारक नेत्र भण्डारीका अनुसार मन्त्रालयले किसानको रासायनिक मलको माग, कृषि भुमिको अवस्था तथा बजेटको आधारमा पाँच वर्षको अनुमान गरेको हो । सरकारले समयमै मल खरिद नगर्दा विभिन्न सिजनमा विभिन्न जिल्लमा मल अभाव देखिने समस्या भएकोले…
काठमाडौं: नेपाल बैंकको थप सार्वजनिक निष्काशन (एफपीओ) मा कुल ५७ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार बिहीबारसम्ममा १६ हजार ५३२ जना आवेदकले २० लाख ५७ हजार ७३० कित्ता एफपीओ आवेदन गरेको बताए। यसको अन्तिम आइतबार अर्थात साउन १३ गतेसम्म रहेको छ । बैंकको एफपीओ अझै १ करोड ५६ लाख २७ हजार १२८ कित्ता बिक्री हुन बाँकि छ । तर अनलाइनबाट भने शनिबार पनि भर्न सकिनेछ । बैंकमा गएर भर्नेका लागि भने शुक्रबार र आइतबार मात्र समय रहनेछ । अब रकमको आधारमा यस एफपीओमा कुल ४…
काठमाडौँ: पञ्चकन्या माईको आइपीओ शुक्रबार बाँडफाँट गरिएको छ । पञ्चकन्याको आइपीओमा गोलाप्रथाबाट १ लाख १०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । ४६ हजार २८९ जना भने आइपीओ पाउनबाट वञ्चित भएका छन् । आइपीओमा कुल १ लाख ४६ हजार ३८९ जना आवेदकले १ करोड ८४ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए । पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ४ गतेसम्म ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार…
काठमाडौँ: नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे । “मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,”– उनले भने । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।
काठमाडौँ :पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो । क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उनको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका थिए । यो बाटो उहाँका लागि अहिले सुखद् सावित…
काठमाडौँ: सरकार र २७ औं दिनसम्म अनशन बसेका प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा हिजो राती ९ बुंदे सहमति भएसंगै यससंग जोडिएर आएका बिषयबस्तुमा सरकारले अन्य थुप्रै बिषयसमेत सहमती भएका छन् । विशेषगरी सहमति अनुरुप मुख्यत कुनै पनि विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) ले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने गरी सहमति भएको छ । त्यस्तै एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा सो प्रावधान लागू हुनेछैन । काठमाडौँ बाहिरका शिक्षण संस्थाका हकमा भने नीति निर्माण गरी…
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः सरकारले डा गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद ! डा केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई !’ देउवाले ९ बुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् । यसैबीच नेपाली काँग्रेसले आज बस्ने बैठकमा अवरोध नगर्ने भएको छ । डाक्टर गोविन्द केसीको मागको समर्थन गरेको कांग्रेसले सोहि मुद्दा उठाउँदै संसद…
काठमाडौँ: अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ । यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । प्रदेश प्रहरी…