Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । प्रतिनिधिसभाको आजबाट बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ । अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेले निस्कृय भैसकेको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै त्यो निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ । साथै नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि जवाफ माग्ने भएको छ । ‘यी दुवै विषयमा हामी संसद्मा प्रधानमन्त्रीको जवाफ माग्छौ’, एमाले प्रमुख सचेतक पदम गिरीले भने ,‘प्रधानमन्त्रीले माफी माग्नुपर्छ ।…
काठमाडौँ: यान्त्रिक परीक्षण गरी उपयुक्त सवारी साधनहरूलाई चल्नुपर्ने मागसहित बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई मजदुर संगठनहरुले ज्ञापन पत्र बुझाएका छन् ।मन्त्री लक्ष्मण लम्सालसमक्ष एकीकृत यातायात मजदुर सङ्गठन, स्वरोजगार यातायात मजदुर सङ्गठन नेपालले ज्ञापन पत्र उपयुक्त सवारी साधनहरूलाई चल्न दिनुपर्नेबारे ध्यानाकर्षण गराएको हो । नेपालले तेस्रो मूलकबाट ल्याएको फलामको उमेर तोक्नु अवैज्ञानिक हुने मजदुर सङ्गठनको ठहर छ । स्वरोजगार यातायात मजदुर सङ्गठन नेपालका अध्यक्ष खड्ग बहादुर गिरीले विद्युतीय सवारीमा रूपान्तरण गर्ने व्यवस्था गरिनु पर्नेबारे मन्त्री लम्साललाई ध्यानाकर्षण गराएको जानकारी दिए । “यान्त्रिक परीक्षणको आधारमा गाडी चल्न दिने व्यवस्था गर्नुपर्छ, विदेशबाट फर्किएका, उमेर पाको भएका साथीहरूले यो क्षेत्रमा लगानी गर्नुभएको…
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गत शुक्रबाट रिट दर्ता गराएका थिए । सर्वोच्चमा दर्ता भएकाे रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ । त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ । राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसको समर्थन र विरोधमा बहस भइरहेका छन् ।
काठमाडौँ:यसै सिजनको इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले एफए कप पनि घर भित्र्याएको छ। शनिबार राति वेएम्ब्ली स्टेडियममा भएको फाइनल भिडन्तमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटीले सातौँ पटक उपाधि पक्का गरेको हो। यो सिजन तीन उपाधि जित्ने दौडमा रहेको सिटीका लागि दुवै गोल कप्तान इलिक्के गुन्डोगानले गरे। उनले पहिलो गोल खेलको १४ सेकेन्डमै गरेर रेड डेभिल्सका फ्यानलाई स्तब्ध बनाए। उनलाई गोलका लागि केभिन डे ब्रुएनले अवसर दिलाएका थिए। तर ज्याक ग्र्यालिसले डी बक्सभित्र ह्यान्ड गरेपछि खेलको ३३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, दोस्रो हाफमा सिटीले अग्रता बनायो। उसका लागस खेलको ५१…
काठमाडौँ: आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे आजदेखि प्रतिनिधि सभामा छलफल गरिने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले यही जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा आजदेखि सांसदहरूको धारणा लिइने भएको हो। त्यसका लागि संसद् भवन (नयाँ बानेश्वर) मा अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री मीना पाण्डको गत मंगलबार निधन भएको छ।
काठमाडौँ:नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तविरुद्ध आइतबारदेखि थुनछेक बहस सुरुहुने भएको छ। जिल्ला अदालत काठमाडौंमा १८ जनाकै बयान सकिएसँगै आज थुनछेक बहस सुरु हुने भएको हो। थुनछेक बहसपछि अहिले हिरासतमा रहेकाहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ। थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ। पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्। सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ। सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय…
काठमाडौँ: गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । र यसको लागि दुवै कम्पनीले ५०÷५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पूँजी लगानी लगभग ६० करोड बराबर हुनेछ । आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै भएको बताएका छन् । आफ्नो भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ । नयाँदिल्लीमा पत्रकारसँगको कुराकानीको क्रममा उनले भने, ‘मैले पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो । म पहिला नै प्रमाणीकरण होस् भन्ने पक्षमा थिएँ ।’ भारत भ्रमणसँग नजोडियोस् भन्ने आफ्नो पहिल्यैदेखि चाहना भएको प्रष्ट्याए । राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रधानमन्त्रीको भारत भ्रमणकै दिन प्रमाणीकरण गरेपछि चौतर्फी आलोचना भइरहेको छ । भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले…
काठमाडौँ, १९ जेड (रासस) :सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ ।
नयाँ दिल्ली, १९ जेठ (रासस) :नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । प्रतिनिधिमण्डलमा यसअघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । हिजो साँझ नेपाल र भारतीय उद्योगी, व्यवसायीको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको महत्व र विशिष्टताको प्रशंसा र आवश्यकता दर्शाउनुभएको छ । भ्रमणका क्रममा बिहीबार केही महत्वपूर्ण सहमति वा समझदारीपत्रमा हस्ताक्षर पनि भएका छन् । त्यसले नेपालको दीर्घकालीन विकास र समृद्धिका लागि भारतीय लगानीको मार्गप्रशस्त पनि गरेको छ । यसपटकको प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घले नै समग्र निजी क्षेत्रलाई भ्रमणको क्रममा प्रतिनिधित्व गराएको थियो । महासङ्घ…